जोमसोम ।
उत्तरी चिनको स्वाशासित क्षेत्र तिब्बतसंग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङमा संञ्चालित स्वास्थ्य शिविरमा तीन सय १४ जना लाभान्वित भएका छन् ।
मंगलबारदेखि सुरु भएको निःशुल्क स्वास्थ्य शिविर बुधबार समापन भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिनुभयो । शिविरमा गाउँपालिका अन्तर्गत उपल्लो मुस्ताङको चराङ,मराङ,ढाक्मर,घमी,घिलिङ,स्यावचे,,यारा,घारा,ढी,सुर्खाङ र ध्ये लगायतका स्थानीय नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण भएको गाउँपालिका अध्यक्ष बिष्टले बताउँनुभयो ।
नेपाल विकास समाजको आयोजना तथा जापान स्थित ट्रपिकल मेडिसिन संस्थान नागासाकी विश्वविद्यालयको सहकार्यमा त्यहाँ स्थानीय समाजसेवी छेवाङ बिष्टको पहलमा त्यहाँ तीन दिने निःशुल्क स्वास्थ्य शिविर चलाईएको हो । शिविरको आन्तरिक व्यवस्थापन तथा सहजीकरणका लागि लोघेकर दामोदरकुण्ड गाउँपालिका र जिग्मे हिमायन फाउन्डेसनले सहकार्य गरेका थिए ।
जिग्मे हिमालय फाउन्डेसनका सदस्य एवं समाजसेवी छेवाङ बिष्टका अनुसार उपल्लो मुस्ताङमा आयोजना भएको तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा काठमान्डौंबाट एक जना चिकित्सक र जापानको ट्रपिकल मेडिसिन संस्थान नागासाकी विश्वविद्यालयबाट तीन जना चिकित्सकसहित विश्वविद्यालयका पिएचडी चिकित्सक गरी ७ जनाको सहभागिता रहेको जानकारी दिनुभयो । यसैगरी स्वास्थ्य शिविरमा जोमसोम स्थित प्रदेश अस्पतालबाट एक जना चिकित्सकसहित अर्का एक जना दन्त चिकित्सक पनि सहभागिता रहेको समाजसेवी बिष्टले उल्लेख गर्नुभयो ।
उपल्लो मुस्ताङको चराङमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा सामान्य स्वास्थ्य परीक्षणका साथै शिविरमा आउने सेवाग्राहीको दन्त परीक्षण,हमोग्लोविन परीक्षण, दिशापिसाप परीक्षण,सुगर लगायतको परीक्षण गरिएको थियो । भौगोलिक रुपले विकट स्थानमा रहेको लोघेकर दामोदकुण्ड गाउँपालिका अन्तर्गतका सेवाग्राहीहरुले शिविर सञ्चालन गरिएको स्थान चराङ केन्द्रसम्मको लागि सवारी आवतजावतको भाडा आयोजक नेपाल विकास समाजले उपलब्ध गराएको थियो ।
सदरमुकाम जोमसोम र सुगमको अस्पताल पोखरा काठमान्डौंसम्म पुगेर स्वास्थ्य परीक्षण गर्दा सेवाग्राहीहरुलाई आर्थिक व्ययभार बढी हुने र उस्तै दुःख सास्ती हुने समस्यालाई निःशुल्क स्वास्थ्य शिविरले निकै ठुलो राहत पु¥याएको लोघेकर —१ चराङका वडाध्यक्ष टै ढिन्डुक ठकुरीले उल्लेख गर्नुभयो । नेपाल विकास समाज लगायतको टोली चिकित्सकसहित बर्खायामको प्रतिकुल मौसममा यहाँ आएर स्वास्थ्य सेवाप्रवाह गरिनु प्रशंसनीय कार्य भएको वडाध्यक्ष ठकुरीको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली