जोमसोम—हिमाली जिल्ला मुस्ताङ भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई ‘हाईअल्टिच्युड’ सचेतना दिन थालिएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले चैत्र ५ गतेदेखि म्याग्दी र मुस्ताङको सीमान घाँसा र पोखराबाट हवाई मार्ग हुँदै मुस्ताङ आउने पर्यटक तथा तिर्थालुलाई जोमसोम विमानस्थलमा पर्यटकलाई सुरक्षाकर्मीले हाईअल्टिच्युड सचेतना दिन थालेको हो ।
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ आउने पर्यटक तथा तिर्थालुले आवश्यक स्वास्थ्य सावधानी अपनाउन नसक्दा यहाँ आउँने कतिपय पर्यटक तथा तिर्थालुलाई हाईअल्टिच्युडको जोखिम बढेको हो । जिल्ल प्रहरी कार्यालय मुस्ताङले पछिल्लो ३ आर्थिक वर्षमा २५ जनाले हाईअल्टिच्युडका कारण ज्यान गुमाएको बताएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मिलनबहादुर बिकले चालु आर्थिक वर्ष २०८०÷०८१ मा २ जना नेपालीसहित ५ जना विदेशी पर्यटक हाईअल्टिच्युड समस्याले मृत्यु भएको बताए । उनका अनुसार यसअघिको दुई आर्थिक वर्ष ४ जना नेपालीसहित १४ जना विदेशी पर्यटकको मुस्ताङमा हाईअल्टिच्युड थेग्न नसकी मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले शारिरीक रुपमा अशक्त, ६० वर्ष उमेर कटेका ज्येष्ठ नागरिक तथा दम प्रेसर,सुगर र मुटु रोग सम्वन्धि समस्या भएका पर्यटकलाई मुस्ताङ आउँदा हाईअल्टिच्युडको समस्या देखिने गरेको उल्लेख गरेको छ ।प्रहरी निरीक्षक बिकले बेसीको कम उचाईको स्थानबाट उच्च उचाईमा आउँदा अल्टिच्युड मेन्टन गर्न आवश्यक स्थानमा होल्डिङ गर्नुपर्ने बताए ।‘ कम उचाईबाट यहाँ आउँदा सुरक्षा संवेदनशीलता प्रति ख्याल गर्नुपर्ने हुन्छ,’ प्रहरी निरीक्षक बिकले भने,‘दीर्घ रोगी र उमेर कटेकालाई यहाँ ल्याउँदा चिकित्सकबाट स्वास्थ्य परामर्श लिनुपर्ने हुन्छ ।’
मुस्ताङको धार्मिक स्थल मुक्तिनाथ ,कागबेनी र उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकहरुको हेलचक्राईले पनि हाईअल्टिच्युड लागेर मृत्यु हुँने क्रम बढेको हो । मुस्ताङको उच्च भूगोलमा यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुले यहाँको तापक्रम र हावापानीको ख्याल नगरी अल्टिच्युड थेग्न न्यानो कपडा नलगाउने र खानपान समेत ध्यान नपु¥याउँदा पर्यटकलाई हाईअल्टिच्युडको जोखिम बढेको हो ।
प्रहरी निरीक्षक बिकले मुस्ताङमा पर्यटक लक्षित दक्ष स्वास्थ्य जनशक्ति र अक्सिजनसहितको हाईअल्टिच्युड ट्रिट मेन सेन्टर स्थापना गर्नुपर्ने सुझाए । मुस्ताङ भ्रमण गराउने संम्वन्धित ट्राभल एजेन्सी र पर्यटक गाईडहरुले पनि पर्यटकहरुलाई हाईअल्टिच्युड सम्वन्धि जानकारी गराउन आवश्यक रहेको प्रहरी निरीक्षक बिकको भनाई छ । उनले पर्यटकलाई हाईअल्टिच्युडबाट जोगाउन प्रहरीले निरन्तर मौखिक सचेतना अभिवृद्धि गर्ने कार्य भईरहेको बताए ।
समून्द्री सतहको २५ सयदेखि माथिको उचाईमा हावाको अक्सिजन मात्रा कम हुन्छ । उच्च उचाईमा प्रस्थान गर्ने पर्यटक तथा तिर्थालुलाई अक्सिजन मात्रा कम हुँदा शरिरको रगतले अक्सिजन प्राप्त गर्न सक्तैन । उच्च उचाईमा अल्टिच्युड थेग्न नसक्ने पर्यटकलाई यसप्रकारको समस्या देखिदा मस्तिष्कमा अक्सिजन मात्रा नपुग्ने र यसले मस्तिष्कमा पानी जम्ने संम्भावना रहने मुस्ताङ अस्पतालका मेडिकल अधिकृत डा. बिर्सजन नेपाली बताउँछन् । उच्च उचाईमा पुग्दा अल्टिच्युड सामाना गर्न नसक्ने पर्यटक तथा तिर्थालुलाई छातीमा समेत पानी जम्ने सम्भावना हुँने मेडिकल अधिकृत नेपालीले उल्लेख गरे ।
समुन्द्री सतहको २५ सय मिटर अग्लो स्थानमा जानेलाई मुख्य ३ कारणले हाईअल्टिच्युडको समस्या हुने गर्छ । अस्पतालका मेडिकल अधिकृत नेपालीका अनुसार एक्युड माउन्टेन सिग्नेस,सेरिब्रेल एडिमा र पल्मोनरी एडिमा जस्ता अल्डिच्युड हुने गर्छ ।एक्युड माउन्टेन सिग्नेस हाईअल्टिच्युडले खासै धेरै असर नपू¥याएपनि सेरिब्रेल एडिमा र पल्मोनरी एडिमा अल्टिच्युडले स्वास्थ्य जोखिम निम्त्याउने मेडिकल अधिकृत नेपालीको भनाई छ ।
मुस्ताङ आउँने पर्यटक तथा तिर्थालुलाई ३ समस्या मध्ये सेरिब्रेन एडिमा र पल्मोनरी एडिमा अल्टिच्युडको समस्या देखिने गरेको मेडिकल अधिकृत नेपालीले बताए । यसप्रकारको स्वास्थ्य समस्या आउँदा बिरामीको मस्तिष्क र फोक्सोमा पानी जम्ने उनले जनाए । मुस्ताङमा हाईअल्टिच्युड लाग्दा यहाँको अस्पतालले अक्सिजन निफिडिफिन औषधि मात्रै उपलब्ध गराउन सक्ने मेडिकल अधिकृत नेपालीले स्पष्ट पारे ।
दीर्घ रोगको औषधि सेवन गरेका तथा ज्येष्ठ नागरिकलाई बेसीबाट मुस्ताङ आउँदा अल्टिच्युड मेन्टन गर्दै ल्याउनु पर्ने हुन्छ ।यसप्रकारको स्वास्थ्य समस्या भएकाहरुलाई स्वास्थ्य परामर्श लिएर मुस्ताङ ल्याउँदा उपयुक्त हुँने मेडिकल अधिकृत नेपालीको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली