जोमसोम— मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीमा नेपाली सेनाद्वारा निर्माण गरिएको चेन्जिङ रुमसहितको ‘श्राद्धस्थल ट्रस्टघर‘ बुधबार हस्तान्तरण गरिएको छ ।
पश्चिम पृथना हेडक्वाटरका पृतनापति उपरथि मधुकरसिंह कार्कीले कागबेनीमा निर्मित चेन्जिङ रुमसहितको श्राद्धस्थल ट्रस्टघर वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समितिलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो ।
वारागुङ मुक्तिक्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्वलाई दृष्ट्रिगत गरी कागबेनीमा आउने भक्तजन,तिर्थयात्री र स्वदेशी तथा विदेशी पर्यटकहरुको लक्षित गरी नेपाली सेनाले शीघ्रप्रभावी योजना अन्तर्गत मुस्ताङको कागबेनी श्राद्धस्थलमा आवश्यक सेवासुविधा उपलब्ध गराउने उद्देश्यले कागबेनी श्राद्धस्थल ट्रस्टघर निर्माण गरिएको नारायण दल गण जोमसोमका प्रमुख सेनानी लेखनाथ कटुवालले जानकारी दिनुभयो । स्थानीय तह , कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समिति र स्थानीबासीको समन्वय र सहकार्यमा उक्त कागबेनी श्राद्धस्थल ट्रस्टघर निर्माण भएको प्रमुख सेनानी कटुवालको भनाई छ ।
नेपाली सेनाबाट विभिन्न नागरिक सैनिक सञ्चालनका लागि पश्मिम पृतना हेडक्वाटरबाट बजेट विनियोजन भई श्राद्धस्थल ट्रस्टघर निर्माण गरिएको प्रमुख सेनानी कटुवालले बताउँनुभयो ।
यस्तै नारायण दल गण जोमसोमबाट ४९ दिनसम्म र्दनिक १५ जना जनशक्ति परिचालन गरी चेन्जिङ रुमसहितको श्राद्धस्थल ट्रस्टघर निर्माण भएको हो । योसंगै मुस्ताङको कागबेनी धाममा दिवंगत पितृको नाममा श्राद्ध,तपर्ण र पिढदान गर्न आउने श्रद्धालु भक्तजन तिर्थ यात्रीहरुलाई निकै सहज हुने विश्वाश गरिएको छ ।
सेनाद्वारा मुस्ताङको कागबेनीमा दुई वटा चेन्जिङ रुमसहित जस्तापाता र ट्रस्टबाट श्राद्धस्थल ट्रस्टघर निर्माण भएको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता