जोमसोम— कालिगण्डकी नदी उकासका कारण मुस्ताङको घरपझोङ गाउँपालिका—३ तल्लो स्याङ पुल्चोक बस्ती जोखिममा पर्दैआईरहेको छ । कालिगण्डकी नदी उकास बर्सेनि वृद्धि भईरहँदा कालिगण्डकी नदी बस्ती भन्दा माथि आउन थालेपछि स्थानीयबासी बस्तीनै विस्थापित हुने होकी भन्नेमा चिन्तामा छन् ।
केही वर्षअघि जापानीज सहयोग निकाय (जाईका)ले मुस्ताङमा गरेको एक अध्ययन सर्वेक्षणमा मुस्ताङको छुसाङदेखि थासाङको पैरोथाप्लासम्मका १३ वस्ती कालिगण्डकी नदी कटानको उच्च जोखिममा परेको बताईएको थियो ।तर, पछिल्लो समय मुस्ताङमा जोखिममा रहेका अन्य वस्ती भन्दा स्याङ पुल्चोक वस्ती कालिगण्डकी नदी कटानका कारण थप प्रदाडित बन्दै गईरहेको छ ।
हिमाली जिल्ला मुस्ताङमा नदीजन्य पदार्थ उत्सखनन हुन नसक्दा स्याङकको पुल्चोक वस्ती अन्य वस्ती भन्दा थप जोखिममा परेको हो । कालिगण्डकी नदीमा बर्सेनि नदी जन्य पदार्थ ढुंगा,बालुवा गिट्टी र गेग्रानहरु समुचित प्रयोग हुन नसक्दा मुस्ताङमा कालिगण्डकी नदीको उकास वृद्धि भईरहेको छ । प्राकृतिक श्रोतसाधन अन्तर्गत पर्ने नदी जन्य पदार्थको उत्खनन् तथा व्यवस्थापन कार्यमा कानुनी जटिलता हुँदा मुस्ताङमा कालिगण्डकी नदीको तटीय क्षेत्रका बस्ती जोखिममा परेका हुन् । नदी जन्य पदार्थ उत्खनन,व्यवस्थापन संघीय कानुन र संरक्षण व्यवस्थापनका ऐन,नियमावली र कार्यविधि बाधक हुँदा मुस्ताङमा बषौवर्षदेखि कालिगण्डकी नदीको नदी जन्य पदार्थ उत्खनन तथा व्यवस्थापन हुन नसक्दा समस्या उत्पन्न भएको हो । त्यसो त मुस्ताङ जिल्ला अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत पर्ने भएकाले पनि यहाँका नदी जन्य प्राकृतिक श्रोत साधनको सदुपयोग नहुँदा तटीय क्षेत्रका बस्तीहरु जोखिममा छन् ।
कागिलगण्डकी नदी उकास बर्सेनि वृद्धि हुने क्रम रोकिएको छैन । यसैका कारण यहाँ तटीय क्षेत्रमा बस्तीहरुमा नदीको सतह माथि र बस्तीको उचाई तल हुँदै गर्दा मुस्ताङको घरपझोङ—३ को स्याङ पुल्चोक बस्ती बर्सेनि नदी कटानको चपेटामा परेको हो । संघीय,प्रादेशीक ,स्थानीय निकायका विभिन्न निकायबाट विनियोजन भएको टुक्रे बजेटले तटबन्ध निर्माण गरिएको भएपनि नदी उकास बढेर बस्ती विस्थापित हुने अवस्था आईपरेको हो ।
घरपझोङ—३ स्याङका वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीले संघीय,प्रदेश र स्थानीय तहको सीमित बजेटले स्याङ पुल्चोक बस्ती जोगाउन मुश्किल परेको बताए । वडाध्यक्ष थकालीले बर्सेनि कालिगण्डकी नदीको सतह एक मिटर भन्दा माथि आउने भएकाले पुल्चोक बस्ती जोखिममा परेको बताए । उनका अनुसार कालिगण्डकी नदीमा नदी जन्य पदार्थ उत्खनन तथा व्यवस्थापनि सम्वन्धि मुद्धा सर्वोच्च अदालतमा विचाराधिन रहेको र संघीय कानुन संरक्षण नियमावलीमा नदी जन्य पदार्थको उत्खखन तथा व्यवस्थापन र बिक्री वितरणमा कानुनी मार्ग सुनिश्चित नहुँदा कालिगण्डकी नदी उकास बढेको दावी गरे । उनले कालिगण्डकी नदीको कटानबाट पुल्चोक बस्ती जोगाउन स्थानीयले बस्ती बचाउ अभियान चलाएको बताए । वडाध्यक्ष थकालीले सरकारको भर नपरी स्थानीयबासीले आर्थिक सहयोग जुटाएर नदी नियन्त्रण गर्न प्रयास भईरहेको र यसलाई सबैले सहयोग गर्र्नुपर्न जनाए ।
मुस्ताङको घरपझोङ—३ स्याङको पुल्चोक बस्तीमा १७ घरधुरीको बसोबास रहेको छ । त्यहाँ बसोबास गर्ने सबै कृषि व्यवसायमा आत्मनिर्भर छन् । तर,पछिल्लो केही वर्षयता स्याङ पुल्चोक बस्तीका स्थानीयबासीहरु बस्तीका साथै आफुहरुले उत्पादन गर्ने खेतीयोग्य जमिननै कालिगण्डकी कटानले बिनास गरिदिन्छ की भन्ने त्रासमा छन् । त्यहाँ बर्सेनि खोला छेक्न लगाईएको बाँध समेत कालिगण्डकी नदीले क्षति बनाईदिने गरेको छ । गतवर्ष कालिगण्डकी र ठिनी खोलाको दोभानदेखि पुल्चोक बस्तीमा लगाएको ग्याबिन तटबन्द नदी कटानले क्षति तुल्यायो । बर्सेनि नदी कटानको जोखिममा रहँदै आईरहेका त्यहाँका स्थानीय नत बस्ती विस्थापित हुन सक्छन् । नत त्यहाँ निर्धक्क रुपमा बस्न पाउँछन् ।
स्याङ पुल्चोकबस्तीका स्थानीय एवं बस्ती जोगाउ अभियानका सदस्य चन्द्र थकालीले कालिगण्डकी नदीको कटानले बर्सेनि पुल्चोक बस्ती जोखिममा पर्ने गरेको सुनाए । उनले गतवर्ष नदी कटानलले २५ रोपनी जग्गामा लगाईएको स्याउ बारी नदी कटानले पुरै क्षति बनाएको बताए । कालिगण्डकी नदीमा करोडौं मुल्यको नदी जन्य पदार्थ त्यसै फ्रिज भएर जाने गरेको तर यसको उत्खनन तथा व्यवस्थापनमा संघीय कानुनको जटिलताले गर्दा नदी उकास बर्सेनि बढिरहेको स्थानीय थकालीको भनाई छ । हामी अहिले स्वदेश तथा विदेशमा बस्ने मुस्ताङीहरुसंग बस्ती बचाउ अभियानका लागि सहयोगको याचना गरिहेको र सहयोग पनि जुट्दै गरेको उनले बताए । सरकारको भर नपरी गाउँहरुनै मिलेर नदी छेक्न बस्ती संरक्षण गर्न अभियान संञ्चालन गरेको थकालीले उल्लेख गरे ।
स्याङ गाउँ पुल्चोक बस्तीका १७ घरधुरीले आर्थिक सहयोग जुटाएर कालिगण्डकी नदी छेक्न ६ सय मिटर लामो बिग बोल्डिङ स्टेकिङ (ठुला ठुला ढुंगा बिच्छ्याए बाध निर्माण गर्ने अभियानमा लागेका हुन् । यसका लागि २५ लाख लागत लाग्ने अनुमान गरिएको छ । घरपझाङको ३ नंं वडाले ४ लाख बजेट उपलब्ध गराएको छ भने पूर्व सांसद प्रेमप्रसाद तुलाचनले निःशुल्क उपकरण उपलब्ध गराएका छन् ।
यसअघिका वर्षहरुमा भू—तथा जलाधार व्यवस्थापन कार्यालय र सहरी विकास तथा भवन डिभिजन कार्यालय बाग्लुङले स्याङ पुल्चोक बस्ती संरक्षण गर्न तटबन्ध निर्माण गरिएको भएपनि निर्माण गरिएका तटबन्धलाई कालिगण्डकी उकासका कारण क्षति तुल्याएको थियो । मुस्ताङको स्याङ पुल्चोक बस्ती मात्र होईन पछिल्लो सयम कालीगण्डकी नदी कटानले यहाँका दर्जनौ बस्ती जोखिममा छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता