योगेन्द्र मा.वि. टुकुचेमा विद्यार्थीलाई साईबर अपराध तथा लैगिक हिंसा सम्वन्धि सचेतना

जोमसोम ।

मुस्ताङको थासाङ गाउँपालिका—१ टुकुचे स्थित योगेन्द्र माध्यमिक विद्यालयमा शुक्रबार साईबर सचेतना तथा सामाजिक सञ्जाल र विद्यालयमा हुनसक्ने संम्भावित हिंसा सम्वन्धि सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।लैङ्गि हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्र्गत त्यहाँका विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल,(ंएनसीई) मुस्ताङको आयोजना तथा पाईला नेपाल, जिल्ला प्रहरी कार्यालय मुस्ताङ र योगेन्द्र माध्यमिक विद्यालयको सहकार्यमा त्यहाँका बिद्यार्थीहरुलाई साईबर सचेतना तथा सामाजिक सञ्जाल र विद्यालयमा हुनसक्ने सम्भावित हिंसाबारेमा  सचेतनामूलक कार्यक्रम आयोजना गरिएको एनसीई मुस्ताङका संयोजक प्रजु गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रममा योगेन्द्र माध्यमिक बिद्यालयका बिद्यार्थीहरुलाई साईबर तथा सामाजिक संञ्जाल र बिद्यालयमा हुनसक्ने हिंसा सम्वन्धि जानकारी गराईएको थियो । कार्यक्रममा एनसीई नेपालका मुस्ताङ संयोजक प्रजु गुरुङ, पाईला नेपालका मुस्ताङ अध्यक्ष रजनी शेरचन, जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्याल,बिद्यालयका प्रधानाध्यापक मंगलसिंह पुन लगायतले सहजीकरण गरेका थिए । कार्यक्रमको संञ्चालन एनसीइ मुस्ताङका कोषाध्यक्ष संगिता राई भट्टचनले गरेकी थिईन ।


प्रतिक्रिया