जाृमसोम— पछिल्लो समय हिमाली क्षेत्रमा पूख्यौली पेशा व्यवसायका रुपमा अपनाउँदै आईरहेको याकचौरी पालन व्यवसाय संकटमा पर्दै जान थालेको छ । जलवायु परिवर्तनका कारण वातावरणीय क्षेत्रमा परेको प्रभावका कारण हिमाली जिल्लामा पालन गरिने याकचौरी पालन व्यवसाय जोखिममा पर्न थालेको हो ।
हिमाली जिल्लाहरुमा याकचौरी पालन व्यवसाय पूख्र्यौली पेशा व्यवसायका रुपमा मात्रै होईन सांस्कृतिक प्रचलन रुपमा गहनाको रुपमा समेत हेर्ने गरिन्छ । याकचौरी पालन बिनाको हिमाली संस्कृति कल्पना गर्न सकिंदैन । पारस्थितीक प्रणाली (ईको सिस्टम)मा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आईरहेको सदिंयौ वर्षदेखिको यो पेशामा जलवायु परिवर्तनका असरहरु देखिन थालेका छन् ।
विश्वकै चिन्ताको बिषय बनेको जलवायु संकटले हिमाली जिल्ला मुस्ताङमा पनि चौरी पालक कृषकहरुले समस्या र चुनौतीहरुको सामना भोग्नु परेको छ । जलवायु संकटकै कारण हिमाली क्षेत्रमा अनुकुल समयमा हिउँ नपर्ने,बेमौसममा हिमपात हुने र कुनै वर्ष हिउँ पर्दै नपर्ने जस्ता प्राकृतिक विपद्को चपेटामा पर्दैआईरहेका छन् हिमाली याकचौरी पालक कृषकहरु । जलवायुकै कारण हिमपात नभई असिना पानी बढी पर्ने,सुख्खा खडेरी हुँने र जमिनको तापमान वृद्धि भईरहेको अवस्थामा मुस्ताङमा पनि याकचौरी पालकहरुलाई सहज रुपमा पूख्यौंली पेशा व्यवासय धान्ननै मुश्किल पर्दैआईरहेको छ ।
याकचौरीका लागि मौसम प्रतिकुल हुँदै गर्दा चरनक्षेत्रको समस्या र पानीको मुहानहरु घट्दै जादा याकचौरी पालनमा समस्या र चुनौती थपिएको मुस्ताङको थासाङ—२ घट्टेखोला स्थित हिमालयन याक नाक पालन उपसमितिका सदस्य एवं वडासदस्य भीमप्रसाद थकालीले बताउँनुहुन्छ । जलवायुका कारण पछिल्लो समय मौसम प्रतिकुल हुँद याकचौरीका पाठापाठी हुर्काउन समस्या परेको उहाँले जनाउँनुभयो ।
मुस्ताङको थासाङमा घर भएका याकचौरी पालक थकालीका करिव ७० वटा याकचौरी छन् ।बाबु बाजेको पालादेखिनै पूख्र्यौली पेशा व्यवसाय अंगाल्दै आईरहेका थकालीले पछिल्लो समय याकचौरी पालन व्यवसाय जोगाउन समेत गारो पर्दैआईरहेको बताउँनुभयो । सरकारले हिमाली क्षेत्रमा पालन गर्ने याकचौरी व्यवासायलाई संरक्षण गर्न अनुकुलनका कार्यक्रम ल्याउन आवश्यक रहेको औल्याउँनुभयो । ‘सरकारले हिमाली याकचौरी पालन संरक्षणका लागि अहिलेसम्म ठोस कार्यक्रम ल्याउन सकिरहेको छैन’, याकचौरी पालक थकालीले भन्नुभयो,‘ हिमालमा चरनक्षेत्रमा घाँस नहुने,वन्यजन्तुको जोखिम र सुख्खा खडेरीले पानीको अभाव हुँदा यो पेशा व्यवसायनै लोप हुन्छकी भन्ने चिन्तामा छौं ।’
मुस्ताङका ५ वटै स्थानीय तहमा करिव ४ हजार ७ सय बढी याकचौरी पालन भईरहेको छ । यसैक्रममा याकचौरी पालनका लागि व्यवसायिक हकहित र उत्थानका लागि २०७६ सालमा हिमालयन याकचौरी पालन तथा संरक्षण व्यवस्थापन समिति गठन भएको हो । त्यसकै उपशाखा अन्तर्गत थासाङ —२ घट्टे खोलामा हिमालयन याक नाक पालन उपसमिति गठन भयो । त्यसको सदस्य हुनुहुन्छ भीमप्रसाद थकाली । थकाली जस्तै थासाङ—२ मा २२ घरधुरीले २२ वटा गोठ खडा गरी करिव ७ सय बढीको संख्यामा याक नाक पालन गर्दैआईरहेका छन् । पूख्यौली व्यवसाय याकचौरी पालनबाट सन्तोषनक आम्दानी हुने गरेको उहाँले जनाउँनुभयो । याक नाकको दुधबाट घ्यू,छुर्पी र मासुका लागि प्रयोग हुने याकचौरी पालक थकालीको भनाई छ । यसका अतिरिक्त याक नाकका रगत निकालेर सर्वसाधारणलाई बिक्री गरी बैकल्पिक आम्दानी लिने गरेको उहाँले सुनाउँनुभयो ।
थासाङमा हिउँद र बर्खायाममा अलगअलग गोठ स्थान्तरण गरेर याकचौरीको व्यवस्थापन गर्ने गरिएको छ । बर्खायामको चिसो मौसममा मुलीखर्क,मार्चे र बतासे डाँडा लगेर गोठ सारिन्छ । त्यसपछि बिस्तारै हिउँदयाम लागेपछि बस्ती नजिकको पट्के खर्क,छिप्लुङ खर्क,सेकुङ खर्क, खैक्यु खर्क र लुप्साङ खर्क लगायतका स्थानमा याकचौरीको गोठ स्थान्तरण गर्ने गरिएको याकचौरी पालक कृषक गौतम शेरचनले जानकारी दिनुभयो । याकचौरी पालन गर्दा गोठाला राख्ने र उसलाई वार्षिक २ लाख र खाने,बस्ने र लत्ताकपडाको व्यवस्थापन गरिदिनुपर्ने याकचौरी पालक शेरचनको भनाई छ । याकचौरी पालन गर्दा उच्चलेंकमा हिउचितुवाहरुले दुःख दिने गरेको उहाँले उल्लेख गर्नुभयो ।
याकचौरीको रगतबाट बैकल्पिक आम्दानी
हिमालयन याक नाक उपसमितिका याकचौरी पालक कृषकहरुले याक नाकको रगत सर्वसाधारणलाई बिक्री गरेर बैकल्पिक आम्दानी गर्ने गरेका छन् । याकचौरीको आलो रगत निकालेर सर्वसाधरणलाई बिक्री गर्ने हिमाली क्षेत्रको सदिंयौदेखिको सांस्कृतिक प्रचलन हो । प्राकृतिक उपचारका लागि याकचौरीको आलो रगत सेवन गर्नाले दिर्घका रोगका बिरामीलाई स्वास्थ्य उपचारमा उपयोगी हुने जनविश्वास रहेको छ । विशेषगरी ग्याष्टिक,गानागोला,हाडजोर्नी दुख्ने तथा पेट सम्वन्धि समस्या भएका बिरामीलाई याकचौरीको आलो रगतले फाईदा पुग्ने बताईन्छ । यसैगरी याकचौरीको आलो रगत सेवन गर्दा शारिरीक स्फूर्ती बढाउने जनविश्वास रहेको छ । थासाङमा याकचौरीको आलो रगत बर्सेनि बैशाख र भदौ महिनामा गरी दुई पटक निकाल्ने गरिन्छ । सियोले याकचौरीको घाटीमा नशा कोपेर आलो रगत निकाल्ने र त्यसपछि गोबरले टाल्ने गरिन्छ ।
एक वयस्क याकचौरीबाट २५ गिलासदेखि ४२ गिलाससम्म याकचौरीको आलो रगत निकाल्न सकिने हिमालयन याक नाक पालन उपसमितिले जनाएको छ । याकचौरीको रगत सेवन गर्न आउने सर्वसाधारणलाई प्रति गिलास ३ सयको दरमा बिक्री वितरण गरिएको उपसमितिले जानकारी दिएको छ ।
हिमाली याकचौरीले उच्चलेंकको चरनक्षेत्रमा यार्सा गुम्बा,पाँचऔले,निरमसी,जटामसी,बन लसुन लगातका प्राकृतिक जटिबुटी सेवन गर्ने भएकाले याकचौरीको आलो रगत स्वास्थ्यवद्धक मानिएको म्याग्दी बेनीका सर्वसाधारण कल्पना थापाले उल्लेख गर्नुभयो । घरतीर याकचौरीको रगत सेवन गरेर स्वास्थ्य निको भएको सुनेर पहिलो पटक रगत सेवन गर्न मुस्ताङ आएको उनले जनाईन् ।
थासाङको घट्टे खोलामा याकचौरीको रगत सेवन गर्न लाईनमा बसेका म्याग्दीका सर्वसाधारण प्रेम पुनमगरले ढाड दुख्ने र ग्यासिष्टकको समस्या भएकाले रगत सेवन गर्न मुस्ताङ आएको बताउँनुभयो । ‘ केही वर्ष अघि याकचौरीको रगत सेवन गर्न आएको र त्यसबेला स्वास्थ्यलाई केही राहत पुगेको थियो’, उहाँले भन्नुभयो, त्यसै भएर यसपटक पनि याकचौरीको आलो रगत खान यहाँ आएको हुँ ।’
पोखराका ८५ वर्षीय थमबहादुर तुलाचन पनि याकचौरीको रगत सेवन गर्न मुस्ताङ आएको बताउँछन् । याकचौरीले पेट सम्वन्धि समस्या निको पार्छ भन्ने सुनेर पहिलो पटक मुस्ताङ आएको उहाँको भनाई छ ।
म्याग्दीका छ बहादुर पुर्जा पनि परिवारसहित याकचौरीको आलो रगत खान मुस्ताङको घट्टे खोलामा पुगेका छन् । याकचौरीको रगतले स्वास्थ्यलाई फाईदा पुगेको छरछिमेकीले सुनाएकाले त्यसको विश्वाश गदै आफुहरु पनि याकचौरीको आलो रगत सेवन गर्न आईपुगेको पुर्जाले सुनाए ।‘सबैले राम्रै भयो भनेर भने, यसैले त होला यतिबिध्न मानिस रगत खान यहाँ आईपुगेका छन्’, पुर्जाले भन्नुभयो,‘ पहिलो पटक हो, यसपटक रगत सेवन गर्दा राम्रै भएमा फेरी पनि यहाँ आईरहने छु ।’
प्राकृतिक चिकित्साका रुपमा सदिंयौ वर्षदेखि चल्दै आईरहेको याकचौरी रगत खाने प्रचलनलाई पछिल्लो समय महोत्सवका रुपमा सञ्चालन गर्ने गरिएको छ ।