जोमसोम—कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङले जिल्लाका ५ वटा पालिकालाई ८१ करोड १४ लाख ५२ हजार वित्तिय हस्तान्तरण गरेको छ । कार्यालयको तथ्यांक अनुसार संघीय तथा प्रादेशिक सरकारको विभिन्न शिर्षकको अनुदान रकम वापत उक्त बजेट पालिकालाई हस्तान्तरण भएको हो ।
संघ तथा प्रदेश सरकारले बर्सेनि स्थानीय तहलाई बजेट कार्यान्वयनका लागि सशर्त,विशेष र समपुरक शिर्षकमा अनुदान बजेट विनियोजन गर्ने गर्छ । आर्थिक वर्ष २०८०÷०८१ अन्तर्गत मुस्ताङका ५ स्थानीय तहलाई संघीय सरकारले विनियोजन गरेको ९३ करोड ४८ लाख ८५ हजार बजेटमा ७५ करोड ७० लाख ५४ हजार अर्थात (८०.९८) प्रतिशत बजेट निकासा दिएको कोष नियन्त्रक जब्बरबहादुर भण्डारीले जानकारी दिए । यस्तै, प्रादेशिकतर्फ मुस्ताङका ५ स्थानीय तहलाई ७ करोड ७१ लाख बजेट विनियोजन भएकोमा ५ करोड ४३ लाख ९७ हजार बजेट निकासा भएको कोष नियन्त्रक भण्डारीको भनाई छ ।
आर्थिक वर्ष २०८०÷०८१ मा संघीय सरकारले विनियोजन गरेको कुल अनुदान बजेटमा ७ प्रतिशत बजेट कटौती गरी ९३ प्रतिशत मात्र अनुदान बजेट निकासा गर्न कोलेनिका मुस्ताङलाई अख्तियारी दिएको थियो । यसैगरी प्रादेशिक सरकारले पनि २५ प्रतिशत बजेट कटौती गरी ७५ प्रतिशत बजेट अनुदान निकासा दिन कोलेनिका मुस्ताङलाई अख्तियारी दिएको कोष नियन्त्रक भण्डारीको भनाई छ । जसका कारण सुरुवाती चरणमा विनियोजन भएको अनुदान बजेट स्थानीय तहहरुले पाउन नसकेको कोष नियन्त्रक भण्डारीले उल्लेख गरे ।
संघीय सरकारले बजेट कटौती गरेसंगै मुस्ताङका ५ स्थानीय तहको १७ करोड ७८ लाख अर्थात (१९.०२) प्रतिशत बजेट फ्रिज भएको हो । यस्तै प्रदेशतर्फको अनुदानमा २ करोड२७ लाख अर्थात (२९.४३ं) प्रतिशत बजेट फ्रिज हुन पुगेको हो । यद्यपी बजेट कटौतीको प्रतिशत अनुसार छाडेर हेर्दा मुस्ताङका ५ पालिकाले कुल संघीय अनुदानको (११.०२) प्रतिशत बजेट फ्रिज भएकोे हो । प्रदेशतर्फ २५ प्रतिशत कटौती गर्ने बजेट छोडेर हेर्दा (४.४७) प्रतिशत बजेट फ्रिज भएको हो ।
कोलेनिका कार्यालय मुस्ताङका अनुसार घरपझोङ गाउँपालिकालाई संघीय कुल बजेट २० करोड ९६ लाख मध्ये १८ करोड ७२ लाख र प्रदेशतर्फको कुल बजेट १ करोड ७६ लाखमा ७५ लाख १४ हजार बजेट निकासा भएको छ । थासाङलाई संघीय कुल बजेट २२ करोड २२ लाखमा १८ करोड ७१ लाख र प्रदेशतर्फ कुल बजेट १ करोड ५८ लाखमा १ करोड १२ लाख निकास भएको छ ।
वारागुङ मुक्तिक्षेत्रलाई संघीय बजेट १७ करोड ३६ लाखमा १३ करोड ४१ लाख र प्रदेशतर्फको कुल १ करोड ५२ लाखमा १ करोड १५ लाख बजेट कोलेनिका मुस्ताङले निकासा दिएको हो । यस्तै, संघीयतर्फ लोघेकर दामोदरकुण्डलाई १५ करोड ४८ लाख विनियोजन भएकोमा ११ करोड ३२ लाख बजेट र प्रदेशतर्फ १ करोड ३७ लाखमा १ करोड ६ लाख बजेट निकासा भएको हो । लोमान्थाङ गाउँपालिकालाई संघीय अनुदान १७ करोड ४५ लाखमा १३ करोड ५३ लाख र प्रदेशतर्फ १ करोड ४६ लाखमा १ करोड ३४ लाख बजेट निकासा दिईएको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली