पोखरा र मुस्ताङका पर्यटन व्यवसायीबीच अन्तरसम्वाद गरिएको छ । नेपाल पर्यटन यातायात व्यवसायी संघको आयोजना तथा पर्यटन बोर्ड गण्डकीको सहकार्यमा आईतबार मुस्ताङको घरपझोङ गाउँपालिका कार्यालयको सभाहलमा अन्तरसम्वाद कार्यक्रम आयोजना गरिएको हो ।
पोखरा र मुस्ताङका पर्यटन व्यवसायीबीच निकै लामो समय चलेको पर्यटन सम्वन्धी बृहत अन्तरसम्वादमा मुस्ताङको समग्र पर्यटन क्षेत्र सम्वन्धी चर्चा गरिएको छ । बर्सेनि धार्मिक तथा पर्यटकीय स्थल तथा नयाँ नयाँ पर्यटकीय गन्तब्यहरुको प्रसार÷प्रसार र प्रवद्र्धन गर्दै आईरहेको नेपाल पर्यटन यातायात व्यवसायी संघ (गण्डकी)ले प्रसिद्ध धार्मिक स्थल दामोदरकुण्डको यात्रापछि जोमसोममा यहाँका पर्यटन व्यवसायीहरुसंग अन्तरक्रियात्मक अन्तरसम्वाद गरेको हो ।
अन्तरसम्वादमा उपल्लो मुस्ताङको प्रसिद्ध धार्मिक तीर्थस्थल दामोदरकुण्ड तीर्थ स्थललाई मुक्तिनाथ मन्दिरसंगको सम्पर्कमा जोडिनुपर्ने औल्याईएको छ । धार्मिक तथा साहसिक पदयात्राका लागि दामोदरकुुण्ड धार्मिक स्थल एक महत्वपूर्ण ऐतिहाँसिक धार्मिक पर्यटक गन्तब्य रहेकाले उक्त स्थानको पर्यटन पूर्वाधार निर्माणमा जोड दिनुपर्ने आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । समून्द्री सतहको चार हजार ९०० मिटरको उचाईमा अवस्थित दामोदरकुण्ड तीर्थस्थलको पदयात्रा निकै कष्ठकर,चुनौतिपूर्ण र पूर्वाधारको कमी रहेको पोखराका पर्यटन व्यवसायीहरुले उल्लेख गरेका छन् । दामोदरकुण्ड पदमार्गको यात्रा गर्दा पदमार्ग साईनबोर्ड नभएको,आश्रय स्थलको कमी रहेको, सञ्चारको असुविधा रहेको र पदयात्राका लागि पथप्रदर्शक जनशक्तिको समस्या रहेको उनीहरुको भनाई छ । धार्मिक ,आध्यामिक तथा साहसिक पर्यटनको प्रचूर सम्भावना रहेको दामोदरकुण्डको सहज यात्राका लागि तीनै तहको सरकारले आवश्यक चाँसो दिईनुपर्ने कार्यक्रममा औल्याईएको छ ।
नेपाल पर्यटन यातायात व्यवसायी संघ (एनटीभीए) गण्डकी अध्यक्ष रवि प्रसाद आचार्यले गण्डकी प्रदेशको सगम्र पर्यटनको मेरुदण्ड मुस्ताङ रहेकाले यहाँको पर्यटन विकासले मात्रै गण्डकी प्रदेशको पर्यटन क्षेत्र चलायमान हुने बताउँनुभयो । नेपाल पर्यटन व्यवसायी संघले बर्सेनि धार्मिक पर्यटकीय स्थल र नयाँ नयाँ पर्यटकी स्थलमा प्रवद्र्धन गर्ने गरेको र यसै क्रममा यसवर्ष मुस्ताङको पर्यटन विकासका क्रममा दामोदरकुण्ड धार्मिकस्थलको पदयात्रा पुरा गरिएको अध्यक्ष आचार्यले उल्लेख गर्नुभयो । पर्यटन प्रवद्र्धन तथा पर्यटन व्यवस्थापनमा देखिएका समस्या र चुनौति अनि मुस्ताङको पर्यटनलाई थप उचाईमा पु¥याउन पोखरा र मुस्ताङका पर्यटन व्यवसायीबीच अन्तरसम्वाद गरिएको उहाँको भनाई छ । यसवर्षको दामोदरकुण्ड पदयात्राले धार्मिक पर्यटन तथा साहसिक पर्यटनको अनुभव आदान÷प्रदान,पोखरा र मुस्ताङका पर्यटन व्यवसायीका बारेमा समस्या र थप पर्यटन विस्तार लगायतका बिषयमा अन्तरक्रिया गरिएको उहाँको भनाई छ ।
घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले पर्यटननै समृद्धिको आधार स्तम्भ भएको बताउँनुभयो । मुस्ताङको समग्र पर्यटन क्षेत्रले बर्सेनि गति लिदै गईरहेको उल्लेख गर्दै अध्यक्ष लालचनले गाउँपालिकाले पर्यटन विकास र प्रवद्र्धनका लागि थुप्रै कार्यहरु गरिरहेको जानकारी दिनुभयो ।
पर्यटक बढेसंगै मुस्ताङमा होटलहरुको संख्या वृद्धि हुँदै गईरहेको उल्लेख गर्दै अध्यक्ष लालचनले पछिल्लो समय बिदेशी भाँसिएका मुस्ताङीहरु गृह जिल्ला मुस्ताङ फर्किएर पर्यटनसंग आवद्ध रहेको उल्लेख गर्नुभयो । यहाँको पर्यटन व्यवसायसंग धेरै व्यवसायहरु जोडिएको उहाँको भनाई छ ।‘यहाँका होटलहरु भरिभराउछन् ,विगतमा ५ रुपैयामा बिक्री नहुने स्याउ बगैचामै बिक्री हुने गरेको छ,’अध्यक्ष लालचनले भन्नुभयो ,पर्यटकको अनुकुल याममा पर्यटन व्यवस्थापनका लागि गाउँपलिकाले यहाँका समाजघरहरु समेत राख्ने प्रवन्ध मिलाउँदै आईरहेको छ । अध्यक्ष लालचनले घरपझोङमा ४००० हजार पर्यटकहरु व्यवस्थापन गर्न सकिने क्षमता रहेको जानकारी दिनुभयो ।
नेपाल पर्यटन बोर्ड गण्डकीका अधिकृत युवराज गुरुङले पर्यटन विकासले मात्रै आर्थिक समृद्धि हासिल हुने बताउँनुभयो । पर्यटन विकासका लागि बोर्डले विभिन्न क्षेत्रमा सहकार्य गर्दैआईरहेको उहाँको भनाई छ ।
नेपाल पर्यटन व्यवसायी महिला संघ(टेवान) अध्यक्ष शोभा न्यौपानेले प्रसिद्ध धार्मिक स्थल दामोदरकुण्डलाई धार्मिक आस्थाका रुपमा मात्रै नभई साहसिक पर्यटनसंग जोड्नु पर्ने धारणा राख्नुभयो । नेपाल पर्यटन यातायात व्यवसायी संघका पर्यटन प्रवद्र्धन संयोजक विकास कडेलले मुस्ताङ र पोखराका पर्यटन व्यवसायीबीच आपसी समन्वय र सहकार्य आवश्यक रहेको औल्याउनुभयो ।
नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्सका उपाध्यक्ष राजेश पहाडीले मुस्ताङ भ्रमण गर्ने पर्यटकका लागि लेंक लाग्ने समस्याबाट जोगाउन टाईमकार्ड लागु गर्नुपर्ने बताउँनुभयो । समथरिलो स्थानबाट एकैसाथ विश्राम नगरी मुक्तिनाथ पुग्ने पर्यटकलाई लेंक लाग्न सक्ने भएकाले होल्डिङका लागि भएपनि टाईमकार्ड आवश्यक रहेको उहाँको भनाई छ ।
मुस्ताङ—पोखरा पर्यटन क्षेत्रमा आवद्ध व्यवसायीबीच भएको अन्तरसम्वादमा मुस्ताङको घाँसामा पर्यटक चेकपोस्ट र एक्यापको परमिट चेक पोस्ट एकै ठाउँमा रहँदा समस्या आएको बताएको छ । पर्यटकबाट हुने फोहोर र त्यसको व्यवस्थापन,सवारी दुर्घटना न्यूनिकरण,मुक्तिनाथ मन्दिरको व्यवस्थापकीय पक्षमा धेरै कुरामा सुधारको खाँचो रहेको औल्याएको छ । लेंक लाग्ने समस्यालाई न्यूनिकरण गर्न पर्यटन व्यवसायीहरुबाट पनि यथोचित भूमिका निभाउँनुपर्ने आवश्यकता रहेको अन्तरसम्वादमा उल्लेख गरिएको छ ।
यसअघि नेपाल पर्यटन यातायात व्यवसायी संघको नेतृत्वमा गएको टोलीले दामोदरकुण्ड धार्मिक तीर्थस्थलको अवलोकन गरी जोमसोम फर्किएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता