भलिबलमा मार्फा, तारामा जोमसोम र ठिनी च्याम्पियन बने


जोमसोम—मुस्ताङको घरपझोङ—२ मार्फा ‘अध्यक्ष कप’२०८१ को भलिबल च्याम्पियन बनेको छ । आईतबार सम्पन्न फाईनल प्रतिस्पर्धामा घरपझोङ—५ ठिनीलाई हराउँदै मार्फा भलिबल प्रतियोगितातर्फ अध्यक्ष कप २०८१ को च्याम्पियन बनेको हो ।

घरपझोङ गाउँपालिका—५ ठिनीको आयोजना तथा जनमुक्ति युवाक्लव ठिनीको समन्वयमा  प्रथम अध्यक्ष प्रतियोगिता आयोजना गरिएको हो । घरपझोङ गाउँपालिका अन्र्तगत ५ वटै वडाहरुबीच भएको अन्तर वडास्तरीय भलिबल प्रतियोगितामा आयोजक वडा—५ ठिनी उपविजेता बन्यो । भलिबलतर्फको अध्यक्ष कप च्याम्पियन बनेको घरपझोङ—२ मार्फाले नगद ५० हजार पुरस्कारसहित शिल्ड,मेडिल,ट्रफी र प्रमाणपत्र पायो । उपविजेतामै रोकिएको घरपझोङ—५ ठिनीले नगद ३० हजारसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो । कुल ५ वडा सहभागी रहेको भलिबल प्रतियोगितामा मार्फाका ब्यानोल बागदास सर्वोउत्कृष्ट खेलाडी घोषित भए । उनले नगद ५ हजार पुरस्कार पाए ।


अध्यक्ष कप २०८१ अन्र्तगत आयोजना भएको  परम्परागत स्थानीय धनुषबाण (तारा) खेल ५० वर्षदेखि माथि उमेर समुहको प्रतियोगितामा घरपझोङ—४ जोमसोमले प्रथम स्थान हासिल गरेको छ । जामसोमले कुल ७ डोरको निर्धारित खेलको ७० पूर्णाङ्कमा  २८ अंकको योगफल जोड्दै प्रथम भएको हो । यस्तै, सोही उमेर समुहको प्रतियोगितामा घरपझोङ—३ स्याङ दोश्रो भएको छ । स्याङले कुल ७० पूर्णाङकमा २४ अंक जोड्दै दोश्रो स्थान सुरक्षित गरेको हो । प्रतियोगितामा स्याङका आईतलाल थकाली सर्वोउत्कृष्ट खेलाडी बने ।  सवोृउत्कृष्ट घोषित थकालीले ७ डोरमा व्यक्तिगत ८ अंक जोडेका थिए ।

स्थानीय तारा खेल अन्र्तगत ४९ वर्ष भन्दा तल्लो उमेरसमुहमा भएको प्रतियोगितामा घरपझोङ—५ ठिनी प्रथम भएको छ । कुल ९ डोरको ९० पूर्णाङ्कमा ५३ अंक जोड्दै प्रथम भएको हो । प्रतियोगितामा घरपझोङ—४ जोमसोम दोश्रो भयो । जोमसोमले ९० पूर्णाङ्कमा ५१ अंक बटुलेको थियो ।प्रतियोगितामा सर्वोउत्कृष्ट खेलाडी कृष्णप्रसाद थकाली घोषित भए । उनले प्रतियोगिता अन्र्तगत कुल ९ डोरमा व्यक्तिगत १५ अंक जोडेका थिए ।


 स्थानीय तारा खेल प्रतियोगिता अन्र्तगत ५० भन्दा माथि र ४९ वर्ष भन्दा तल्लो उमेर समुहमा भएको प्रतियोगिताको प्रथम ठिनी र जोमसोमले  नगद  २५ हजारसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र जित्यो । दुबै उमेर समुहको दोश्रो हुने वडा जोमसोम र स्याङले नगद १५ हजारसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र हात पा¥यो । प्रतियोगितामा दुबै उमेरका समुहका सर्वोउत्कृष्ट खेलाडीले नगद  २ हजार पुरस्कार प्राप्त गरे ।

अध्यक्ष कप २०८१ अन्र्तगत आईतबार सम्पन्न महिलाहरुको डोरी तान्ने खेल प्रतियोगितामा घरपझोङ—४ जोमसोम महिला समुह प्रथम भयो ।प्रतियोगितामा घरपझोङ—२ मार्फाको महिला टोली दोश्रो भए । प्रतियोगिताको प्रथम र दोश्रो हुने टोलीलाई नगद पुरस्कार प्रदान गरिएको थियो । यसैगरी घरपझोङ गाउँपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधिबीच भएको डोरी तान्ने प्रतियोगितामा कर्मचारी टोली प्रथम भएको छ ।

मुस्ताङको घरपझोङ गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ देखि कार्यान्वयनमा ल्याउने गरी बर्सेनि आलोपालो अध्यक्ष कप प्रतियोगिता गर्ने जनाईएको छ । मुस्ताङको ठिनीमा सम्पन्न प्रथम अध्यक्ष कप अन्र्तगत विभिन्न विधामा विजेता बनेका वडाहरुलाई संघीय प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली,अध्यक्ष मोहनसिंंह लालचन र उपाध्यक्ष जमुना थकाली लगायतले पुरस्कार वितरण गरेका थिए । सो क्रममा संघीय प्रतिनिधि सभा सदस्य योगेश गौचन थकालीले युुवामैत्री खेलकुद गतिविधि लगायतका कार्यक्रमलाई युवाहरुलाई खेलकुद र सामाजिक क्षेत्रमा अग्रसर हुन उर्जा प्र्रदान गर्ने बताए । उनले खेलकुदकै माध्यमबाट कृषि ,पर्यटन र धर्मंसंस्कृति सरक्षणमा टेवा पुग्ने जनाए । घरपझोङ गाउँपालिकामा शनिबारदेखि सुरु भएको अध्यक्ष कप २०८१ का संम्पूर्ण खेल प्रतियोगिता आईतबार सकिएको वडाध्यक्ष प्रदीप थकालीले जानकारी दिए ।


घरपझोङ गाउँपालिकाको आर्थिक सहयोगमा पहिलो पटक आयोजना गरिएको प्रथम अध्यक्ष कप २०८१ को खेलकुद प्रतियोगिताको दौरानमा स्थानीय कृषि उत्पादनबाट प्रशोधन गरी निर्माण गरिएका खाद्य सामाग्रीहरुको प्रर्दशनी  तथा बिक्री बितरणको स्टल प्रर्दशनी गरिएको थियो ।


कृषि उत्पादनको प्रचार÷प्रसार तथा स्थानीय कृषि उत्पादनलाई प्रर्वद्धन गर्ने उद्देश्यले कृषि प्रशोधित स्टल शो गरिएको थियो । स्टलमा रैथानी बाली सरक्षण तथा प्रर्वद्धन गर्ने उद्देश्यले स्याउ,खुर्पानी,उवा,फापर,चामल,मकै र आलु लगायतबाट बनेका प्रशोधित सामाग्रीको स्टल राखिएको हो ।


प्रतिक्रिया