दिवंगत पितृ उद्दारका लागि प्रसिद्ध मानिएको यहाँको धार्मिक तिर्थ स्थल कागबेनीधाममा यसवर्ष तीर्थालुको रौनक ह्वात्तै घटेको छ । दसै पर्व अघि सोह्र श्राद्ध सुरु हुँदै गर्दाको अवस्थामा देशमा उत्पन्न विषम परिस्थितीका धार्मिक तीर्थालुको संख्या घटेको हो ।
दामोदरकुण्डबाट बग्ने कालि नदी र मुक्तिनाथबाट बग्ने गण्डकी नदीको संगम स्थल कागबेनीधाममा दिंवगत पितृहरुको उद्दार गर्न तथा पितृहरुलाई खुसी राख्न यहाँका आउने धार्मिक तीर्थालुहरुले पिण्डदान,सिदादान,तर्पण दिएर श्राद्ध गर्ने प्रचलन छ । कालि र गण्डकी नदीको दोभान कागबेनी तटमा स्नान गरी पुजारीहरुबाट धार्मिक पुजापाठ गरी पितृको नाममा श्राद्ध गर्ने प्रचलन रहेको हो । यहाँ आएर श्राद्ध गर्नाले पितृहरु खुसी हुन्छन् भन्ने हिन्दु शास्त्रहरुमा उल्लेख गरिएको छ ।
गतवर्षको औसी तिथिमा मात्रै एकैदिन २० हजार बढी तीर्थालुहरुले कागबेनीमा श्राद्ध गरेका थिए । यसवर्ष त्योसंख्या ८० प्रतिशतले घटेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार औसी तिथिको अघिल्लो दिन शनिबार म्याग्दी हुँदै सडकमार्गबाट चार हजार एघार जना धार्मिक तीर्थालु मुस्ताङ भित्रिएको जनाएको छ । योसंख्या गतवर्षको बडादसै औसीको भन्दा ८० प्रतिशतले कम रहेको प्रहरी निरीक्षक विशाल खत्रीले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक खत्रीका अनुसार औसीको अघिल्लो दिन तीन हजार ८९९ जना स्वदेशी र एक सय १२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् । यहाँ औसीको अघिल्लो दिन पाँच सय ७२ वटा सवारी साधन मुस्ताङ भित्रिएको प्रहरी निरीक्षक खत्रीले उल्लेख गर्नुभयो ।
यसवर्षको बडादसै अघिको प्रतिपदादेखि सुरु भएको पितृपक्ष (सोह्र श्राद्ध)को अन्तिम दिनसम्म मुस्ताङमा सडकमार्ग हुँदै कुल नौ हजार ५२ जना धार्मिक तिर्थालुहरु भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । यसैगरी यसअवधिमा सार्क राष्ट्रबाट दुई हजार २१६ जना विदेशी मुस्ताङ भित्रिएको प्रहरी निरीक्षक खत्रीले जानकारी दिनुभयो । खत्रीका अनुसार स्रोह श्राद्ध अवधिमा दुई हजार६३६ वटा सवारी साधन मुस्ताङ भित्रिएका थिए ।
गतवर्ष सोह्र श्राद्धको १६ औं दिनसम्ममा पचासौं हजार धार्मिक तीर्थालुहरुले मुस्ताङको कागबेनीमा आएर पितृहरुको श्राद्ध गरेका थिए । विगतका वर्षहरुको तुलनामा यसवर्ष कागबेनीमा औसी नहाउँन एकदमै कम तीर्थालु आएको कागबेनीमा पुजारी ईश्वर रेग्मीले बताउँनुभयो । देसमा उत्पन्न परिस्थितीका कारण कागबेनीमा भक्तजनहरुको रौनक घटेको उल्लेख गर्नुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली