मुस्ताङको छैरो स्कुलमा प्रहरीद्वारा शैक्षिक सामग्री वितरण

जोमसोम—मुस्ताङको घरपझोङ गाउँपालिका—१  छैरो स्कुलमा मुस्ताङ प्रहरीद्वारा शैक्षिक सामग्री वितरण गरिएको छ । नेपाल प्रहरी श्रीमतीसंगको स्थापना दिवसको अवसरमा मुस्ताङ सदरमुकाम जोमसोमदेखि भौगोलिक रुपले ओझेलमा पर्दैआईरहेको छैरो आधारभुत स्कुलमा मंगलबार जिल्ला प्रहरी कार्यालय मुस्ताङले शैक्षिक सामग्री वितरण गरेको हो ।

नेविरा होलिडे ट्राभल र मार्फा होम्स मार्फाको सहयोगमा उपलब्ध शैक्षिक सामग्री लिएर उक्त स्कुलमा पुगेका जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रनाउ भोजराज पाण्डेय र प्रहरी निरीक्षक राजन थापासहितको प्रहरी टोलीले घरपझोङ—१ का वडाध्यक्ष  आशबहादुर थकाली ,जनप्रतिनिधि ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर रसाईली,विद्यालयका शिक्षक÷ शिक्षिका ,अभिभावक र पत्रकारहरुको उपस्थितीमा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

प्रहरीले छैरो स्कुलमा कक्षा (१—५) मा पढ्ने कुल ५७ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री  वितरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर रसाईलीले जानकारी दिए । प्रहरीद्वारा ओझेलमा परेको स्कुललाई भौतिक रुपमा आफै उपस्थित भएर शैक्षिक सामग्री वितरण गरिनु स्कुल र यहाँ पढ्ने बालबालिकाहरुलाई निकै खुसी र उत्साहित तुल्याएको उनले जनाए ।

 प्रहरी निकाय केवल शान्ति सुरक्षा र अपराध नियन्त्रणमा मात्र सीमित हुन्छन् भन्ने सोंच जनमानसमा रहेको उल्लेख गर्दै मुस्ताङका प्रनाउ भोजरा पाण्डेयले  प्रहरी निकाय सामाजिक उत्तरदायित्व , विपद् उद्दार तथा राहतकार्यमा समेत सक्रिय रहने गरेको बताए । ‘हामीले कठिन परिस्थितीका बालबालिकाहरु पढ्ने सबै भन्दा ओझेलमा परेको छैरो स्कुललाई शैक्षिक सामग्री वितरण गर्ने निधो ग¥यौं,प्रनाउ पाण्डेयले भने,‘ प्रहरीको सहयोग सानो हुनसक्छ तर यसले यहाँका बालबालिकाको शैक्षिक मनोबल र उनीहरुलाई उत्साह प्रदान गर्न मद्यत मिलेको छ ।’

शैक्षिक सामग्री वितरण कार्यक्रममा घरपझोङ—१ वडाध्यक्ष आशबहादुर थकाली,नेपाल पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकाली लगायतले प्रहरीद्वारा वितरण गरिएको शैक्षिक सामग्रीले छैरो स्कुल र स्कुलका बालबालिकालाई आशिंक भएपनि ठुलो सहयोग प्राप्त भएको उल्लेख गरे ।


प्रतिक्रिया