मुस्ताङमा चारदिने पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर मंगलबार सकिएको छ । कृषि तथा पशु सेवा कार्यालय मुस्ताङको आयोजनामा यहाँको घरपझोङ, थासाङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा शिविर चलाईएको हो ।
मुस्ताङका स्थानीय पशुपालक किसानमा देखिएका समस्या,चुनौति र त्यसको निराकरणका लागि यहाँको कृषि तथा पशु सेवा कार्यालय मुस्ताङले शनिबारदेखि मंगलबारसम्म पशुपालक किसानको गोठ गोठमै पुगेर ‘पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर’ संञ्चालन गरेको जनाएको छ । शिविरमा यहाँको तीन पालिकामा गरी ५२ घरधुरीको २६३ वटा गाई तथा भैसीको स्वास्थ्य परीक्षण गरिएको कृषि तथा पशु सेवा कार्यालय मुस्ताङका प्रमुख डा. लालमणि अर्यालले जानकारी दिनुभयो ।
शिविर अन्तर्गत यहाँको घरपझोङ गाउँपालिकाको स्याङ, ढुम्बा र मार्फा,थासाङ गाउँपालिकाको लेते र टुकुचे र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको झारकोट र छेङ्गुर लगायतका स्थानमा पशुपालक किसानको गोठमै पुगेर पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर चलाईएको हो । घरपझोङमा १३५ वटा गाई,वारागुङ मुक्तिक्षेत्रमा ६६ वटा गाई र थासाङ गाउँपालिकामा ३७ गाई र २५ वटा भैसीको पशु स्वास्थ्य परीक्षण गरिएको प्रमुख डा. अर्यालले उल्लेख गर्नुभयो । मुस्ताङमा तीनदिने पशु स्वास्थ्य शिविरमा २६३ वटा गाई र २५ वटा भैसीको स्वास्थ्य परीक्षण गरिएको डा. अर्याले जानकारी दिनुभयो ।
कार्यालयद्वारा सञ्चालन गरिएको शिविरमा राष्ट्रिय किसान आयोगका वरिष्ठ पशु विकास अधिकृत डा. खगेन्द्र सापकोटा ,भरतपुर महानगरपालिका पशु विकास अधिकृत डा. रविन रविन बस्ताकोटी र कार्यालय प्रमुख डा. लालमणि अर्यालय लगायतका पशु स्वास्थ्यकर्मीहरु पशुपालक किसानको गोठमै पुगेर भौतिक रुपमा सेवा प्रवाह गरेका हुन् ।
शिविरमा पशुपालक किसानको गोठमा रहेका पशुचौपायाहरुको सामान्य स्वास्थ्य परीक्षणका साथै पशुुहरुको बाझोपना सम्वन्धि गर्भ परीक्षण,गर्भ दोहोरिने,भाले नखोज्ने,साल अड्किने,पाठेघरको मुखको क्यान्सर,पाठेघर भित्रको संक्रमण,भाले खाजेको लक्षण थाहा नपाउने र फोलिक्युलस सिष्ट लगायत परीक्षण गरिएको हो ।
यसैगरी पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविरमा निः शुल्क पशु स्वास्थ्य परीक्षण गरिनुका साथै औषधि समेत निःशुल्क वितरण गरिएको थियो । शिविरमा परीक्षण गरिएको पशुचौपाया मध्ये १४ वटाको रगत परीक्षण,१ वटाको प्लासेण्टको नमूना संकलन र ४८ वटा पशुचौपायाको रेक्टल पाल्पेसन र अल्ट्रासाउण्ड विधिबाट निधान तथा उपचारकार्य गरिएको थियो ।
मुस्ताङको घरपझोङ गाउँपालिकामा लुलु गाई र उन्नत गाईको स्वास्थ्य परीक्षण गरिएको हो भने वारागुङ मुक्तिक्षेत्रमा परम्परागत लुुलु गाईको स्वास्थ्य परीक्षण गरिएको हो । यसैगरी थासाङमा उन्नत गाई र लुुलु गाईका साथै भैसीहरुको परीक्षण गरिएको कार्यालयले जनाएको छ ।
घरपझोङ—३ स्याङका उन्नत जर्सी गाई पालक जिवन थकालीले विशेषज्ञ पशु चिकित्सकसहित किसानहरुको पशु गोठमै यसप्रकार सेवाले यहाँका पशुपालक किसानलाई ठुलो राहत पुगेको बताउँनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली