लार्जुङमा बन्यो माटोको रिसोर्ट

यहाँको थासाङ गाउँपालिका—२ लार्जुङमा गाउँघरमा पाईने भ्रप्सा माटोद्वारा निर्मित लोभलाग्दो रिसोर्ट संञ्चालनमा आएको छ ।स्थानीय ज्ञानेन्द्र शेरचनले बेनी—जोमसोम सडकमार्ग नजिकै आफ्नो पूख्यौली १२रोपनी जग्गामा पर्यटकलाई आर्कर्षित तुल्याउने गरी यहाँको भ्रप्सा माटो मात्रै प्रयोग गरी रिसोर्ट निर्माण गर्नुभएको हो ।

काठमान्डौमा बसेर लामो समय होटल चलाएर बसेका स्थानीय शेरचन राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक सहज भएसंगै पर्यटनको प्रचुर सम्भावना देखेर जन्मथलो लार्जुङ गाउँ फर्किनु भएको हो । उहाँले थासाङ क्षेत्रमा पर्यटनको विकास र स्तरीय होटलहरु नभएका कारण थासाङलाई पर्यटनसंग जोड्ने गरी ‘माटोको घर’ अर्थात ‘मड रिसोर्ट’ निर्माण गर्नुभएको हो । सन् २०२०मा माटोे प्रयोेग गरी रिसोर्ट निर्माण सुरु गर्नुभएका स्थानीय ज्ञानेन्द्र शेरचनले डाईनिङ हल र किचन कोठाबाहेक थप पर्यटक बाँस बस्न मिल्ने सुविधा सम्पन्न १० कोठा भएको रिसोर्ट निर्माण गर्नुभएको हो । कोभिड र आन्तरिक समस्याका कारण रोकिएको उक्त माटोद्वारा निर्मित मड रिसोर्ट (माटोको घर) हालै सम्पन्न भई संञ्चालनमा ल्याईएको छ ।

 दुई करोड ५० लाख लागतमा निर्मित माटोले बनेको उक्त रिसोर्ट कुनै छठ सिमेन्ट र बालुवा प्रयोग नगरी केवल माटोले मात्रै निर्माण गरिएको रिसोर्टका धनी ज्ञानेन्द्र शेरचन बताउँनुहुन्छ । भूकम्प प्रतिरोधात्मक तथा वातावरणमैत्री माटोको घरको रिसोर्ट शेरचन विदेशीहरुले बनाएको पूर्वाधार युटुवमा देखेर सुरु गरेको सुनाउँनुभयो । यसप्रकारको संरचना निर्माण गर्दा पर्याप्त जानकारी नहुँदा केही बढी लागत खर्च लागेको शेरचनको भनाई छ ।

शेरचनले माटोको कोठैकोठा भएको अगल÷अलग पर्यटक बाँस बस्ने कोठाहरु निर्माण गर्नुभएको छ । माटोको रिसोर्टमा बाँस बस्न आउने पाहुनाका लागि शान्त र सुन्दर वातावरणमा आरामदायी सुविधा उपलब्ध गराउने अगल÷अलग कोठाहरु निर्माण गरेको शेरचनले उल्लेख गर्नुभयो ।

समून्द्री सतहको दुई हजार ५०० मिटरको उचाईको क्षेत्र लार्जुङमा पर्यटकहरुका लागि बाह्रै महिना वातवरणीय रुपम समान अनुकुलताको सुविधा दिलाउँनु माटोको घर (रिसोर्ट) निर्माण गर्नुभएको हो । यसप्रकारको माटोले बनेको पृथक शैलीको रिसोर्ट घर यहाँका पुराना ढुंगा र माटोले निर्माण गरिएका परम्परागत घर जस्तै न्यानो हुने पर्यटन व्यवसायी शेरचन बताउँनुहुन्छ । ठुलो भूकम्प वा संम्भावित आगलागी भएको अवस्थामा समेत माटो घरमा बसेका पर्यटकहरुलाई कुनै ठुलो मानवीय तथा भौतिक क्षति व्यवहोर्न नपर्ने पर्यटन व्यवसायी शेरचनको दाबी छ । 

शेरचनले माटोको रिसोर्ट नजिकै रहेको कम्पाण्ड खाली जग्गाको सडक नजिकै एडभेन्चर कार्यालय,स्ट्रिम बाथ,कोशेली घर  लगायत विभिन्न शो रुमहरु निर्माण गर्ने योजनामा रहेको बताउँनुहुन्छ । माटोको घर रिसोर्टका कोठाहरुको बाहिरी आवरणमा हिमाली धार्मिक तथा,सांस्कृतिक, जैविक विविधता र पर्यटकीय स्थल लगायतका चित्र कोरेर आट्स डिजाईन गरी थप आर्कर्षित तुल्याउने लक्ष्य राखेको शेरचनले उल्लेख गर्नुभयो ।

शेरचनले गाउँ छोडेर लामो समयसम्म काठमान्डौंमा बसेर होटल चलाएका थिए । गाउँघरमा भईरहेको तीब्र गतिको विकासले आफुलाई गाउँतिर फर्काउन बाध्य बनाएको पर्यटन व्यवसायी शेरचन बताउँनुहुन्छ । मुक्तिनाथ दर्शन र कोरलानाका अवलोकन गर्न बर्सेनि लाखौंलाख पर्यटक आउन थालेकाले यहाँको पर्यटनक्षेत्रको प्रचुर सम्भावना देखेर थातथलो मुस्ताङ फर्किएको शेरचनको भनाई छ ।

मुस्ताङमा बर्सेनि लाखौंलाख पर्यटकहरुले भ्रमण गर्ने भएपनि थासाङ क्षेत्र पर्यटकीय हिसावले ओझेलमा परेकाले यसक्षेत्रको पर्यटन विकास गर्नका लागि योगदान गर्न सकिन्छकी भन्ने ठानेर जिल्ला फकिएको उहाँले जनाउँनुभयो । यहाँको थासाङ गाउँपालिका भित्र टिटी ताल,भूतर्छो ताल,सेकुङ ताल,धौलागिरी आईसफल,लुप्साङ खर्क ,गुरुसाङ्वो गुफा लगायत धार्मिक तथा सांस्कृतिक र जैविक विविधता समेत रहेकाले यस स्थानलाई चिनाउन माटोको घर निर्माण गरेको शेरचनको कथन छ । यहाँको लार्जुङ कालिगण्डकी फाँटमा साहसिक मोटरसाईकल रेश र साईकल ट्रेलहरु समेत रहेकाले पर्यटकहरुका लागि थासाङ क्षेत्र उपयुक्त पर्यटकीय गन्तब्य रहेको शेरचनले जनाउँनुभयो । यहाँ घनाजंगल र याकचौरी खर्क रहेकाले समेत थासाङ क्षेत्र चलचित्र हब समेत बन्दै जान थालेको शेरचन बताउँनुहुन्छ ।

थासाङ क्षेत्र मुस्ताङका अन्य स्थानभन्दा निकै नै पीछडिएको हुनाले यस ठाउँको विकासमा केही गर्न सकिन्छकी भने गाउँ फर्किएकोशेरचनले उल्लेख गर्नुभयो ।शेरचनले माटोले बनेको घर रिसोर्टमा बसेका पर्यटकहरुबाट सकारात्मक प्रतिक्रिया आएकाले आफुलाई थप उत्साहित बनाएको सुनाउँनुभयो । 


प्रतिक्रिया