यही २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङका ४० मतदान केन्द्रमा कुल २१६ जना कर्मचारी कायम भएको छ ।निर्वाचन आयोगको निर्वाचन जनशक्ति सम्वन्धि पछिल्लो निर्णय अनुसार मुस्ताङमा उक्त संख्या कायम भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
आयोगको पछिल्लो निर्णय अनुसार ३०० भन्दा बढी मतदाता रहेको मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित ६ जना कर्मचारी जनशक्ति व्यवस्थापन गर्ने निर्णय भएको छ । यसैगरी तीन सय भन्दा कम मतदाता रहेको मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित ५ जना कर्मचारी खटाईने आयोगले निर्णय गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत दिपेन्द्र पौडेलले जानकारी दिनुभयो । यसैगरी मुस्ताङ कारागार शाखाको एक अस्थायी मतदान केन्द्रमा ३ जना कर्मचारी खटाईने सहायक निर्वाचन अधिकृत पौडेलले बताउँनुभयो ।
यसअघि आयोगको निर्णय अनुसार मुस्ताङका ३९ मतदान केन्द्रमा २४० जना कर्मचारी खटाईने जनाईएको थियो । आयोगको पछिल्लो निर्णय अनुसार तीन यस भन्दा बढी रहेको मतदान केन्द्रमा ६ जना र तीन सय भन्दा कम मतदाता रहेको मतदान केन्द्रहरुमा ५ जना कर्मचारी व्यवस्थापन गरिने जनाईएको हो । मुख्य निर्वाचन कार्यालय सहायक निर्वाचन अधिकृत पौडेलका अनुसार तीन सय भन्दा कम मतदाता रहेको मतदान केन्द्रहरुमा एक÷एक जना सहायक कर्मचारी घटाएर दुई÷दुई जना राख्ने गरी व्यवस्थापन गरिएको बताउँनुभयो ।
आयोगको मतदान केन्द्र कर्मचारी खटनपटन निर्णय अनुसार तीन सय भन्दा बढी मतदाता रहेका १८ मतदान केन्द्रहरुमा १०८ जना कर्मचारी खटाईदै छ । यसैगरी यहाँको तीन सय भन्दा कम मतदाता रहेको २१ मतदान केन्द्रहरु १०५ जना कर्मचारी खटाईने भएको हो । यसैगरी जिल्लाको एक मात्र अस्थायी मतदान केन्द्र कारागारा शाखामा एक जना मतदान अधिकृत,एक जना सहायक मतदान अधिकृत र एक जना सहयोगी कर्मचारी खटाईने मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।
कार्यालय अनुसार तीन सय भन्द बढी मतदाता रहेको मतदान केन्द्रमा मतदान अधिकृत,सहायक मतदान अधिकृत सहायक कर्मचारी ३ जना र एक जना सहयोगी कर्मचारी रहने छ । यसैगरी तीन भन्दा कम मतदाता रहेको मतदान केन्द्रमा एक जना सहयोगी कर्मचारीको संख्या घटाईएको हो ।
यसैगरी २१ फागुनमा हुने मतदान केन्द्रमा खटिने स्वंयसेविकको नियुक्ति सम्वन्धित मतदान अधिकृतले गर्ने जनाईएको छ । जसअनुसार यहाँका सबै मतदान केन्द्रहरुमा कुल ८६ जना स्वंयसेवक खटाईने भएको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली