साईकल चढेर धार्मिक स्थल चाहार्दै भारतीय स्वामी मुस्ताङमा

सेता लामा÷लामा कपाल र दाह्री । ,अग्लो कदको उचाई । तल सेतो कछाड, खुट्टामा चप्पल । शरिरमा सानो झोला भिरेको र साथमा पुरानो साईकल । यस्तै परिदृष्यका एक भारतीय स्वामी मुस्ताङको जोमसोम स्थित पर्यटक प्रहरीको चेकपोष्टमा मंगलबार बिहान टुप्लुक्क भेटिए ।

साईकलको अगाडी पहिलो झन्डा र पछाडी नेपाल र भारतको झन्डासहित भेटिए उनै भारतीय स्वामी रसिक भोला । भोला पर्यटक प्रहरीको चेकपाष्ेटमा रोकिए । त्यहाँ उनले आफ्नो यात्रा बारेमा त्यहा डिउँटीमा खटिएका प्रहरीलाई जानकारी गराउँदै थिए ।  त्यस क्रममा उनले आफ्नो नेपालमा साईकल यात्राको बिषयमा प्रहरीलाई बिस्तृत जानकारी गराउँदै थिए ।

 भारतको गुजरात स्थित राजकोट जिल्लाबाट नेपालको धार्मिक तिर्थस्थलहरुको अवलोकन गर्ने उद्देश्य लिएर साईकल यात्राको माध्यमबाट मुस्ताङको जोमसोम आईपुगे भारतीय स्वामी रसिक भोला । उनी लगातार २२ दिनको यात्रा गर्दै मुस्ताङको जोमसोम आईपुगेका थिए । मुक्तिनाथमा ५ दिन जती बसेर धार्मिक पुजापाठ र दर्शन गर्ने गरी सुनौली बोर्डरबाट नेपाल प्रवेश गरेका थिए ।

साईकल यात्रा गर्दै धार्मिक स्थलहरुको अवलोकन गर्ने र नयाँ नयाँ ठाउँहरुबाट केही सिकाउन भन्दा पनि केही सिक्न नेपाल भ्रमणमा साईकल यात्रा गरेको स्वामी रसिद भोला बताउँछन् । सवारी साधन चढेर यात्रा गर्दै नयाँ नयाँ ठाउँमा बसेर केही बुझन् र जान्न पाउन नसकिने भएकाले साईकल यात्राले सबैथोकको वातावरण उपलब्ध भएको स्वामी रसिक भोलाले सुनाए ।

सुनौली बोर्डरबाट नेपाल छिरेका उनी लुम्बिनी,बुटवल,सिद्धबाबा मन्दिर,राम्दी र पोखरा हुँदै २२ दिनको साईकल यात्रा तय गर्दै मुस्ताङको जोमसोम आईपुगे । स्वामी भन्नुहुन्छ,‘ भगवानको कृपाले यहाँसम्म आईपुगेर, शारिरीक शक्ति र खर्च भगवानलेनै पु¥याईदिने गर्नुहुन्छ ।’ नेपालको धार्मिक तिर्थस्थल भ्रमण गर्ने क्रममा साइैकल चढेर आउँदा आफुलाई कुनै सास्ती र झन्झट व्यवहोर्न नपरेको र साईकल चढेर आउँदा सबैको सहयोग प्राप्त भएको भारतीय स्वामी रसिक भोला सुनाउँछन् । नेपालको तिर्थस्थलमा साईकल यात्रा गर्दै आउँदा नेपालीहरुले दिएको सम्मान, साथ र सहयोगले आफुलाई निकैनै उत्साहित तुल्याएको स्वामी रसिक भोलाको भनाई छ ।

 नेपालको धार्मिक तिर्थस्थलको अवलोकन तथा दर्शन गर्न आईपुगेका स्वामी भोलाले नेपालमा थप ३ महिना बिताउने बताउँनुभयो । मुक्तिनाथको दर्शन र पुजापाठ सकेर पशुपतितर्फ लाग्ने बताउँनुभयो । भारतको ९० प्रतिशत क्षेत्रमा साईकल यात्रा गर्दै धार्मिक स्थलको दर्शन पुरा गरिसकेका स्वामी रसिक भोलाले भारतको उत्तराखण्डदेखि कल्याणकुमारी, रामेश्वर,नगन्नाथपुरी, द्धारिकापुरी लगायतको चारधामको यात्रा साईकलबाटै तय गरिसकेको बताउँनुभयो । नेपालको साईकल यात्रापछि र्फिर्कएर  भारतको मेघालय, र सिक्क्मि लगायतको पर्वतीय क्षेत्रमा साईकल यात्रा गर्ने योजना रहेको स्वामी रसिक भोला बताउँनुहुन्छ । त्यसो त स्वामी रसिक भोलाले चीनको स्वशासित क्षेत्र तिब्बत स्थित मानकैलाशको समेत पैदल यात्रा गरिसकेको जानकारी दिनुभयो । स्वामी रसिक यसअघि सन् २०१४ मा पनि पैदल यात्रा गर्दै मुक्तिनाथ आईपुगेका थिए । उनी कुन बाटोबाट मुक्तिनाथ आएको भन्ने उनीले अहिले पत्तो पाउन सकेनन् ।

 सानै उमेरदेखि साईकल चढ्दै आईरहेका स्वामी साईकल यात्रा गर्दा आफुलाई कुनै दुःख नभएको बताउँनुभयो ।सन् २०१७ देखि निरन्तर साईकल चढेर धार्मिक स्थलमा भ्रमण गर्ने गरेका स्वामी भोला नेपालबाट फर्किएर भारतमा बाँकी रहेका स्थानहरु साईकलबाटै पुरा गर्ने उल्लेख गर्नुभयो । ‘मैलै भारतको १९ वटा प्रान्तको साईकल चढेर यात्रा पुरा गरिसकेको छु । यहाँबाट फर्किपछि पूनः भारतमा बाँकी रहेको ठाउमा भ्रमण गर्नेृछु ।’ स्वामी रसिदले नेपाल भ्रमण गर्ने क्रममा सबै स्थानका धर्मशाला ,कुटी,पाटीपौवा आदीमा खाने र बस्ने सुविधा आफुलाई सहजै उपलब्ध भएको बताउँनुभयो ।




प्रतिक्रिया