क. बिष्टको निधनप्रति माओवादी केन्द्रद्वारा शोक व्यक्त

नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश कार्यालयले पार्टीका प्रदेश कमिटी सदस्य क.घ्युर्मी वाङ्ग्याल बिष्ट (ज्ञानेन्द्र) बिष्टको निधनप्रति दुःख व्यक्त गरेको छ । प्रदेश कमिटी अध्यक्ष गायत्री गुरुङले बिहिबार (आज) एक विज्ञप्ति जारी गरी पार्टी कमिटीका प्रदेश सदस्यको ६६ वर्षको उमेरमा उपाचारका क्रममा मंगलबार राति काठमान्डौं स्थित ह्याम्स अस्पतालमा निधन भएकोप्रति पार्टीका तर्फबाट श्रद्धान्जली अर्पण गर्दै शोक व्यक्त गरिएको हो ।

विज्ञप्तिमा क. बिष्ट लामो समयदेखि कम्युनिष्ट आन्दोलनको एक स्थापित व्यक्तित्वको साथै मुस्ताङबासी जनसमुदायका एक हैतेषि समाजसेवी र अभिभावक रहेको उल्लेख गरिएको छ । माओवादी केन्द्र प्रदेश कमिटी अध्यक्ष क. गायत्री गुरुङद्वारा हस्ताक्षरित शोक वक्तव्यमा  क. बिष्ट २०६३ सालदेखि आवद्ध रहेको २०७७ देखि २०७८ सम्म पार्टीको मुस्ताङ जिल्ला समिति संयोजकका रहेको बताईएको छ । त्यसपछि उहाँ पार्टीको प्रदेश कमिटी सदस्यमा हुनुहुन्थ्यो ।  यसैगरी क. बिष्ट  साविक लोमान्थाङको गाविस सचिव हुँदै २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचन माओवादी केन्द्रका तर्फबाट लोमान्थाङ गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको थियो ।

 क. बिष्टको निधनले पार्टीले एक असल,ईमान्दार र कर्तव्यनिष्ट नेता तथा अभिभावक गुमाउन पुगेको र लोमान्थाङबासीले पनि एक कुशल अभिभावक गुमाउन पुगेको विज्ञप्तिमा भनीएको छ । यस दुःखत घर्डीमा शोकाकुल परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै पार्टीका तर्फबाट श्रद्धान्जली अर्पण गरिएको छ ।




प्रतिक्रिया