हिउँदयामको अत्यधिक चिसो बढेसंगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित बन्दै गएको छ ।दिउँसो घाम लाग्दाको पारिलो समय केही न्यानो महशुस गरिएतापनि बिहान र बेलुकीको समय चिसोले स्थानीयबासी तथा सुरक्षा निकाय र कर्मचारीहरुको दैनिक जनजिवन कष्ठकर बन्दै जान थालेको बताईएको छ ।
माथिल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण बिहान र बेलुकीको तापक्रा माईनस १५ डिग्री सम्म पुग्ने गरेको लोमान्थाङ—२ छोसेका वडाध्यक्ष कर्मा नाम्गेल गुरुङले जानकारी दिनुभयो । वडाध्यक्ष गुरुङका अनुसार अत्यधिक चिसोका कारण सिचाई कुलो, घरघरका धाराको पानी , शौचालयको सेफ्टी ट्याङकी र शाखा नदीहरु समेत बरम बनेर जम्ने गरेको बताउँनुभयो ।
‘बिहान र बेलुकी यहाँ अत्यधिक चिसो हुन्छ,तापक्रम माईनस १५ डिग्री भन्दा बेसी हुन्छ,’वडाध्यक्ष गुरुङले भन्नुभयो,धारामा बरम बनेर पानी झर्न बन्द भयो, दिउँसो घाम लाग्दा कुलोको पानी तताएर खानुपर्ने अवस्था छ ।’ घाम नलागेको अवस्थामा सिचाई कुलोको पानी ग्याँस वा आगोमा तताएर खानु पर्ने बाध्यता रहेको वडाध्यक्ष गुरुङले सुनाउँनुभयो । वडाध्यक्ष गुरुङले छोसेरमा खानेपानीका तीन वटा ट्याङकी एक साथ चालु राखिने भएपनि चिसोका कारण खानेपानीमा समस्या आएकाले आलोपालो संञ्चालन गर्न थालिएका बताउँनुभयो ।
यसपालि हिउँदयामको चिसो सुरु भएसंगै कार्तिक अगावै माथिल्लो मुस्ताङका अधिकाँश नागरिक बेसी झरेका वडाध्यक्ष गुरुङले उल्लेख गर्नुभयो । गतवर्ष नाका पूर्ण रुपमा संञ्चालन नहुँदा यतिबेला सम्म गाउँका शतप्रतिशत नागरिक बेसी झर्ने गरेकामा यसपालि नाकाको ब्यापारले करिव तीन सय बढी नागरिक यथास्थानमा बसेका वडाध्यक्ष गुरुङको भनाई छ ।
यसैगरी माथिल्लो मुस्ताङको लामान्थाङमा पनि चिसोले नागरिकहरु धमाधम बेसी झर्न थालेका स्थानीय पर्यटन व्वयसायी राम गुरुङले जानकारी दिए ।लोमान्थाङमा पर्यटक लक्षित करिव दुई दर्जन बढी होटलहरु संञ्चालनमा रहेकोमा दुई तिहाई बढीले होटल बन्द गरी बेसी झरिसकेको पर्यटन व्यवसायी गुरुङको भनाई छ । लोमान्थाङमा एक हप्ता भित्र संञ्चालनमा रहेका ५/७ वटा होटलहरु पनि चिसोका कारण बन्द हुने बताउँनुभयो ।‘माथिल्लो मुस्ताङमा फ्याट्ट फुट्ट पर्यटकहरु आईरहेका छन, तर चिसोले जाडो छल्न स्थानीय बेसी झरिसके र झर्ने क्रममा छन,पर्यटन व्यवसायी गुरुङले भन्नुभयो, स्थानीयबासी र पर्यटन व्यवसायीहरु दुई महिनाका लागि धमाधम होटल बन्द गरेर बेसी झर्दैछन्,यहाँको जनजिवन पनि निकै कष्ठकर भईरहेको छ ।’
माथिल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण सिचाई कुलो जमेर घाम लाग्दा सिचाईको पानी बाहिर बग्ने भएको र यसले विपद् निम्त्याउन सक्ने भएकाले सिचाईको पानीको मुहानहरु बन्द गरिएको लोमान्थाङका वडाध्यक्ष ढुक्के बिष्टले जानकारी दिनुभयो । माथिल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण विकास निर्माण लगायतका कामहरु पुरै रोकिएको वडाध्यक्ष बिष्टको भनाई छ ।
माथिल्लो मुस्ताङमा अत्यधिक चिसो बढेपनि माथिल्लो मुस्ताङका प्रहरी एकाई बेसीमा मर्ज नहुने जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । कोरलानाका संञ्चालनमा रहेका र भन्सार कार्यालय समेत सुचारु रहेकाले सुरक्षा निकायले यथास्थान छोडेर जिल्ला मर्ज गर्न योजना नरहेको प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार लोमान्थाङ गाउँपालिका अन्तर्गतका लोमान्थाङ,छोसेर र छोनुप र लोघेकर दामोदरकुण्ड गाउँपालिका अन्तर्गत चराङ,घमी र सुर्खाङका प्रहरी एकाईहरु हिउँदयाम समेत सोही स्थानमा रहेर सुरक्षा प्रदान गर्ने प्रहरी निरीक्षक बस्यालले बताउँनुभयो ।’
भारी हिमपात र कुनै त्यस्तो विषम अवस्था आए मात्रै हामीले त्यहाँका एकाईलाई तल झार्छौ,चिसोकै कारण भनेर त्यहाँका प्रहरी एकाईलाई तल झार्ने कुनै योजना छैन,’—प्रहरी निरीक्षक बस्यालले भने ।’
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली