उत्तरी दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत जोमसोम—कोरलानाका जोड्ने मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—२ घमी खोलामा निर्माणधीन पक्की मोटरेबल संञ्चालनमा आएको छ । योर्सगै पर्वतको मालढुंगादेखि मुस्ताङको कोरलानाकासम्मको २०२ किलोमिटर दुरीमा १५ वटा पक्की पुल निर्माणको काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।
विस २०७५ साल पुस ९ गते ठेक्का सम्झौता भएको कोरलानाका जोड्ने निर्माणधीन घमी खोला पक्की मोटरेबल पुल हालै सम्पन्न भएको बेनी—जोमसोम—कोरला सडकका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो । कोरना कहर, प्रतिकुल मौसम,हिमपात र निर्माण कम्पनीको चरम ढिलासूस्तीका कारण निर्माण सम्पन्न हुन नसकेको घमी खोला पुल निर्माण कम्पनीलाई पटक पटकको ताकेता,कारवाही र स्थानीय जनप्रतिनिधिहरुको साथ सहयोगमा ढिलै भएपनि पुल निर्माणको कामलाई सम्पन्न गरिएको आयोजना प्रमुख शर्माले उल्लेख गर्नुभयो ।
निर्माण कम्पनीले पुल निर्माणकार्यमा वेवास्ता र ढिलासुस्ती गरेको र उक्त पुल निर्माण गर्ने कम्पनीलाई सार्वजनिक खरिद ऐन नियमावली अनुसार ६ महिनाको समय अवधि तोकेर (०.०५) प्रतिशत दैनिक हर्जाना जरिवाना समेत तोकिएको थियो । पटक पटक म्याद थप हुँदै आईरहेको घमी खोला पुलका लागि सार्वजनिक खरिन ऐन १५ संशोधन आएपछि पुल निर्माणको काम सहज भएको हो ।
सम्झौता मुताविक विस २०७८ साल पुस ९ गते अगावै सम्पन्न हुन पर्ने घमी खोला पुलको पटक पटक म्याद थप हुँदै आईरहेको थियो । आयोजना र लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टको सक्रियतामा सम्झौता अवधि कटेको पाँच वर्षपछि निर्माणधीन घमी खोला पुल सम्पन्न भएको आयोजनाको भनाई छ ।
बहुचर्चित मुस्ताङको कोरलानाका जोड्ने निर्माणधीन ४० मिटर लामो घमी खोला पुलको ठेक्का सम्झौता लागत ६ करोड ८० लाख रहेको थियो । एक स्पानको घमी खोला पुलको दायाँ बाँया पिल्लर फाउन्डेसन,स्लाप ढलान र घमी खोलामा पुल जोगाउन प्रोटेक्सन र एप्रोज सडक निर्माण लगायतका पुल फिनिसिङ कामहरु सम्पन्न भई कोरलानाका आवत÷जावतका लागि दोहोरो आवागमन निकै सहज भएको जनाईएको् छ ।
यसअघि बर्खायामको मौसममा घमी खोलाको वाहव उच्च हुँदा कोरलानाका र उपल्लो मुस्ताङ आउजाउ गर्ने सवारी साधन तथा मालवाहक कन्टेनरहरुलाई असहज भएको थियो । चीनबाट कोरलानाका हुँदै पैठारी गरिएका ल्याईएका ढुवानीका मालबाहक कन्टेनरहरु घमी खोला पुल नहुँदा हप्तौसम्म रोकिनु पर्ने अवस्था रहेको थियो ।
गतवर्षमा घमी खोलामा मालवाहक कन्टेनरहरुको आवागमन सहज बनाउँन ब्यापारी र गाउँपालिकाको सहयोगमा डाईभर्सन सडक निर्माण गरी यातायात सूचारु गरिएको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिनुभयो । ढिलै भएपनि निर्माण कम्पनीले घमी खोलामा पुलको काम सम्पन्न गरेकाले बाह्रै महिना सडक आवागमन सहज भईसकेको अध्यक्ष बिष्टको भनाई छ ।
घमी खोलामा पुल निर्माण सम्पन्न भएसंगै गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले निर्माण कम्पनी हिमढुङ ठोक्कर एण्ड ईमोटल जेमी कन्ट्रक्सनका प्रतिनिधिहरुलाई खाँदा लगाएर सम्मान गरेका थिए भने पुलको समेत उद्घाटन गरिएको थियो ।
बेनी—जोमसोम—कोरला सडक आयोजनाले गतवर्ष मुस्ताङको कैकु,सेतु खोला र लार्जुङ खोला गरी तीन वटा पक्की पुल निर्माण सम्पन्न गरेको थियो । चालु वर्ष पनि कोरलानाका सडकलाई थप सहज बनाउन मुस्ताङको घट्े खोला पुल,थापा खोला पुल गरी तीन पुल निर्माण गर्न नयाँ ठेक्का आह्वान गरिसकेको छ । यसैगरी मुस्ताङको छुसाङदेखि घमीसम्म कालोपत्र गर्ने गरी सडक स्तरोन्नति गर्न दुई अर्ब बढीको नयाँ ठेक्का खुलाईसकेको जनाईएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली