रासस
मुस्ताङको घरपझोङ—२ मार्फा राज खोला स्थित सार्वजनिक जग्गामा स्याउका बिरुवा रोप्न खाल्डो खन्दै गर्दा स्थानीय प्रशासनले रोक लगाएको छ । मार्फा स्थित राजखोलाको साविकको धार साँघुरो पारेर सरकारी सार्वजनिक जग्गामा उच्च घनत्वको स्याउ विरुवा रोप्न ठिक्क पार्दै गर्दा गर्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले मंगलबार बिहान रोक लगाईएको हो ।
मार्फा स्थित राजखोलामा खोला अतिक्रमण गरी स्याउ खेती सुरु गर्न थालिएको समाचार स्थानीय सञ्चार माध्यमबाट प्रशारण भएको र केही व्यक्तिबाट गोप्य उजुरी परेकाले त्यहाँको मार्फा खोला नजिकको सार्वजनिक जग्गामा खाल्डो खनी स्याउका विरुवा रोपण गर्ने तयारी भईरहँदा रोक लगाईएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।‘सार्वजनिक जग्गामा स्याउ खेती गर्न विरुवा रोपण भईरहेको भन्दै स्थानीय प्रशासनलाई चूनौती दिएर समाचार आएको र हामीलाई सार्वजनिक जग्गा अतिक्रमण गरी स्याउ लगाउन सुरु गरिएको भन्ने खबर प्राप्त भयो,’ प्रअिज भुसालले भन्नुभयो,‘ त्यसपछि यहाँबाट प्रहरी र प्रशासनको टोली गएर स्याउ बिरुवा लगाउन रोक लगाएका हौं ।’
मुस्ताङका प्रजिअ भुसालले त्यहाँको सार्वजनिक जग्गामा स्याउ बिरुवा रोपण गर्ने व्यक्ति र संस्थाहरुलाई त्यहाँको जग्गा सम्वन्धि आवश्यक कागजात लिएर आउन समेत आग्रह गरिएको बताउँनुभयो । मुस्ताङको राजखोला बगरलाई अतिक्रमण गरी गह्रा सुधार र पर्खालले घेरेर स्याउ बगैचा विस्तारको तयारी चलेको थियो ।
पछिल्लो समय उच्चघनत्व प्रविधिमा आधारित (हाईब्रिड) स्याउ खेतीतर्फ यहाँको किसानको आर्कषण बढेको छ । विरुवा रोपण गरेको दोस्रो वर्षमै फलदिने भएकाले यहाँ हाईब्रिड खेती गर्ने प्रचलन बढेको हो । यसैका खातिर मुस्ताङका गाउँ गाउँमा आफुखुसी गाउँले मिलेर सार्वजनिक जग्गा अतिक्रमण गरी स्याउ खेती गर्ने होटबाजीनै चलेको छ ।
video by bhim rasaili - link
https://www.facebook.com/bhim.rasaili.9/videos/2116051768884421
मुस्ताङको घरपझोङ—२ मार्फा स्थित राजखोलामा पछिल्लो पाँच वर्षमा राजखोलाको धार खुम्च्याएर सयौं रोपनी जग्गामा हाईब्रिड स्याउ खेती गरिएको छ । पछिल्लो पटक मार्फा स्थित राजखोला पक्की पुलको छेउछाउमा ठुलो क्षेत्रफलमा सार्वजनिक जग्गा अतिक्रमण भईरहेको मुस्ताङ प्रशासनमा उजुरी परेको हो ।
त्यसो त मुस्ताङको मार्फा मात्रै हाईन ,जिल्लाका पाँच वटै स्थानीय तहमा सार्वजनिक जग्गा अतिक्रमण भईरहेको पाईएको छ । यहाँको कुल क्षेत्रफलको दुई प्रतिशत जमिन मात्रै नापी भएकाले यहाँका सार्वजनिक जग्गा प्रयोगविहिन छन् । गाउँ गाउँमा स्थानीय गाउँ समुदायले सामुहिक तथा व्यक्तिगत रुपमा सार्वजनिक जग्गा दोहन गरी स्याउ खेती गर्ने र सार्वजनिक जग्गामा घरटहरा निर्माण गर्ने क्रम पनि चलिरहेको छ ।
स्थानीय तह संञ्चालन ऐन २०७४ को कार्यविधि मापदण्ड अनुसार यहाँको सरकारी सार्वजनिक जग्गा संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहको स्पष्ट तोकिएपनि यहाँका जनप्रतिनिधिहरु सार्वजनिक जग्गा अतिक्रमका बिषयमा मौन छ ।
यहाँ सार्वजनिक जग्गा अतिक्रमणको बिषय निकै जटिल र पेचिलो बनेको छ । सरकारीले भूमी सम्वन्धि स्पष्ट नीति नियम कार्यान्वयनमा ल्याउन नसकेको, यहाँको सरकारी सार्वजनिक जग्गाको नापनक्सा हुन नसकेको र भूमी आयोगले पनि यहाँको जटिल समस्या सामाधान गर्नेतर्फ अग्रसर नहुँदा अन्य जिल्लामा भन्दा यहाँको सार्वजनिक सरकारी जग्गाको संरक्षण र उपयोगमा चुनौती बनेको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता