जोमसोम—जिल्ला स्थित सरकारी कार्यालयहरुको कार्यसम्पादन प्रगती बारे मुस्ताङ प्रशासनले चाँसो दिएको छ । केन्द्रिय तहमा सरकार फेरबदल भएपछि मुस्ताङ प्रशासनले आईतबार जिल्ला स्थित कार्यालयहरुको कार्यसम्पादनमा चाँसो व्यक्त गरेको हो ।
हिउँदयाम सकिएर मनसुन सुरु हुन लागेकाले त्यसअवस्थामा जिल्लामा आईपर्नेसक्ने संम्भावित विपद्जन्य घटनाहरुको न्यूनिकरण,व्यवस्थापन र पूर्व सावधानी अपनाउन आवश्यक रहेको भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले बैठक आह्वान गरेको हो ।
तर, प्रशासनले सत्ता फेरबदलका कारण नभई स्थानीय प्रशासनले गर्ने जिम्मेवारी बहन स्वरुप सरोकारवाला सम्मिलित बैठकको आह्वान भएको बताएको छ ।
प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा जिल्ला स्थित कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय, जिल्ला स्थित विभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधि,रेडक्रस र पत्रकार लगायतको उपस्थित थियो ।
बैठकमा राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडकको हालसम्मको कार्यप्रगती बारे समिक्षा गरिएको थियो । बैठकमा आयोजना प्रमुख धुव्र झाले राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडकमा निर्माणधिन सडक तथा पुल पुलेसाहरुको कार्यप्रगती प्रस्तुत गरे ।
यसैगरी पूर्वाधार विकास कार्यालय,मुस्ताङ अस्पताल,स्वास्थ्य कार्यालय मुस्ताङ,कृषि ज्ञान केन्द्र मुस्ताङ, शिक्षा विकास तथा समन्वय ईकाई र जोमसोम नागरिक उड्यन कार्यालयहरुले कार्यसम्पादन प्रगती ,समस्या र चुनौतीका बिषयमा जानकारी गराए ।
बैठकमा आयोजित छलफल तथा अन्तरक्रियामा विभिन्न राजनीतिक दलका प्रतिनिधि,पत्रकार र ेडक्रस प्रतिनिधिहरुले पनि जिल्लामा भएका विकास निर्माण तथा अन्य गतिविधिका बारेमा प्रशासनको ध्यानार्कषण गराए ।
बैठकपछि प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जिल्लामा भएका समस्या र चुनौतीका बिषयमा आफु गम्भिर भएको बताए । उनले बैठकमा उठेका सबै बिषयहरुको समस्याको निकास खोज्न आफुले निरन्तर पहल गर्ने समेत बताए ।प्रजिअ पन्तले भने,‘ हामीले बैठकपछि आन्तरिक निर्णय गरेका छौं, तर, यहाँ उठेका सबै बिषयहरुलाई प्रतिवेदन बनाएर उपल्लो निकायमा पठाउँछौं ।’
बैठकमा शिक्षा,स्वास्थ्य,पूर्वाधार,कृषि, विपद् व्यवस्थापन, पर्यटन लगायतका बिषयमा घनीभूत छलफल भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले उल्लेख गरेको छ ।
२६ फाल्गुण २०८०, आईतबार ०७:४६ मा प्रकाशित
350
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता