जोमसोम ।
उपल्लो मुस्ताङको कोरलानाका जोड्ने यहाँको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनी खोलामा बेलिब्रिज निर्माणसंगै त्यहाँ जाने सवारी साधनलाई आवतजावतमा सहज भएको छ । दुई वर्षअघि निर्माणको अन्तिम चरणमा पुगेको पक्की पुल बगाएपछि कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले कागबेनी खोलामा बेलिब्रिज निर्माण गरेको हो ।
कोरलानाका जोड्ने कागबेनीखोलामा बेलिब्रिज निर्माणका लागि न्यू कालिका वर्कशप बार लगायतले काम गरेका थिए । बेलिब्रिजको दुईतर्फी फाउन्डेसन वालमा १० लाख ,बेलिब्रिजका लागि अपुग स्टील पार्टमा १० लाख र बेलिब्रिज जडानकार्यमा १० लाख बजेट खर्च भएको आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईले जानकारी दिनुभयो ।‘ कागबेनीमा बेलिब्रिज स्थापनाका लागि फाउन्डेस वालसहित बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ ,’ आयोजनाका सूचना अधिकारी चापागाईले भन्नुभयो,‘ अब दुईदिन भित्र बेलिब्रिज जडान कार्य सकिने र दायँबायाँ एप्रोज सडक निर्माण भई यातायातका साधन संञ्चालन हुनेछ ।’
मुस्ताङकोे कागबेनीमा २०७५ सालदेखि निर्माणधिन रहेको पक्की पुल २०८० साउन २८ गतेको कागखोलाको बाढीले बगाएर क्षति पुगेको र त्यसस्थानमा बेलिब्रिज स्थापना गरिएको आयोजनाका सूचना अधिकारी चापागाईले बताउँनुभयो । कोरला सडक अन्तर्गत अधिकाँश स्थानमा पक्की मोटरेबल पुल बनिसकेको भएपनि कागखोलामा पुल नहुँदा उपल्लो मुस्ताङ र कोरलानाका आउजाउ गर्ने सवारी साधनलाई समस्या परेकाले बेलिब्रिज निर्माणलाई प्राथमिकता दिईएको सूचना अधिकारी चापागाईको भनाई छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ स्थित कागखोलामा बेलिब्रिज जडानका लागि कोरला सडक अन्तर्गत म्याग्दीको गलेश्वर स्थित राहुघाट खोलामा रहेको बेलिब्रिज स्थान्तरण गरिएको हो । ‘म्याग्दीको राहुघाट खोलामा पहिले बेलिब्रिज थियो, त्यहाँ पक्की पुल बनिसकेकाले उक्त बेलिब्रिज जगेडा थियो ,’सूचना अधिकारी चापागाईले भन्नुुभयो,‘हामीले कागेखोलामा तत्कालका लागि बेलिब्रिजको आवश्यकता महशुस ग¥यौ, त्यहाँका बेलिब्रिज उप्काएर यहाँ स्थापना गरेका हौं ।’
यहाँको कागखोलामा बेलिब्रिज जडानका लागि अलग अलग कोटेशन ठेक्का मार्फत बेलिब्रिज निर्माणको काम अघि बढाईएको हो । आयोजनाले त्यहाँ बेलिब्रिज स्थापना गर्न साउनको दोस्रो साता राहुघाटको जगेडा बेलिब्रिज ढुवानी गरी मुस्ताङ ल्याईपु¥याएको थियो । यहाँ फाउन्डेसन पहिल्यै निर्माण गरिएको र बेलिब्रिज जडान भदौ ३ गतेदेखि सुरु गरिएको थियो । साविक क्षतिग्रष्त पक्की पुलको फाउन्डेसन नजिकै तल्लो भागमा बेलिब्रिज फाउन्डेसन निर्माण गरेर बेलिब्रिज स्थापना गरिएको हो ।
यहाँको जामसोमदेखि कोरलानाकासम्मको ११० किमी सडकखण्ड अन्तर्गत घमी खोला पुल बाहेक अधिबकाँश स्थानमा पुल निर्माण सम्पन्न भईसकेको छ । जलवायु परिवर्तनका कारण कागखोलामा आएको भिषण बाढीले बनिसकेको पुल बगाएरपछि बर्खायाममा उपल्लो मुस्ताङ जाने सवारी साधनलाई निकै समस्या र चुनौति हुने गरेको थियो ।
यहाँको कागखोलामा आयोजनाले बेलिब्रिज निर्माण गरिसकेकाले उपल्लो मुस्ताङ आउजाउ गर्ने सवारी साधनलाई सहज भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उल्लेख गर्नुभयो । यहाँको कागखोलामा बेलिब्रिज जडान भएको छ, अब घमी खोलाको पुल पनि सम्पन्न गर्नेतर्फ जोड दिनुपर्छ ,अध्यक्ष बिष्टले भन्नुभयो,‘घमी खोलामा पुल सम्पन्न भएमा कोरलानाकासम्मै बर्खायाममा कुनै समस्या हुँदैन ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली