प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले मुक्तिनाथको दर्शन गरी कोरलानाका जाने

 मुस्ताङ भ्रमणका लागि प्रस्थान गर्नुभएका प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले मुस्ताङको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथको दर्शन गरी नेपाल—चीन उत्तरी कोरलानाकाको भ्रमण गर्नुहुने भएको छ ।

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुस्ताङका उपसभापति भिषण थकालीका अनुसार मुस्ताङ आउँदै गर्नुभएका प्रधानमन्त्री वालेन्द्र शाह(वालेन)ले मुक्तिनाथ मन्दिरको दर्शन गरी कोरलानाका जाने कार्यक्रम रहेको छ । उपसभापति थकालीले प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमण नितान्त पारिवारिक भ्रमण रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री शाह शनिबार मुस्ताङ आउने जानकारी प्राप्त भएको उपसभापति थकालीले बताउँनुभयो ।

 प्रधानमन्त्री शाहले काठमान्डौ महानगरपालिकाको मियर हुँदा विस २०८१ साल कार्तिक २४ गते पहिलो पटक मुस्ताङको भ्रमण गर्नुभएको थियो । प्रधानमन्त्री शाह त्यसबेला मुक्तिनाथको दर्शन गरी फर्किनु भएको थियो । प्रधानमन्त्री शाह मुक्तिनाथबाट फर्किदा मुस्ताङको घरपझोङ गाउँपालिकाको अवलोकन गर्नुभएको थियो ।

 यता प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)को मुस्ताङ भ्रमणको सम्वन्धमा आधिकारी जानकारी प्रापत नभएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रामचन्द्र तिवारीले बताउँनुभयो ।


प्रतिक्रिया