मुस्ताङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला मुस्ताङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यहाँको घरपझोङ गाउँपालिका—४ जोमसोम स्थित मुस्ताङ जिल्ला अदालतको हर्ट रुम कक्षमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

 जिल्ला अदालतका न्यायधिस एवं मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको ब्यानर वाचन गरी उद्घाटन गर्नुभएको थियो । कार्यालय स्थापनाका लागि प्रमुख जिल्ला अधिकारी अजिता शर्मासहित जिल्ला स्थित चार वटै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि,घरपझोङ गाउँपालिका र स्थानीय पत्रकारहरुको उपस्थिती रहेको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले लोकतन्त्रलाई सुदृढ बनाउन निर्वाचन अपरिहार्य रहेको उल्लेख गर्नुभयो । ‘निर्वाचनलाई सबै मिलेर सफलतापूर्वक सम्पन्न गर्नुपर्ने प्रजिअ शर्माको भनाई छ । प्रजिअ शर्माले एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको मुस्ताङमा घोषित निर्वाचनलाई शान्तिपूर्वक ढंगले सम्पन्न गर्न सुरक्षा व्यवस्था प्रभावकारी बनाईने प्रतिवद्धता जनाउँनुभयो ।


मुख्य निर्वाचन अधिकृत बिद्याराज पौडेलले कार्यालय स्थापनासंगै फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कामहरु आजैदेखि सुरु हुने जानकारी दिनुभयो ।

मुस्ताङका पाँच स्थानीय तहमा कुल एघार हजार ३२८ जना मतदाता रहेका छन् । यहाँ कुल ३९ वटा मतदान केन्द्र तथा मतदान स्थल रहेको र सबै केन्द्रहरुमा सडकको पहुँच जोडिएको जिल्ला निर्वाचन कार्यालय जनाएको छ ।

प्रतिक्रिया