कैकुदेखि खन्तीसम्म सडक सुरक्षा उपकरण

जोमसोम—हिमाली जिल्ला मुस्ताङको कालोपत्रे सडकमा रोड सुरक्षा उपकरण जडान गरिएको छ । कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला)सडक आयोजनाले मुस्ताङ थासाङ गाउँपालिका—४ कैकुदेखि थासाङ गाउँपालिका—२ खन्तीसम्मको १६ किमी सडकमा रोड सुरक्षा उपकरण जडान गरेको हो ।

राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले बेनी—जोमसोम ७४ किमी सडकको तेस्रो खण्डमा सडक सुरक्षाका लागि विभिन्न प्रकारका रोड सुरक्षा उपकरण जडान गरेको बताएको छ । आयोजनाले मुस्ताङको कैकुदेखि खन्ती सम्म आयोजनालाई हस्तान्तरण भईसकेको कालोपत्रे सडकलाई थप व्यवस्थित सडक सुरक्षा जोखिम न्यूनिकरण गर्ने उद्देश्यले २८ थान कन्भेक्स मिरर,२ सय थान मेटल डेलिनेटर र २० थान सोलार डेलिनेटर जडान गरेको आयोजना प्रमुख ध्रुव झाले जानकारी दिए । उनका अनुसार आयोजनाले  कुल २८ वटा टर्निङ कन्भेक्स मिरर जडान गर्नुपर्नेमा  १८ वटा जडान भईसकेको र १० थान टर्निङ कन्भेक्स मिरर जडान गर्न बाँकी रहेको छ । यसैगरी कैकु देखि खन्ती सडकको आवश्यक स्थानमा मेटल डेलिनेटर र सोलार डेलिनेटर जडान गर्ने कार्य पुरा भईसकेको आयोजना प्रमुख झाको भनाई छ ।

  आयोजना अन्र्तगत मुस्ताङको कालोपत्रे सडक सुरक्षाका लागि आवश्यक सावधानी अपनाउन रोड सुरक्षा उपकरण जडान गरिएको हो । सडक सुरक्षा अन्र्तगत मुस्ताङ सडकको कालोपत्रे सडकमा दुर्घटना जोखिम कम गर्नका लागि २ सय थान मेटल डेलिनेटर जडान गरिएको हो । मुस्ताङको कैकुदेखि खन्ती सम्मको कालोपत्रे सडक अन्र्तगत प्रत्येक १०÷१० मिटरको फेरोमा  मेटल डेलिनेटर जडान गरिएको हो ।

हुस्सु लागेको अवस्थामा सवारी चालकले सडक अवस्था थाहा नपाउने र केही नदेख्ने भएकाले रातो,पहेलो र सेतो रंङको मेटल डेलिनेटर स्टिकर जडान गरिएको हो । पुलहरुको एप्रोज सडक र सार्क टर्निङहरुमा सोलार डेलिनेटर लाईट जडान गरिएको आयोजनाले उल्लेख गरेको छ । यस्तै कालोपत्रे सडकको सार्क टर्निङ मोडहरुमा सडक सुरक्षाका लागि रोड कन्भेक्स मिरर जडान भएका छन् । सार्क मोडहरुमा आउजाउ गर्ने सवारी साधनले टर्निङ गर्न लागेका सवारी साधनका चालकले वरपरको दृष्य थाहा पाउन कन्भेक्स मिरर उपयोगी हुने आयोजना प्रमुख झाको भनाई छ ।

 मुस्ताङको कैकु —खन्ती सडकमा सडक सुरक्षा उपकरण जडान गरिएकाले सवारी दुर्घटनाको जोखिम कम हुने जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख एवं प्रनाउ भोजराज पाण्डेले उल्लेख गरे । प्रनाउ पाण्डेले पछिल्लो समय मुस्ताङमा पर्यटन तथा सवारी साधन अकल्पनीय रुपमा वृद्धि भईरहेकाले आयोजना मार्फत जडान गरिएको सडक सुरक्षा उपकरण निकै उपयोगी सिद्ध हुने बताए । ‘ बेनी—जोमसोम—कोरला सडकमा पहिलोपल्ट मुस्ताङको कालोपत्रे सडकमा सडक सुरक्षा उपकरण जडान भएको छ, यस्तैले यात्रु र सवारी साधनलाई दुर्घटना जोखिमबाट सुरक्षा दिने निश्चित छ,’प्रनाउ पाण्डेयले भने ,‘ अर्कोतर्फ सडक सुरक्षा उपकरणले साँझको समयमा सवारी साधनमा यात्रा गर्दा सडक सौन्दर्यता समेत निकै राम्रो देखिन्छ ।

 उत्तर÷दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्र्तगत उत्तरी चिनको स्वशासित क्षेत्र तिब्बतसंग सीमाना जोडिएको कोरलानाकासम्मको सडकमा पहिलो पटक थासाङ गाउँपालिका सडकमा सडक रोड सुरक्षा उपकरण जडान गरिएको हो ।  बेनी—जोमसोम ४ खण्ड मध्ये कैकु —खन्ती तेुस्रो खण्ड २ वर्षअघिनै निर्माण सम्पन्न भई आयोजनालाई हस्तान्तरण भएको थियो  । बेनी—जोमसोम  सडकको बाँकी ३ खण्ड अझै निर्माणधिन अवस्थामा छन् ।


प्रतिक्रिया