जोमसोम—प्रहरी सेवामा कार्यरत कर्मचारी स्वस्थ्य नभए प्रहरी सेवाको कार्यसम्पादन स्वथ्य नहुँने भन्दै मुस्ताङ प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले आयोजना गरेको प्रहरी स्वास्थ्य परीक्षण शिविरलाई मुस्ताङ अस्पताल, र कारागार शाखाका मुस्ताङका स्वास्थ्यकर्मीहरुले शनिबार बिहान प्रहरी सेवामा कार्यरत मुस्ताङका कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको हो ।
मुस्ताङ प्रहरीले जिल्लामा पहिलो पटक यहाँ कार्यरत विभिन्न दर्जाका प्रहरी सुरक्षाकर्मीहरुलाई स्वास्थ्य परीक्षण गर्ने अवसर जुटाईएको हो । यसका लागि मुस्ताङ अस्पतालसहित अन्य निकायका स्वास्थ्य संस्थाहरुले समन्वय र सहकार्य गरे ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङको प्राङ्गणमा आयोजित स्वास्थ्य शिविरमा विभिन्न दर्जाका ९० जनाले प्रहरी कर्मचारीले स्वास्थ्य लाभ लिएको बताईएको छ । शिविरमा जिल्ला अदालतका माननीय न्यायधिस ओमबहादुर सेडाईसहित जिल्ला अदालतमा कार्यरत कर्मचारीले पनि स्वास्थ्य परीक्षण गरे । शिविरमा जिल्ला प्रहरी कार्यालय मुस्ताङमा कार्यरत प्रहरी कर्मचारीहरुको स्वास्थ्य परीक्षण गरिएको मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । उनका अनुसार प्रहरी लक्षित स्वास्थ्य शिविरमा अस्पतालका निमित्त मेसु डा. तेजेस नेपालसहितको ३ जना स्वास्थ्यकर्मी टोली खटिएका थिए ।
यसअघि प्रहरी कार्यालयद्धारा आयोजित स्वास्थ्य शिविरको जिल्ला न्यायधिस ओमबहादुर सेडाईले गमलामा रहेको विरुवामा जलचेतन गरी स्वास्थ्य शिविरको उद््घाटन गरेका थिए । माननीय न्यायधिक सेडाईले शान्ति सुरक्षा,अमनचैन र राष्ट्रको सेवामा निरन्तर खटिएका प्रहरी कर्मचारी स्वस्थ्य नभई सेवा प्रवाह स्वस्थ्य नहुँने उल्लेख गरे ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रनाउ भोजराज पाण्डेयले प्रहरी सेवामा कार्यरत कर्मचारीको स्वास्थ्य अवस्था परीक्षण गर्न र समस्या देखिएका प्रहरीलाई थप उपचार गर्न सहयोग पुग्ने हेतुले स्वास्थ्य शिविर आयोजना गरिएको बताए । प्रहरी सधै जनता र राष्ट्रका लागि समर्पित संस्था भएकाले यसमा आवद्ध प्रहरी स्वस्थ्य नभई सेवा प्रवाह स्वथ्य बनाउन नसकिने बताए । उनले मुस्ताङका अन्य प्रहरी ईकाईमा पनि यसरीनै क्रमशः स्वास्थ्य शिविरको माध्यमबाट प्रहरीको स्वास्थ्य परीक्षण गर्दै लगिने जनाए ।
मुस्ताङमा बेसीको समथरिलो भूभागबाट यहाँ आउने पर्यटकलाई अक्सिजन कमीका कारण लेंक लाग्ने गरेको र यसले गर्दा कतिपय घुम्न आउने पर्यटकले ज्यान गुमाउन पर्ने अवस्था रहेको सुनाए । उनले पर्यटक लक्षित एक हप्ते स्वास्थ्य परीक्षण शिविरको समेत कार्यक्रम तय गरिसकेको बताए ।
पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकालीले प्रहरी लक्षित स्वास्थ्य शिविर सफलताको शुभकामना दिए । प्रहरी लक्षित स्वास्थ्य शिविरमा प्रहरी कर्मचारीहरुको दम,प्रेसर र सुगर रोगको परीक्षण गरिएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता