निषेधित तथा नियन्त्रित क्षेत्राक विदेशी पर्यटकको आपत्कालिन हेलिकोप्टर उद्दारकार्यमा गृह मन्त्रालयले यसअघिको प्रक्रियालाई सहज तुल्याएको छ । गृहमन्त्री स्तरको बिहिबारको निर्णय अनुसार गृह मन्त्रालयले निषेधित क्षेत्रमा विदेशी पर्यटकको आपतकालिन हेलिकोप्टर उद्दारका गर्नुपरेमा २४ घण्टा भित्रै जानकारी गराएमात्रै पुग्ने व्यवस्था गरिएको हो ।
गृह मन्त्रालयलेले नेपालका १३ वटा निषेधित क्षेत्र तोकिएका जिल्लाहरुमा विदेशी पर्यटकलाई तत्काल आपत्कासलन हेलि उद्दार गर्नु पर्ने अवस्था देखिएमा उद्दार अनुमति कार्यलाई छिटो छरितो तुल्याउन यसअघिको गृह मन्त्रालयको अनुमति चाहिने प्रक्रियालाई सहज बनाईएको हो । निषेधित क्षेत्रमा हेलि उडान सम्बन्धि कार्यप्रक्रिया २०७५ कार्यान्वयनमा रहेको र उक्त कार्यप्रक्रियाको बुँदा नं. ५ मा तत्कालै उक्त स्थानबाट विदेशी पर्यटकको उद्दार गर्नु परेमा उद्दार अनुमतिका लागि २४ घण्टा भित्र गृह मन्त्रालयमा विवरण पेश गरे पुग्ने गृह मन्त्रालयले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ ।
यसैगरी पदयात्रा अनुमति विना पदयात्रामा गएको विदेशी पर्यटकको हकमा अनुसुचि २ बमोजिम हेलिकोप्टर उडानको माग गर्ने संस्था वा व्यक्तिले तत्काल निज विदेशीलाई अध्यागमन विभागमा उपस्थित गराउने वा उपचारका लागि लैजानु परेमा अध्यागमन विभाग र गृह मन्त्रालयलाई समेत जानकारी गराउनु पर्ने सूचनामा उल्लेख छ ।
गृह मन्त्रालयको यो निर्णयसंगै निषेधित क्षेत्र रहेको सम्वन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस र हेलि उडान सम्बन्धि कार्यप्रक्रिया बमोजिम उद्दारकार्य सकिएको २४ घण्टा भित्र गृह मन्त्रालयलाई यस बारे जानकारी गराउनु पर्ने गृह मन्त्री स्तरीय निर्णय भएको हो ।
गृह मन्त्रालयको यसप्रकारको आपत्कालिन हेलिकोप्टर उडान प्रक्रियालाई सहज तुल्याउने निर्णयसंगै ताप्लेजुङ, संखुवासभा,सोलुखुम्बु,दोलखा,रसुवा,गोरखा,मनाङ,मुस्तङ,डोल्पा,मुगु,हुम्ला,बझाङ र दार्चुला जिल्लाको भ्रमण गर्ने विदेशी पर्यटकको आपत्कासलन हेलि उद्दार प्रक्रियामा सहज भएको हो ।
गृह मन्त्रालयका प्रवत्ता सहसचिव आनन्द काफ्लेका अनुसार निषेधित क्षेत्रमा भ्रमण गरेका विदेशी पर्यटकहरुको तत्काल आपत्कालिन हेलि उद्दार गर्नुपरेमा नेपाल नागरिक उड्यन प्राधिकरणको सिफारिसमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले उडान अनुमति दिन सक्ने व्यवस्था मिलाईएको बताउँनुभयो । यसअघि जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयले उडान अनुमति पत्र दिने गरेकोमा अबदेखि सम्बन्धित जिल्ला प्रशासनले आपत्कालिन हेलि उद्दार गरिएको बारेमा गृह मन्त्रालयलाई २४ घण्टा भित्र जानकारी गराए मात्रै पुग्ने मन्त्रालयका प्रवत्ता सहसचिव काफ्लेले उल्लेख गर्नुभयो ।
निषेधित क्षेत्रमा विदेशी पर्यटकको आपत्कालिन उद्दार गर्न नेपाल नागरिक उड्यन प्राधिकरणको सिफारिस सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पेश गर्नु पर्नेछ । आपत्कालिन उद्दारका नाममा फेक रेस्क्यु हुने र त्यस्ता स्थानमा आपत्कालिन उद्दारको भनी अनाधिकृत हेलि उडान गरी अवैंध कियाकलाप हुने गरेकोले यसप्रति सचेत रहनु पर्ने प्रवज्ञा काफ्लेको भनाई छ । प्रवत्ता काफ्ले आपत्कालिन उद्दारका लागि प्रत्रिया सहज बनाउन प्रक्रियालाई एक तह घटाईएको बताउँनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता