कागबेनी मोडको ओरालोमा बस दुर्घटना ,२१ जना घाईते

जोमसोम—मुक्तिनाथ दर्शन गरी फर्किएको यात्रुवाहक बस मंगलबार बिहान मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनी मोडको ओरालोमा दुर्घटना भएको छ । काठमान्डौंबाट कलेजका बिद्यार्थी लिएर मुक्तिनाथ दर्शन गर्न मुस्ताङ आएको प्रदेश—३—०१—००६ ख ६२२ नम्बरको यात्रुबाहक बस मुक्तिनाथबाट जोमसोम फर्किन क्रममा  बिहान ९ बजेको समयमा कागबेनी मोडको ओरालोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । 

  बसमा चालकसहित ३० जना बिद्यार्थी यात्रु सवार थिए । बस दुर्घटनामा १४ जना पुरुष र ७ जना महिला घाईते भएका हुन् । बस दुर्घटना भएको सूचना पाएपछि मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेसहित कागबेनी प्रहरी चौकीका सुरक्षाकर्मीहरु  बस दुर्घटना स्थलमा पुगेका थिए । दुर्घटना स्थलमा स्थानीय निकायका जनप्रतिनिधि र स्थानीइबासी समेत उद्दारमा खटिएका थिए । प्रहरी र प्रशासनका समन्वयमा बस दुर्घटनामा परेका घाईतेहरुलाई उपचारका लागि मुस्ताङ अस्पतालमा पू¥याएको छ । प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बस दुर्घटनामा परेका घाईतेहरुको अवस्था सामान्य रहेको र उनीहरुको प्रारम्भिक उपचार भईरहेको जानकारी दिए ।

 यसअघि मुक्तिनाथबाट फर्किएको बिद्यार्थी सवार बस बे्रकफेल भई कागबेनी माथिको मुक्तिनाथ सडकको भिरालो सतहमा सडकमा पल्टिन पुगेको थियो । बस सडककोबीचमा पल्टिएपछि करिव ३ घण्टा कागबेनी—मुक्तिनाथ सडक अवरुद्ध भएको थियो । प्रहरी र प्रशासनको समन्वयमा डोजरको सहायताले दुर्घटनाग्रष्त बसलाई सडक किनारामा पन्छ्याईपछि मुक्तिनाथ अवरुद्ध सडक संञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए । बस दुर्घटना भई सडकमै पल्टिदा दर्जनौ सवारी साधनहरु कागबेनीमा रोकिएका थिए ।

 जोमसोम—मुक्तिनाथ २१ किलोमिटर दुरीको सडक अन्तर्गत कागबेनीदेखि मुक्तिनाथ जाने सडकको पहिलो मोड दुर्घनाग्रष्त क्षेत्रको रुपमा लिने गरिन्छ । कागबेनी—मुक्तिनाथ सडक कालोपत्र भईसकेपछि हालसम्म पटक—पटक त्यहाँ सवारी साधन दुर्घटना हुने गरेको छ । त्यस स्थानमा यसअघि बस दुर्घटना हुँदा दर्जनौं तीथ यात्रीले ज्यान गुमाएका थिए । साँघुरो सडक र भिरालो सतह भएकाले त्यहाँ सवारी साधन दुर्घटना हुने गरेको हो । तीब्र गतीमा सवारी साधन चलाउने र सडकका अवस्थाको थाहा नपाउने जिल्ला बाहिरबाट आएका सवारी साधनलाई स्पीड कन्ट्रोल गर्न नसक्दा दुर्घटना हुने गरेको हो ।

पटक÷पटक दुर्घटना भईरहेको उक्त स्थानको सडकमा मोडलाई फराकिलो बनाई सडक स्तरोन्नति गर्नुपर्ने कागबेनी गाउँका स्थानीयहरु बताउँछन् ।


प्रतिक्रिया