मुस्ताङबाट बाहिरियो तेह्र हजार बढी भेडाच्यांग्रा
जोमसोम ।
आसन्न दसै पर्वलाई लक्षित गरी शनिबार बिहानसम्म मुस्ताङबाट १३ हजार ५७५ वटा भेडाच्यांग्रा निकासी भएको छ । यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कार्यालयको तथ्यांक अनुसार मुस्ताङसहित कर्णाली प्रदेशको मुगु,जुम्ला र डोल्पा गरी जिल्लाका दसै लक्षित भेडाच्यांग्रा मुस्ताङबाट निकासी भएको हो ।
कार्यालयका पशुचिकित्सक डा. लालमणि अर्यालका अनुसार मुस्ताङका कृषकहरुले पालन गरेको ६ हजार ९०० भेडाच्यांग्रा जिल्ला बाहिर निकासी भएको हो । यसैगरी कर्णाली प्रदेशको जुम्लाबाट ७ सय ७५,मगुबाट पाँच सय र डोल्पाबाट पाँच हजार ४०० भेडाच्यांग्रा निकासी भईसकेको पशु चिकित्सक डा. अर्यालले बताउँनुभयो ।
मुस्ताङबाट अझै थप एक हजारको हाराहारीमा भेडांच्यांग्रा जिल्ला बाहिर निकासी हुने प्रक्षेपण गरिएको पशु चिकित्सक डा. अर्यालको भनाई छ । गत वर्ष दसै पर्वको छेकोमा मुस्ताङबाट ९ हजार बढी भेडाच्यांगा निकासी भएको थियो भने तिहार पर्वसम्म एघार हजार ८०० सय बढी भेडाच्यांग्रा जिल्ला बाहिर निकासी भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । गतवर्षको तुलनामा औसत २० प्रतिशत भन्दा भेडाच्यांग्रा मुस्ताङबाट बाहिरिएको पशु चिकित्सक डा. अर्यालले उल्लेख गर्नुभयो ।
यसअघि यहाँको भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रले यसवर्ष १२ हजार भन्दा बढी भेडाच्यांग्रा मुस्ताङमै पालन गरिएको बताईएको भएपनि देशमा भईरहेको विकशित उत्पन्न परिस्थितीका कारण अपेक्षा गरेअनुरुप भेडाच्यांग्रा निकासी नभएको पशु चिकित्सक डा. अर्यालले बताउँनुभयो । यसवर्ष पचास प्रतिशत मुस्ताङबाट र पचास प्रतिशत कर्णाली प्रदेशबाट मुस्ताङको जोमसोमबाट घाँसा हुँदै जिल्ला बाहिरिएको हो ।
कास्कीका भेडाच्यांग्रा ब्यापारी पूर्णबहादुर रानभाटले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—४ ताङ्रग्याबाट कृषकहरुको खोरबाटै २३५ वटा च्यांग्रा खरिद गरी बिक्रीका लागि पोखरा लैजाने तयारी गरेको बताउँनुहुन्छ । उपल्लो मुस्ताङमा कृषकहरु गोठमै पुगेर अब्बल खालका च्यांग्रा छनौट गरी ल्याएको उहाँको भनाई छ । यसपटक कृषकको खोरमै गतवर्षको भन्दा केही बढी मुल्य परेको ब्यापारी रानाभाटले उल्लेख गर्नुभयो ।‘ यसवर्ष रोज्जा च्यांग्राको ३५ हजार र माउ (च्यालु)को १३ हजार मुल्य परेको ब्यापारी रानाभाटको भनाई छ । मुस्ताङबाट खरिद गरिएका च्यांग्रा पैदल खेदाउँदै पोखरा लगेर बिक्री गर्ने योजना रहेको उहाँले सुनाउँनुभयो ।
सायद पोखरामा लैजादा रोज्जा च्यांग्राको ४२ हजार र च्यालु च्यांग्राको १८ हजार रुपैयामा बिक्री गरिने ब्यापारी रानाभाटले उल्लेख गर्नुभयो । गतवर्ष मुस्ताङबाट २८६ वटा च्यांग्रा पोखरा लगेर बिक्री गर्दा राम्रै फाईदा भएको भएपनि यसपटक देशको उत्पन्न परिस्थितीले गर्दा च्यांग्राहरु बिक्री नहुने पो होकी भन्ने चिन्ता बढेको ब्यापारी रानाभाटले जनाउँनुभयो ।
मुस्ताङबाट जिल्ला बाहिर निकासी हुने दसै लक्षित भेडाच्यांग्राको भेटेरिनरी परीक्षण गरेर मात्रै जिल्ला बाहिर निकास गर्न अनुमति दिने गरिएको छ । मुस्ताङसहित विभिन्न जिल्लाबाट जोमसोम झारिएका भेडाच्यांग्राहरुको शारिरीक परीक्षण गरी खानका लागि स्वस्थयकर हुने वा नहुँने एकिन गरेर मात्रै पुश निरोगिताको प्रमाणपत्र उपलब्ध गराउने गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । दसैका लागि जिल्ला बाहिरिने भेडाच्यांग्राहरुको ब्यापारी र च्यांग्रा धनीको समन्वयमा खोर पुगेर पशुको भेटेरिनरी परीक्षण गरिएको हो ।
यहाँ परीक्षण गरिएका भेडाच्यांग्राहरुको अवघि ७२ घण्टासम्मको हुनेछ । मानव स्वास्थ्यको रक्षा र अस्वस्थकर च्यांग्राका कारण रोगव्याधि फैलिन नपाओस भन्ने अभिप्रायले दसैमा निकासी हुने भेडाच्यांग्राहरुको शारिरीक्षक परीक्षण गरिएको हो ।
मुस्ताङमा यसवर्ष करिव एक सय भन्दा बढी च्यांग्रा ब्यापारीहरु आएको अनुमान गरिएको छ । यहाँबाट खरिद गरिएका च्यांग्राहरु ब्यापारीहरुले पोखरा —काठमान्डौ लगायतका स्थानमा लगेर बिक्री गर्ने गरेका छन् । कतिपय ब्यापारीहरुले मुस्ताङबाट निकासी गरिएका च्यांग्रा पैदल खेदाउँद म्याग्दी,पर्वत र बाग्लुङ लगायतका स्थानमा लगेर बिक्री गर्ने गर्छन ।
हिमाली जिल्लाको उच्चलेंक तथा पाटनमा पालन गरिएका भेडाच्यांग्राको मासु स्वादिलो र पोषिलो हुने भएकाले सहर बजारको उपभोक्ताहरु दसै पर्वमा च्यांग्राको मासु खान रुचाउँछन। हिमाली क्षेत्रमा पालन गरिएका भेडाच्यांग्राहरुले वन्य जटिबुटीहरु यार्सा गुम्बा,पाँचऔले,निरमसी,जटामसी, बनलसुन आदी खाने भएकाले यहाँको भेडाच्यांग्राको मासु स्वास्थ्यवद्धक मानिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता