जोमसोम—मुस्ताङको घरपझोङ गाउउँपालिका—३ स्याङ गाउँमा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुने भएको छ । ऐतिहाँसिक तथा धार्मिक पर्व ‘खिल्हा’को अवसर पारेर जनकल्याण क्लव स्याङले पर्यटन प्रर्वद्धनका लागि राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।
तीन गाउँले थकाली समुदाय अन्तर्गत मुस्ताङको स्याङ गाउँका समुदायले बर्सेनि खिल्हा पर्व विभिन्न धार्मिक कार्यक्रम गरी मनाउने प्रचलन छ । यसपटक त्यहाँको क्लवले पर्वलाई खेलकुद मेलाको रुपमा जाड्ने प्रयास गरेको छ । सदरमुकाम जोमसोम नजिकै रहेरपनि पर्यटनका हिसाबले ओझेलमा परेको स्याङ गाउँलाई मेलाद्वारा खेलकुलका माध्यमलाई चिनाउन र गाउँ भित्रको प्राकृतिक तथा ऐतिहाँसिक सम्पदाहरुको प्रचार÷प्रसारका साथै पर्यटन प्रर्वद्धनमा योगदान पू¥याउने उद्देश्यले बृहत रुपमा पर्वका साथसाथै खेलकुद मेला आयोजना गर्ने तयारी भईरहेको बताईएको छ ।
आईतबार जनकल्याण क्लवद्वारा आयोजित पत्रकार सम्मेलनमा क्लवका सदस्य चन्द्र थकालीले यसवर्षको खिल्हा पर्वलाई खेलकुद उत्सवको रुपमा संञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए ।‘ विगतका वर्षहरुमा गाउँमा परम्परागत सांस्कृतिक प्रचलन अनुसार खिल्हा पर्व मनाईने गरिन्थ्यो,क्लव सदस्य थकालीले भने, ‘यसपटक भने खिल्हा पर्वलाई खेलकुद मेलाको रुपमा स्थापित गर्ने योजनाका साथ अघि बढेका छौं ।’
प्रेस मिट भिडियो
प्रथम खिल्हा मेला २०८१ लाई भव्य र सम्भ रुपमा संञ्चालन गर्न स्वदेश तथा विदेशमा बस्ने मुस्ताङीहरुको सहयोग प्राप्त भईरहेको क्लवले उल्लेख गरेको छ । साउन ५ गतेदेखि ९ गतेसम्म संञ्चालन हुने खिल्हा खेलकुद मेलामा अहिलेसम्मकै सर्वाधिक राशीको खुल्ला भलिबल प्रतियोगिता हुने क्लवका सदस्य चन्द्र थकालीले बताए । उनका अनुसार खुल्ला भलिबलतर्फको विजेता टिमले नगद १ लाख ५० हजारसहित शील्ड,मेडल ,ट्रफी र प्रमाणपत्र पाउनेछन् । उपविजेताले नगद ८५ हजारसहित शील्ड,मेडल ,ट्रफी र प्रमाणपत्र पाउने छ । भलिबलको सर्वोउत्कृष्ट खेलाडीलाई नगद १० हजारसहित मेडल ,ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।
स्याङमा हुने खिल्हा मेलामा खुुल्ला आर्चरी प्रतियोगिता, खुल्ला सादा तारा खेल प्रतियोगिता र घरपझोङ गाउँपालिका स्तरीय तारा खेल प्रतियोगिता हुने क्लवले जनाएको छ ।
पहिलोपटक घरपझोङ गाउँपालिकाको स्याङमा साहसिक घोडा दौड प्रतियोगिता तथा घोडा दौड( खादा) टिप्ने प्रतियोगिता हुनेछ । घोडा दौडतर्फको विजेताले नगद ५० हजारसहित मेडल,ट्रफी र प्रमाणपत्र पाउने छ । उपविजेताले नगद ३० हजारसहित मेडल ,ट्रफी र प्रमाणपत्र पाउने छ । घोडा दौड (खादा टिप्ने) प्रतियोगिताको पहिलो हुने व्यक्तिले नगद १५ हजारसहित मेडल ,ट्रफी र प्रमाणपत्र पाउने छ ।
मेलामा ऐतिहाँसिक झाँकी तथा नृत्य,मौलिक कलासंस्कृति र भेषभुषा प्रर्दशन, ख्याती प्राप्त कलाकारहरुद्वारा लोक दोहोरी तथा विविध सांस्कृतिक कार्यक्रम, स्थानीय कृषि उत्पादन र अवलोकन र स्थानीय रैथानेबालीका खानाका परिकार तथा विविधकरण हुने जनाईएको छ ।
खिल्हा मेला अवलोकनका लागि आउने दर्शक तथा पर्यटकका लागि क्लवले त्यहाँको होमस्टे लगायत अन्य घर र होटलहरुमा बस्ने र खान व्यवस्थापन गरेको छ ।
पहिलो पटक स्याङ गाउँको जनकल्याण क्लवले पर्यटन प्रर्वद्धनका लागि खिल्हा पर्वमा बृहत खेलकुदका कार्यक्रम आयोजना गर्ने तयारी गरेको गाउँमुखिया आशबहादुर थकालीले जानकारी दिए । बर्खायामको खेतीपातीको कामकाज सकेर मनाईने खिल्हा पर्व तीन गाउँले थकालीमा महत्वपूर्ण पर्व भएकाले यसलाई विेशेष बनाउन खेलकुदका इभेन्टहरु समावेश गरिएको मुखिया थकालीले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता