जोमसोम ।
उत्तरी चिनको स्वशासितक्षेत्र तिब्बतसंग सीमाना जोडिएको (नेपाल—चीन) उत्तरी कोरला सीमाक्षेत्रमा शुक्रबार संयुक्त सुरक्षा गस्ती गरिएको छ । हिउँदयामको माईनस डिग्री तापक्रमको परवाह नगरी सीमाक्षेत्रमा कार्यरत (नेपाल—चीन) संयुक्त सुरक्षा अधिकारीहरुले कोरला सीमाक्षेत्रको निगरानी बढाउन गस्ती नियमित गस्ती थालेका हुन् ।
यहाँ स्थित (नेपाल—चीन) कोरला सीमाक्षेत्र अन्तर्गत डोल्पातर्फ पर्ने २१,२२,२३ र २४ नं सीमास्तम्भ क्षेत्रमा संयुक्त गस्ती गरिएको सशस्त्र प्रहरी बल ३३ नं. गुल्म हेडक्वाटर जोमसोम मुस्ताङका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार हिउँदयामको समयमा सीमाक्षेत्रमा हुनसक्ने संम्भावित अपराध नियन्त्रण, अवैंध चोरी निकासी, अवैध चोरी शिकारी, सीमाक्षेत्रको शान्ति सुरक्षा र सीमाक्षेत्रमा अवान्छित गतिविधि नियन्त्रण गर्ने उद्देश्यले (नेपाल—चीन)संयुक्त निगरानी गस्ती गरिएको र यो हिउँदयामभरी नियमित रहने जनाईएको छ ।
कोरला स्थित सीमाक्षेत्रमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) र कोरला स्थित चिनियाँ सुरक्षा अधिकारीहरुको संयुक्त टोलीले यहाँको नेपाल—चीन चार वटा सीमा स्तम्भहरुको संयुक्त सुरक्षा गस्ती गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) नेचुङका ईञ्चार्ज एवं सशस्त्र प्रहरी निरीक्षक अरुण भण्डारीले उल्लेख गर्नुभयो । कोरला सीमा क्षेत्रको शान्ति सुरक्षा र निगरानी बढाउन बीओपी ईञ्चार्ज भण्डारीको कमाण्डमा १० जना र चिनतर्फ क्याप्टेन गेसाङ्ग डुन्ड्रबको कमाण्डमा ५ जना गरी १५ जनाको संयुक्त सुरक्षा टोली खटिएको बीओपी नेचुङले जनाएको छ ।
हिउँदयामको मौसममा नेपाल—चीनतर्फ पर्ने सबै सीमास्तम्भहरुको नियमित संयुक्त सुरक्षा गस्ती गरिने योजना रहेको सशस्त्र प्रहरीले जनाएको छ । हिउँदयामको मौसममा कोरलानाका तथा अन्य सीमास्तम्भहरुमा कोही नभएको मौका छोपी लुकीछिपी अवैध क्रियाकलापहरु हुनसक्ने अवस्था रहेकाले निगरानीका लागि सीमा गस्ती गर्नुपरेको जनाईएको छ ।
कोरला स्थित मुस्ताङ र चिनतर्फ सीमा जोडिएका सीमास्तम्भहरुमा पुगेर (नेपाल—चीन) का संयुक्त सुरक्षा अधिकारीहरुले नियमित गस्ती गरेका छन् । यहाँ चीनसंग सीमाना जोडिएका डोल्पातर्फ १८ देखि २३ र मनाङतर्फ २५ देखि ३३ नं. सीमास्तम्भ पर्दछन् । नेपाल—चीन २४ नं. सीमाक्षेत्र ट्रान्जिट प्वाईन्ट एवं दशगजा क्षेत्र हो ।
यसअघि गत आईतबार अन्नपूर्ण संरक्षण आयोजना ,ईलाका संरक्षण कार्यालय (एक्याप) लोमान्थाङसहित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) र छोसेर प्रहरी चौकीका सुरक्षाकर्मीहरुले सेताम्मे हिउँमा २५ देखि २८ नं. सम्मको सीमास्तम्भमा पुगेर संयुक्त सुरक्षा गस्ती गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली