मुस्ताङ,२०, भदौं ।
कालिगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका—१ टुकुचे गाउँ उच्च जोखिममा परेको छ । शुक्रबार राति परेको आशिंक वर्षासंगै मुस्ताङको कालिगण्डकी नदीको सतह उच्च हुँदा मुस्ताङको टुकुचे गाउँ नदी कटानको उच्च जोखिममा परेको हो ।
कवि भूपि शेरचनको जन्मथलो समेत रहेको मुस्ताङको थासाङ—१ टुकुचेमा योसंगै भदौ महिनामा मात्रै चार पटकसम्म कालिगण्डकी नदी कटान भईरहेको छ । कालिगण्डकी नदीको शाखा नदीको वाहव उच्च भई नदी प्रणालीको सतह वृद्धि हुँदा टुकुचे गाउँ संरक्षणका लागि लगाईएको कालिगण्डकी नदी तटबन्ध तथा ग्याविन वाल तोडेर नदीको धार गाउँतर्फ मोडिन पुगेको त्यहाँका वडाध्यक्ष सुरेश थकालीले जानकारी दिनुभयो ।
गएरातिको कालिगण्डकी नदीको बाढीले टुकुचे गाउँ नजिकै रहेको करोड रुपैया लागतको स्याउ भण्डारण गर्ने कोल्ड स्टोर र एक्यापद्वारा निर्मित फोहोर संकलन गर्ने पूर्वाधार डुबानमा परेको वडाध्यक्ष थकालीले उल्लेख गर्नुभयो । कालिगण्डकी नदीले धार परिवर्तन गर्दा टुकुचे गाउँ नजिक कालिगण्डकी तटमा लगाईएको करिव एक हजार बढी स्याउ बोटहरु नष्ट भईसकेको वडाध्यक्ष थकालीले जानकारी दिनुभयो ।
कालिगण्डकी नदीले एवंम्रीतमा धार परिवर्तन गर्दै जाने क्रम नरोकिएमा टुकुचे गाउँको तल्लो वस्तीमा रहेका करिव तीस घरसहित गाउँ नजिकै रहेको गुम्बा र ऐतिहाँसिक सम्पदामा क्षति पुग्ने देखिएको वडाध्यक्ष थकालीले जनाउँनुभयो ।
मुस्ताङको टुकुचे गाउँमा पटकपटकको नदी कटानको जोखिमले स्थानीय नागरिकहरु समस्या पर्दैगईरहेका छन् ।वडाध्यक्ष थकालीका अनुसार भदौ महिनामा मात्रै चार पटकसम्म नदीले धार परिवर्तन गरी नदी कटान गरेको बताउँनुभयो । उहाँका अनुसार खानेपानी जलश्रोत तथा सिंचाई सव डिभिजन कार्यालयद्वारा करोडौं खर्च निर्माण गरिएको कालिगण्डकी नदी प्रोटेक्सन बाढीले क्षति पुगेको छ । वडाध्यक्ष थकालीका अनुसार टुकुचे गाउँ र स्याउबारी संरक्षणका लागि पटकपटक नदी नियन्त्रण गर्ने प्रयास भईरहेको भएपनि सफल हुन नसकेको उहाँको भनाई छ ।
टुकुचे गाउँमा नदी नियन्त्रणका लागि स्थानीय जनश्रमदान र सरोकारवाला निकायले तारजाली लगायतको व्यवस्था गरी कटान रोक्ने प्रयास गरिएको भएपनि सफल हुन नसकेको वडाध्यक्ष थकालीले सुनाउँनुभयो ।
टुकुचे वस्ती तथा स्याउबारी लगायत संरचना जोगाउन थासाङ गाउँपालिका र गाउँलेहरुबाट चार वटा डोजर परिचालन गरी नदी नियन्त्रण गर्ने निरन्तर पहल भईरहेको भएपनि कालिगण्डकी कटानको क्रम रोकिएको छैन ।
बर्सेनि बर्खायामको मौसममा कालिगण्डकी नदी प्रणालीमा लेदो र गेग्रानसहितको नदीजन्य पदार्थले नदी सतहको उकास बढ्दै जाँदा कालिगण्डकी नदीले धार परिवर्तन गर्ने गरेको वडाध्यक्ष थकालीले बताउँनुभयो । नदी कटान रोक्ने प्रयास गरिएकाले केही हदसम्म थामिएको उल्लेख गर्दै वडाध्यक्ष थकालीले नदी कालिगण्डकी नदी कटान रोक्न कालिगण्डकी नदीको समुचित उत्खनन् तथा स्थायी पूर्वाधार आवश्यक रहेको बताउँनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता