उपल्लो मुस्ताङको लोघेकरमा सिमान्तकृत महिलालाई सेनेटरी प्याड ताल
जोमसोम—
उत्तरी चिनसंग सिमाना जोडिएको उपल्लो मुस्ताङ स्थित लोघेकर दामोदरकुण्ड गाउँपालिकाका सिमान्तकृत महिला तथा किशोरीहरुलाई महिनाबारी हुँदा आवश्यकता पर्ने सेनेटरी प्याङ निर्माण सम्वन्धि तालिम सञ्चालन गरिएको छ । ड्रोक्पो नेपालको प्राविधिक व्यवस्थापन तथा लोघेकर दामोदरकुण्ड गाउँपालिका र कन्सेफ कनेक्सन नेपाल (सीसीएन)को आर्थिक सहयोगमा गाउँपालिकाको ५ वटै वडाका महिला तथा किशोरीहरुलाई लक्षित गरी शनिबारदेखि ‘महिनावारी स्वास्थ्य स्वच्छता,व्यवस्थापन र प्याड प्रशिक्षण’ कार्यक्रम सञ्चालन गरिएको हो ।
महिनावारी हुँदाको अवस्थामा दुर्गम तथा सिमान्तकृतक्षेत्रमा बसोबास गर्ने उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका अन्तर्गतका महिला तथा किशोरीहरु किटाणु, जिवाणु लगायतका संक्रमणको जोखिमबाट सुरक्षित राख्दै स्वास्थ्य स्वच्छता र यसको व्यवस्थापन गर्ने उद्देश्यले पून प्रयोग गर्न मिल्ने गरी कपडा सेनेटरी प्याड बनाउने तालिम सञ्चालन भएको ड्रोक्पो नेपाल संस्थाकी कार्यक्रम निर्देशक सोनाम डोल्पा लामाले जानकारी दिनुभयो । संस्थाकी कार्यक्रम निर्देशक लामाले कन्सेफ कनेक्सन नेपालको आर्थिक सहयोगमा लोघेकर दामोदरकुण्ड गाउँपालिकाको वडा एक र दुई अन्तर्गत चराङ, मराङ र ढाक्मरमा सिमान्तकृत महिला तथा किशोरीलाई महिनावारी हुँदा प्रयोग हुने प्याड बनाउने तालिम दिन सुरु गरेको कार्यक्रम निर्देशक लामाले बताउँनुभयो । निर्देशकका लामाका अनुसार लोघेकरको अन्य वडाहरु अन्तर्गत घमी ,घिलिङ, ताङ्ग्या र यारा लगायतका गाउँमा गाउँपालिकाको आर्थिक सहयोगमा ड्रोक्पो नेपालले तालिम सञ्चालन गर्ने योजना रहेको छ ।
तालिमका लागि ड्रोक्पो नेपालले सन्दर्भ सामाग्रीको व्यवस्थापनसहित लोघेकर दामोदरकुण्डका सिमान्तकृत महिला तथा किशोरीलाई घरदैलोमै पुगेर सेनेटरी प्याड बनाउने तालिम दिन थालिएको हो । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्डमा २६ बैशाखदेखि १३ जेठसम्म पन्ध्रदिनसम्म त्यहाँका महिला तथा किशोरीहरुलाई प्याड बनाउने तालिम अभ्यास गराईने कार्यक्रम संयोजक लामाले जनाउँनुभयो । यसका लागि ड्रोक्पो नेपालबाट दुईजना र एक जना प्याड प्रशिक्षकका रुपमा पेमा याङ्जी गुरुङ खटिएका छन् ।
यसअघि उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्डमा महिनावारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याङ प्रशिक्षण तालिमको उपाध्यक्ष छिरिङ ल्हामो गुरुङले उद्घाटन गर्नुभएको थियो । परम्परागत रुपमा घरमै बसेर निर्माण गर्न सकिने सेनेटरी प्याड सिकाई प्रशिक्षण तालिमले उपल्लो मुस्ताङका सिमान्तकृत महिला तथा किशोरीहरुको स्वास्थ्य रक्षाका लागि ठुलो योगदान पु¥याउन उपाध्यक्ष छिरिङ ल्हामो गुरुङले उल्लेख गर्नुभयो । दुर्गम स्थानमा सहजै आधुनिक सेनेटरी प्याड उपलब्ध हुन नसक्ने भएकाले महिनावारी हुँदा आफुहरुलाई चाहिने प्याड निर्माण आफैले निर्माण गर्न सकुन भन्ने हेतुले तालिम आयोजना गरिएको उपाध्यक्ष गुरुङको भनाई छ ।

महिला तथा किशोरीहरु महिनावारीको समयमा प्रजनन् अंगबाट बग्ने रगतलाई बाहिर नखसोस भनी प्रजनन् अंगको मुखमा राख्ने सामाग्रीलाई सेनेटरी प्याड भन्ने गरिन्छ । जसले महिनावारीको समयमा आएको रगतलाई आफुमा नियन्त्रण गरेर राख्छ अनि बाहिर बग्न दिदैन । यसले महिनावारी हुँदा अनाधिकृत रुपमा रगत बग्ने र त्यसले संक्रमणको जोखिम निम्त्याउने भएकाले स्थानीय स्तरमै महिला तथा किशोरीले यसको उत्पादन गर्न सक्ने तालिम प्रशिक्षण गराईएको प्रशिक्षक पेमा याङ्जी गुरुङले जानकारी दिनुभयो ।
तालिम प्रशिक्षणमा स्थानीय महिला तथा गुम्बाका आनीहरुको उत्साहजन रुपमा सहभागिता रहेको प्रशिक्षक गुरुङको भनाई छ ।‘हामीले सामुहिक र एक्लाएक्लै रुपमा प्याड बनाउने व्यवहारिक अभ्याससहित प्याड बनाउन सिकाईरहेका छौं’, प्रशिक्षक गुरुङले भन्नुभयो,‘ यसका लागि आवश्यक ईकुमेन्ट ड्रोक्पो नेपालले व्यवस्थापन गरेको छ ।’ तालिममा सहभागी महिला तथा किशोरीहरुलाई पूनः प्रयोग गर्न मिल्ने किटहरु जस्तै कपडा प्याड ,अन्डरवियर,साबुन र पानी समेतको व्यवस्था गरिएको प्रशिक्षक गुरुङले बताउँनुभयो ।
महिनाहुँदा सरसफाईमा ध्यान पु¥याउन गरी सेनेटरी तालिम लिने अवसरमा पाउँदा आफुलाई निकै खुसी अनुभव भएको लोघेकर दामोदरकुण्ड—१ मराङकी स्थानीइ कच्र्युङ गुरुङले बताउँनुभयो । ‘स्थानीय स्तरमा सहजै प्राप्त गर्न सकिने र पुन प्रयोग गर्न सकिने खालको सेनेटरी प्याड बनाउँने तालिम सिकाउनु भएको छ’, कच्र्युङले भन्नुभयो,‘ अब तालिम लिएपछि महिनावारी हुँदा सेनेटरी प्याड खोज्न भौतारिनु नपर्ने भएकी छु ।’ उहाँले दुर्गमको घरदैलोमै आएर यसप्रकारको तालिम लिने अवसर प्रदान गरेकोप्रति गाउँपालिका, कन्सेफ कनेक्सन नेपाल र व्यवस्थापन सहजीकरण गर्ने ड्रोक्पो नेपालप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले कन्सेफ कनेक्सन र गाउँपालिकाको लागत साझेदारी रहने गरी पालिकको ५ वटै वडाहरुमा महिलाहरुलाई महिनावारी हुँदा आवश्यक पर्ने सेनेटरी प्याड बनाउने तालिम भईरहेको बताउँनुभयो । तालिममा महिलाहरुले उत्साहजनक रुपमा सहभागीता जनाएको अध्यक्ष बिष्टको भनाई छ । तालिममा गाउँपालिका अन्तर्गत करिव पाँच सय भन्दा बढी महिला तथा किशोरीहरुलाई लाभान्वित हुने अध्यक्ष बिष्टको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली