जोमसोम— निर्माणधिन राष्ट्रिय गौ।वको बेनी—जोमसोम सडक आयोजना कार्यान्वयनमा आउन पूर्व अनुकुल मौसममा (पोखरा—जोमसोम) हवाई उडान दैनिक १८ वटासम्म हुने गथ्र्यो । त्यससमय यहाँ उडान भर्ने साना जहाजलाई अनुकुल समय यात्रु ओसार—पोसार गर्न भ्याई÷नभ्याई हुने गथ्र्यो । भारतीय र तेस्रो मुलकका विदेशी पर्यटकले मात्रै टिकट पाउँथे । नेपाली आन्तरिक पर्यटकलाई (पोखरा—जोमसोम) हवाई टिकट पाउन निकै कठिन पथ्र्यो ।
हवाई टिकट मुल्यमा एकरुपता नहुँदा नेपाली पर्यटकका साथै मुस्ताङका स्थानीयबासीले समेत हवाई यात्रा गर्न निकै सोर्सफोर्स लगाउनु पर्ने हुन्थ्यो । किनकी नेपाली हवाई यात्रु भन्दा विदेश पर्यटकको हवाई यात्रु टिकटमा दोब्बर ÷तेब्बर मुल्य पर्ने भएकाले सम्वन्धित निजी एअरलाईन्स कम्पनीहरुले नेपालीलाई हवाई टिकट दिन खोज्दैनथे । कुनै दुर्घटना भयो वा सिकिस्त बिरामी परेको बखतमा मात्रै स्वास्थ्य चौकी वा अस्पतालको सिफारिसमा उनीहरुले हवाई टिकट उपलब्ध गराउँथे । पोखरा—जोमसोम हवाई यात्रा गर्नुपर्दा यात्रुलाई निकैनै सर्घष गर्नुपथ्र्यो ।
तर, अहिले त्यो समय पुरै फेरिएको छ । राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक सहज हुँदै जान थालेपछि (पोखरा—जोमसोम¬) हवाई उडानको सख्या दुई तिहाईले घटेको छ ।पर्यटकीय सिजनका बेला निकै चहल—पहल हुने जोमसोम नागरिक उड्यन कार्यालयको जोमसोम विमानस्थलमा हवाई यात्रुको चहल—पहल पहिलेको जस्तो देखिदैन । हिमाली जिल्ला मुस्ताङमा बिहानको समयम मात्रै साना टुईनेटर जहाजहरुले (पोखरा—जोमसोम) हवाई सेवाको उडान भर्ने गथ्र्ये । तर बिहानको समयमा जोमसोम विमानस्थल पुग्ने हो भने सीमित हवाई यात्रु बाहेक अरु कोही हुँदैनन् ।
राष्ट्रिय राजमार्ग सुरु हुनुअघि (पोखरा—जोमसाम) हवाई यात्रा गर्दै दैनिक ३ सय बढी पर्यटक मुस्ताङ आउथे । अहिले त्यो संख्या घटेर आधा पनि पुग्दैन । यसको कारण हो स्तरोन्नति हुँदै गरेको कोरला सडक । म्याग्दीको बेनीदेखि मुस्ताङको मुक्तिनाथसम्म दुई तिहाई भन्दा बढी कच्ची सडक कालोपत्र भईसकेको छ । सडक कालोपत्र भएकै कारण हवाई यात्रुको संख्या विगतका वर्षहरु भन्दा यसपालि हवाई उडान घट्न पुगेको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख केशव लम्सालले जानकारी दिनुभयो । कोरला सडक स्तरोन्नति हुनु अगावै यहाँ १८ वटासम्म हवाई उडान हुने गरेको हाम्रो रेकर्डमा छ’, कार्यालय प्रमुख लम्सालले भने,‘ अहिले हवाई यात्रा गर्ने कतिपय पर्यटक सडकमार्ग हुँदै मुस्ताङ आउजाउ गर्छन।’
हिउँदयामको समाप्ति र बशन्तऋतुको आगमनसंगै यो समय मुस्ताङ घुम्ने उपयुक्त अनुकुल समय हो । यद्यपी योसमयमा पोखराबाट हवाईमार्ग हुँदै मुस्ताङ आउने पर्यटकहरु सडकमार्गबाट आउने गर्दा उडान घटेको तारा एअरलाईन्सका जोमसोम स्टेशन म्यानेजर सुजन लालचनले उल्लेख गर्नुभयो । ‘पहिला हामीलाई यात्रुबर्गलाई टिकट उपलब्ध गराउनै हम्मेहम्मे पर्ने गथ्र्यो,पोखरा—जोमसोम टु वे कै टिकट काटेर आउने हवाई यात्रुले गर्दा नेपाली पर्यटकसहित स्थानीय र कर्मचारीलाई हवाई टिकट छैन भन्नु पथ्र्यो’, स्टेशन म्यानेजर लालचनले सम्झदै भने,‘ अहिले पोखराबाट आतेजातेको टिकट लिएर नआएमा यहाँबाट जहाजनै खाली पठाउनु अवस्था भईरहेको छ , पछिल्लो वर्षहरुमा झनै यस्तो समस्य थपिएर उडान क्रमशः घट्ने अवस्था देखिएको छ ।’
पोखराबाट भारतीय पर्यटकले मुक्तिनाथको दर्शन गरी भोलीपल्टै फर्किने गरी दुईतर्फी हवाई टिकट लिने गरेको भएपनि अन्य मुलुकका पर्यटकले भने वानवे टिकट लिएर हवाई यात्रा गर्ने भएकाले जोमसोमबाट प्राय जहाज खालीखाली पठाउनु पर्ने अवस्था रहेको समिट एअरलाईन्सका जोमसोम स्टेशन म्यानेजर सुमन थकालीको भनाई छ । ‘पहिला पहिला यहाँबाट स्थानीय र कर्मचारी लगायतमा यात्रु पनि जहाजको यात्रा गर्न खोज्थे’,स्टेशन म्यानेजर थकालीले भने,‘ अहिले सडक बाटो राम्रो भएकाले यहाँबाट अधिकाँश यात्रु सडकमार्गबाटै पोखरा झर्ने गर्छन ।’
पोखरा —जोमसोम हवाई उडान घट्नुको अर्को कारण पछिल्लो समय सुरक्षित हवाई यात्रामा चुनौती । पोखरा—जोमसोम हवाई मार्गमा आधा दर्जन जती हवाई दुर्घटना भईसकेको छ । बढ्दो हवाई जोखिमलाई न्यूनिकरण नेपाल नागरिक उड्यन प्राधिकरणले नयाँ नियम र थप निगरानी बढाउन थालेपछि हवाई उडान घट्नु पुगेको विश्लेषण गरिएको छ । त्यसो त (पोखरा—जोमसोम) हवाई यात्राका लागि सम्वन्धित ट्राभल एजेन्सीहरुले टिकट बुकिङ गर्ने गरेपनि उडान रद्द हुँदा तत्कालै सडकमार्गबाट यात्रुलाई मुस्ताङ पठाउने गर्दा हवाई उडान घटेको स्टेशन म्यानेजर थकालीले उल्लेख गर्नुभयो । ट्राभल कम्पनीले हवाई टिकट बुकिङ गरेपनि सडकमार्गबाट यात्रा गराउँदा हवाई टिकटको आधा भाडा बचत हुने भएकाले पनि पहिलेको जस्तो जहाज कुरेर बस्ने नगरेको उहाँले जनाउँनुभयो । यसरी जहाजको टिकटमा बुकिङ गरेर गाडीमा पठाउँदा ट्राभल कम्पनीहरुलाई रामै लाभ हुने थकालीको भनाई छ ।
पछिल्लो समय राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक सहज बनेपनि अधिकाँश पर्यटक सडकमार्ग हुँदै मुस्ताङ आउने गरेको पाईएको छ । सडकमार्गको सहजता र सस्तो मुल्यमा यात्रा गर्न पाईने र सवारी साधन पनि भनेको समयमा उपलब्ध हुने भएकाले सडकमार्गबाट यात्रा गर्ने पर्यटकको संख्या वृद्धि भएको हो । मुस्ताङका स्थानीय नागरिक, कर्मचारी,सुरक्षाकर्मी, मजदुर र सामान्य व्यक्ति समेत सडकमार्गबाट आउजाउ गर्ने गरेका छन् । अहिले दैनिक (पोखरा —जोमसोम) हवाई उडान दैनिक ‘५÷६ वटा मात्रै हुने गरेको जोमसोम नागरिक उड्यन कार्यालयको भनाई छ । जसमा यात्रा गर्ने ८० प्रतिशत भारतीय र २० प्रतिशत अन्य मुलुकका विदेशी पर्यटक रहेको छ ।