जिल्ला प्रशासन कार्यालय मुस्ताङको क्वाटरमा आगलागी, पिएसओ घाईते

 प्रतिकारात्मक तस्विर


जोमसोम— जिल्ला प्रशासन कार्यालय मुस्ताङको पुरानो भवनमा बिहिबार बिहान करिव १ः ४० बजे आगलागी भएको छ । आगलागीबाट सिडियोका सुरक्षागार्ड ( पिएसओ) हवल्दार खेमप्रसाद तिवारी घाईते भएका छन् ।

घाईते पिएसओ तिवारीलाई एम्बुलेन्स मार्फत पोखरा झारिदै गरेको मुस्ताङका सहायक सिडियो रामप्रसाद सुवेदीले जानकारी दिए ।  घाईते तिवारीको हात र औलामा चोटपटक लागेको र उनको अवस्था मध्यम रहेको सहायक सिडियो सुवेदीले बताए ।आगलागीको कारण विद्युत सट वा ग्यास लिक भएर हुनसक्ने उनको भनाई छ । घटनाअघि आगलागी भएको थाहा पाएपछि झ्यालबाट हाम फालेर बाहिर निस्किएका थिए । 

मुस्ताङ प्रशासनको पुरानो भवनमा आगलागी भएपछि प्रहरी र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको थियो । उक्त प्रशासनको भवनको माथिल्लो तलाको एक कोठामा सहायक सिडियोको क्वाटर र अर्कोमा सिडियोका पिएसओ बस्ने गथ्र्ये ।

आगलागीबाट प्रशासन कार्यालयको भवनमा आशिंक क्षति भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया