जोमसोम—घरपझोङ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा कार्यान्वयनमा आएको छ । सोही कार्यक्रमको बजेटले घरपझोङले पर्यटकीय पदमार्ग सुधार तथा सिचाई कुलो स्तरोन्नतिलाई प्राथमिकतामा राख्दै बेरोजगारीलाई काममा खटाएको छ ।
हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाले विश्वकै अग्लो उचाईको तिलिचो ताल जाने पदमार्ग र निलगिरी आईसफल पदमार्ग सडकको स्तरोन्नति सुरु गरेको छ । यी दुबै सडक पर्यटकीय पदमार्ग हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रम २०८०÷०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत घरपझोङ गाउँपालिकामा तिलिचो ताल पदमार्ग सडक र निलगिरी आईसफल जाने पदमार्ग सडक मर्मत ÷सुधार एवं स्तरोन्नति सुरु गरिएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चालु आर्थिक वर्ष घरपझोङ गाउँपालिकालाई ५० लाख ७ हजार बजेट विनियोजन भएको घरपझोङ गाउँपालिकाकी रोजगार संयोजक शर्मिला श्रीसले जानकारी दिईन् । उनका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गराउन संघीय सरकारबाट २१ लाख ४९ हजार र बैदेशिक ऋण सहायता २८ लाख ५८ हजार बजेट विनियोजन भएको हो । घरपझोङ गाउँपालिका ४ र ५ नं. वडामा तिलिचो र निलगिरि आईसफल पदमार्ग सुधारका लागि २८ जना बेरोजगार स्थानीय जनशक्ति परिचालन गरिएको छ । गाउँपालिकाको अन्य वडाहरुमा सिचाई कुलो निर्माण तथा स्तरोन्नतिका साथै अन्य कार्यमा ३७ जना बेरोजगार स्थानीय जनशक्तिलाई परिचालन गरिएको घरपझोङकी रोजगार संयोजक श्रीसले उल्लेख गरिन् ।
घरपझोङ गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ६५ जनालाई दैनिक ज्याला ७६० रुपैया दिने सम्झौता गरी सय दिनका लागि काममा खटाएको रोजगार संयोजक श्रीसको भनाई छ ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका लागि घरपझोङका १,२ र ३ नंम्बर वडाहरुमा १२÷१३ जनाका हिसाबले काममा खटाइएको हो भने वडा ४ र ५ मा रहेका २८ जना बेरोजगार यूवाहरुलाई पदमार्ग मर्मत तथा सुधारमा लगाइएको रोजगार संयोजक श्रीसले जनाईन् ।
घरपझोङ गाउँपालिकाको रोजगार शाखाले तिलिचो पदमार्ग र निलगिरि आईसफल पदमार्ग मर्मत÷सुधार एवं स्तरोन्नतिका लागि २५ किलोमिटरको दुरी तय गरेको छ । घरपझोङ—५ ठिनी हुँदै नमुखलेंकसम्म जाने पदमार्ग सडक अन्तर्गत चालु वर्षको रोजगार कार्यक्रमको बजेटले नमखुलेंक तलको झोर खोलादेखि नमखु खर्कसम्म र नमखुलेंक खर्कको पदमार्ग सडकदेखि निलगिरि आईसफल हुँदै शैनिक उच्चशिखर शिक्षालय कैसाङ माथिको छमा ताल पहुँच मार्गको सोचिलेंकसम्मको पदमार्ग सडकको मर्मत तथा सुधार एवं स्तरोन्नति गरिने रोजगार संयोजक श्रीसले बताईन् ।
नमखुलेंक तलको झोर खोला देखि नमखुलेंक सम्मको पदमार्ग सडक तिलिचो तालको पर्यटकीय पदमार्ग होे । मुस्ताङ हुँदै तिलिचो पदमार्ग पुग्न २ दिनको पैदलयात्रा गर्नुपर्ने हुन्छ । मनाङ हुँदै तिलिचो पुग्ने कतिपय आन्तरिक तथा बाह्य पर्यटकहरु मेसोकोन्दो पासबाट झरेर नमखुलेंक हुँदै ठिनी आईपुग्ने गर्छन । तिलिचो पदमार्ग मर्मत तथा सुधारले तिलिचो जाने पदयात्रीलाई निकै ठुलो सहयोग पुग्ने रोजगार संयोजक श्रीसको भनाई छ । तिलिचो पर्यटकीय पदमार्गमा बिश्राम स्थल र साईन पोष्टिङ समेत राखिने उनले सुनाईन् ।
यसैगरी नमखुलेंकको डाँडामा पुगेका पर्यटकहरु निलिगिरि आईसफल र छमा ताल अवलोकन गर्न सोचिसम्मको पदमार्ग ममत÷सुधार एवं स्तरोन्नतिले टेवा पू¥याउने रोजागार संयोजक श्रीसले उल्लेख गरिन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु वर्षको कार्यक्रम चैत्र महिनाको पहिलो हप्तादेखी सुरु गरिएको हो । तिलिचो ताल पदर्मार्ग र निलिगिरि पदमार्ग सुधारको २५ किमी दुरी मध्ये हालसम्म ५ किलोमिटर दुरीमा पदमार्ग मर्मत तथा सुधार सम्पन्न भएको हो ।
गाउँघरका बेरोजगार यूवा जनशक्तिलाई सामाजिक कार्यमा परिचालन गरी भौतिक विकासमा लगाउने सरकारको उद्देश्य रहेको रोजगार संयोजक श्रीसको भनाई छ ।‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम निकै लोकप्रिय कार्यक्रम हो, यसले बेरोजगार युवाहरुलाई श्रम गर्ने क्षमताको विकास गराउँदछ,’रोजगार संयोजक श्रीसले भनीन्,‘ आफ्ना गाउँठाउँको विकासमा अपनत्व सृजना हुन्छ, उनीहरुले गरेको कामबाट दिगो विकासको लक्ष्य हासिल गर्न सकिन्छ ।’
कृषि र पशुपालनले प्रचूर संम्भावना भएको मुस्ताङमा कृषि क्षेत्रलाई आत्मनिर्भर र उत्पादनमुखी बनाउन घरपझोङ गाउँपालिकाको प्रधानमन्त्री रोजगार शाखाले सिचाई कुलो मर्मत ÷संम्भारलाई पनि उच्च प्राथमिकतामा राखेको काम गरेको जनाईएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता