मुक्तिनाथमा भक्तजनको निगरानी गर्न सिसी टिभि जोडियो

मुस्ताङ, २६, जेठ । 

हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा धार्मिक तिर्थस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथ मन्दिरमा सिसी टिभि जडान गरिएको छ । मुक्तिनाथ विकास समितिले त्यहाँ १८ वटा अत्याधुनिक सिसी टिभि जडान गरेको हो ।

मुक्तिनाथ मन्दिर तथा मन्दिर आसपासका क्षेत्र र मन्दिर जाने सिंढीबाटो लगायतमा मुक्तिनाथ दर्शन गर्न जाने भक्तजनहरुको गतिविधि नियाल्न सिसी टिभि जडान गर्नु परेको मुक्तिनाथ विकास समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । ‘मुक्तिनाथमा बर्सेनि लाखौंको सख्यामा तिर्थालुहरु दर्शन गर्न आउनुहुन्छ, यसले मन्दिर क्षेत्रमा सुरक्षा लगायतको व्यवस्थापनमा चुनौती बनेको छ’, प्रमुख जिल्ला अधिकारी भुसालले भन्नुभयो ,‘ सिसी टिभिको निगरानीले मन्दिर क्षेत्रमा हुने अवान्छित गतिविधि नियन्त्रण, जथाँभावी फोहोर मिल्काउने संस्कृति, दर्शनकार्यमा भीड व्यवस्थापन र लेंक लाग्दा विपद् उद्दारकार्यमा सहयोग पु¥याउँछ ,यसैले सिसी टिभिको सहायताले यी सबैथोकलाई नियन्त्रणमा राख्न मद्यत पु¥याउनेछ ।’

 मुक्तिनाथ विकास समिति कोषको रकम खर्चिने गरी मुक्तिनाथक्षेत्रमा दर्शनार्थीहरुको सुरक्षा सावधानीका लागि ९ लाख ९६ हजार लागतमा सिसी टिभि जडान गर्ने कार्यसम्पन्न भएको समितिका कोषाध्यक्ष एवं वारागुङ मुक्तिक्षेत्र—१ का वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो । मन्दिर क्षेत्रमा सिसी टिभि जडानले चोरी हुने,विपद् उद्दार लगायतको सहयोग पुग्ने समिति कोषाध्यक्ष गुरुङको भनाई छ । मुक्तिनाथमा सिसी टिभि जडान गरिएकाले त्यहाँ दर्शन गर्न जाने भक्तजन आफै सचेत रहने समिति कोषाध्यक्ष गुरुङले उल्लेख गर्नुभयो ।

 मुक्तिनाथ मन्दिरको तल्लो गेटदेखि उपल्लो गेटको सिंढी बाटो हुँदै मन्दिर परिसर, १०८ धारा ,स्नानकुण्ड, भिआईपी कक्ष, चेन्जिङ रुम, बुद्ध पार्क र ज्वालामाई गुम्बासम्म १८ वटा सिसी टिभि जडान भएको  सन् टेक्नोलोजी काठमान्डौंका प्रोपाईटर नारायण भट्टले जानकारी दिनुभयो । सिसी टिभि क्षमता ३२ वटासम्म पु¥याउन सकिने गरी व्यवस्थापन भएको प्रोपाईट भट्टको भनाई छ । ‘तत्कालका लागि १८ वटा मात्रै क्यामेरा जडान गरिएको छ, पछि थप गरी ३२ वटासम्म पु¥याउन सकिने छ’, प्रोपाईटर भट्टले थप्नुभयो,‘ अहिले करिव १२ दिनसम्मको फुटेज हेर्न मिल्ने गरी जडान गरेका छौं, यो पनि आवश्यकता अनुसार सेटिङ गरी मिलाउन सकिनेछ ।’

 मुक्तिनाथमा जडान गरिएको सौर्यउर्जा सोलार तथा विद्युतबाट चलाउन मिल्ने गरी  वल्र्ड भ्यू (युएनडी) कम्पनीको सिसी टिभि जडान गरिएको प्रोपाईट भट्टले बताउँनुभयो । दिनमा भन्दा राँतका समय अझै थप व्यवस्थित तरिकाले दृष्य कैंद गर्नसक्ने क्षमताको सिसी टिभि जडान भएको भट्टको भनाई छ ।

 मन्दिरमा जडान गरिएको सिसी टिभिले पाँच एमबी फुल कलरका साथै अडियो क्यारी गर्न सक्ने सन टेक्नोलोजीले जनाएको छ । सिसी टिभिका लागि एक हजार मिटर फाईबर,एक हजार मिटर पावर केवल , एक सय ५० एम्पियरको २ वटा ब्याट्रीको व्यवस्था गरिएको छ ।

 यसैगरी एक सय ५० वार्डको २ वटा सोलार प्यानल र ४ हजार जिबी क्षमताको हार्ड डिस्क राखिएको सन टेक्नोलोजी कम्पनीले बताएको छ । कम्पनीले एक हप्ता खर्चिएर मुक्तिनाथमा अत्याधुनिक सिसी टिभि जडानकार्य सम्पन्न गरेको हो ।———


प्रतिक्रिया