यहाँको वारागुङ मुक्तिक्षेत्र—३ छुसाङमा राताम्मे पहाडको भित्ता खोपेर निर्माण गरिएको गुफा भित्र गुम्बा अवस्थित छ । यो गुम्बामा प्रतिस्थापन गरिएको मूर्तीहरुको ईतिहाँस बुझ्दा गुफा भित्र रहेको गुम्बा करिव बाह्र सय भन्दा बढी पुरानो रहेको पाईएको हो ।
जोमसोम हुँदै कागबेनी—कोरला सडकको नजिकै भिरालो सतहमा अवस्थित गुफा भित्रको गुम्बालाई ‘मिन्ची ल्हवङ’ गुम्बा भन्ने गरिएको छ । यो गुफा भित्रको धार्मिक बुद्धिस गुम्बा छुसाङ गाउँका ६ घरधुरीको स्वामित्वमा छ । यहाँ दैनिक साँझ यीनै ६ घरधुरीका व्यक्तिलाई बर्सेनि आलोपालो बत्ती बाल्ने र पुजाआजा गर्ने गरेका हुन्छन् ।
कोरला सडकमार्गको माथि भिरालो सतहमा अवस्थित गुफा निकै जोखिमयुक्त स्थानमा अवस्थित छ । पुरापूर्व कालमा छुसाङ गाउँमा ६ घरधुरीको स्वामित्वमा रहेका पूर्खाहरुले यहाँ पहाड खोपेर गुम्बा प्रतिस्थापन गरेको बताईन्छ । तर, यहाँको गुम्बा कतिवर्ष पुरानो हो भन्ने तथ्य स्वंय गुम्बाको स्वामित्व बोकेका पछिल्ला पुस्ताले समेत एकिन गर्न सकिरहेका छैनन् ।

परापूर्व कालमा मनाङबाट आएका पूर्खाहरुले आफ्नो देवतालाई साथै लिएर छुसाङ गाउँमा स्थान्तरण भएको गुम्बाका ६ घरधुरीका मध्ये एक स्थानीय श्याम गुरुङले जानकारी दिनुभयो । मनाङबाट छुसाङमा साँझपखको समयमा आईपुगेकाले यहाँको गुम्बामा दैनिक ६ घरधुरीले आलोपालो बत्ती बाल्ने र पुजा गर्ने प्रचलन रहेको स्थानीय गुरुङको भनाई छ ।
निकै कमजोर भूसतहमा अवस्थित गुफा आफैमा जोखिम स्थानमा छ । पुरातात्विक र ऐतिहाँसिक महत्वको गुफा र गुफा भित्रको गुम्बा संरक्षण गर्नुपर्ने अभिभारा यीनै ६ घरधुरीको काँधमा छ । हालसम्म सदिंयौ वर्षदेखि यिनै ६ घरघुरी खलकले गुफा र गुम्बा संरक्षण गर्दैआईरहेको स्थानीय गुरुङको भनाई छ ।
झन्डै सय मिटर अग्लो माटोको पहाडमा भूक्षय र बाढीले क्षति पु¥याउन सक्ने जोखिम कायम छ । यद्यपी भगवानको शक्तिले गुफा र गुफा भित्रको गुम्बालाई असर नपु¥याएको स्थानीय गुरुङले उल्लेख गर्नुभयो । यहाँको अनौठो गुफा भित्रको माथिल्लो तलामा गुम्बा प्रतिस्थापन गरिएको छ । गुफा भित्रको गुम्बाका अधिकाँश माटोद्वारा निर्मित बद्धका विभिन्न स्वरुपका मूर्तिहरु ८०० वर्ष भन्दा बढी पुराना रहेको र एक फ्रेम भित्र राखिएको हरिताराको ढुंगाको मूर्ती १२०० वर्ष पुरानो मानिएको स्थानीय गुरुङले जानकारी दिनुभयो । गुफा भित्रको गुम्बा भित्र एक दर्जन बुद्ध भगवानका विभिन्न स्वरुपका मूर्तीहरु प्रतिस्थापन भएको स्थानीय गुरुङले जानकारी दिनुभयो ।

गुफा भित्रको गुम्बा रहेको स्थानमा चन्दा बाकस राखिएको छ । गुफा भित्रको गुम्बा दर्शन गर्ने र विदेशी पर्यटकहरुले स्वेच्छिक चन्दा दान गर्ने बाकस राखिएको छ । स्थानीय गुरुङका अनुसार चन्दा बाँकसमा जम्मा भएको रकम गुम्बाको संरक्षण र हिउँ पर्दा गुफाको छतमाथिको हिउँ पन्छाउने खर्च गर्ने गरिएको बताउँनुभयो । गुफा भित्रको मिन्ची ल्हवङ गुम्बाको ओढार भित्र सदिंयौं वर्ष पुराना कलात्मक पेन्टिङहरु अवस्थित छन् । यसरी गुफाको भूगोलसंग मिल्दो माटोको रङ्गले गुफाको माथिल्लो तलाको भित्ता र सिलिङमा पेन्टिङ गरिएको देखिन्छ ।
गुफाको दोश्रो तला माथिको एक कुनामा बुद्धका मूर्तिहरु विराजमान रहेका छन् । गुफा भित्रको दोस्रो तलामा गुम्बा परिक्रममा गर्ने ठाउँ पनि रहेको छ । त्यसो यहाँको गुफा भित्रको गुम्बालाई केही विदेश संस्थाका अनुसन्धानकर्ताले पनि अध्ययन गरी गएको बताईएको छ । गुफामा रहेको गुम्बा संरक्षणका लागि विदेशीले प्राविधिक तथा आर्थिक सहयोग गरी गुम्बा मर्मत संम्भारकार्यमा सहयोग पु¥याएको स्थानीय श्याम गुरुङ बताउँनुहुन्छ । सदिंयौ वर्ष पुरानो गुम्बा मूर्तिहरु जीर्ण बन्दै जान थालेकाले यसको संरक्षण र मर्मत सम्भार गर्नुपर्ने आवश्यकता रहेको छ ।
छुसाङको भिरालो पाखोमा अवस्थित गुम्बा रहेको गुफा भित्रको पहिलो तला र दोस्रो तलामा उज्यालोका लागि झ्याल जस्ता केही प्वालहरु पनि देखिन्छ । गुफाको भईतलाबाट माथि उक्लिन दुई वटा काठको लिस्नो राखिएको छ । लिस्नो चढेर गुफाको माथिल्लो तलामा पुग्न सकिन्छ ।

व्यक्तिगत ६ घरधुरीको स्वामित्वमा रहेकाले यसको पर्यटन प्रवद्र्धन समेत हुन नसकेको स्थानीय गुरुङले बताउँनुभयो । ‘यो हाम्रो गुफा भित्रको गुम्बा कुलदेवता जस्तै हो, पूर्खाहरुले पुजाआजा गर्ने थलो हो, स्थानीय गुरुङले भन्नुुभयो,‘ त्यसैले हामीले यसलाई मिडिया प्रचार÷प्रसार गर्नेतर्फ लागेनौ, तर, गुफा र गुम्बा पर्यटक लोभ्याउने खालको छ ।’ गुफा र गुम्बालाई प्रचार÷प्रसार नगरेकै कारण मुस्ताङका धेरैजसोले यहाँको गुम्बाबारे अनविज्ञ रहने गरेको गुरुङको भनाई छ ।

कागबृेनी—कोरला सडक नजिकै रहेको छुसाङ स्थित अनौठो गुफा भित्रको मिन्ची ल्हवाङ गुम्बा ऐतिहाँसक धरोहर र पर्यटकीय सम्भावना रहेको भएपनि गुफा अवलोकन गर्न पर्यटकहरु बेखबर हुने गरेका छन् । गुफासम्म जान मुख्य सडकबाट पैदल हिडेर पाँच मिनेटको समयमा सहजै पुग्न सकिन्छ । गुफा र गुम्बाको आवश्यक प्रचार÷प्रसार हुन सकेमा पर्यटन प्रवद्र्धनमा ठुलो योगदान पुग्न सक्तछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली