धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङको मुक्तिनाथमा दर्शन गर्न आउने दर्शनार्थीहरुलाई हाईअल्टिच्युड जोखिम हुने सूचना नफैलाउन होटल एशोसियन मुक्तिनाथले अनुरोध गरेको छ । सामाजिक संञ्जाल, पत्रपत्रिका र अनलाईन मिडियाहरु संम्प्रेषण हुने यसप्रकारका सूचनाहरुले मुक्तिनाथ दर्शन गर्ने पर्यटकहरुप्रति भ्रम सृजना भईरहेको होटल एशोसियन मुक्तिनाथको भनाई छ ।
होटल एशोसियसन मुक्तिनाथद्वारा बिहिबार मुक्तिनाथ स्थित पुराङ रानीपौवा बजारमा आयोजित सरोकारवाला निकाय सम्मिलित पत्रकार सम्मेलनमा यहाँका पर्यटन व्यवसायीहरुको संस्था होटल एशोसियसन मुक्तिनाथले सरोकारवाला निकायहरुप्रति यस्तो आग्रह गरेको हो । मुक्तिनाथको दर्शन तथा व्यवस्थापन, पर्यटन व्यवसाय र यस क्षेत्रमा देखिएका समस्या र चुनौति अनि संम्भावना लगायतका बिषयमा जानकारी प्राप्त गर्ने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा हाईअल्टिच्युड सम्वन्धि पर्यटक माँझ भईरहेको गलत नकारात्मक सूचनाहरुले यहाँका पर्यटन व्यवसायीहरुलाई प्रतिकुल असर पु¥याएको जनाएको छ ।
यहाँ आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेश सभा सदस्य विकल शेरचनले यहाँका होटल व्यवसायमा आवद्ध पर्यटन व्यवसायीहरुले गुुणस्तर र सेवाका आधारमा पर्यटक तथा भक्तजनहरुको सेवा प्रवाहलाई चुस्त ,भरपर्दो र पारदर्शी तुल्याउदै लैजानु पर्नेमा जोड दिनुभयो । समुन्द्री सतहको ३८०० मिटरको उचाईमा अवस्थित यहाँका होटल र पर्यटन व्यवसायीहरुको हकहित र अधिकारका लागि सबैपक्षले संम्वेदनशील भएर सोच्नुपर्ने बेला आएको औल्याउनु भयो । होटलहरुले सेवा र डेलिभर अनुसार सेवा वापतको शुल्क लिनुपर्ने र त्यसका लागि यहाँका होटलहरुको बर्गीकरण गरी संस्थागत रुपमा अघि बढ्नु पर्ने प्रदेश सभा सदस्य शेरचनको भनाई छ ।
सभासद शेरचनले मुक्तिनाथ विकास समितिले आशिंक रुपमा राम्रो कार्य गरेको भएपनि यसको बृहत्तर विकासलाई मुक्तिनाथलाई संघीय सरकार अन्तर्गत पर्यटन मन्त्रालय वा प्रदेश मातहतमा लैजान सकेमा मुक्तिनाथको बृहत्तर विकासको ढोका खोल्न सहज हुने धारणा राख्नुभयो । मुक्तिनाथमा सिंढी बाटो निर्माण भएतापनि अपांग मैत्री बाटो नहुँदा ज्येष्ठ नागरिक ,अपांगता र असक्त भक्तजनहरुलाई दर्शन गर्न जान समस्या र चुनौति भोग्नु परेकाले यसतर्फ गम्भिर भएर सोच्नुपर्ने बेला आएको बताउँनुभयो ।
मुक्तिनाथ विकास समितिले भक्तजनको भेटीमा बर्सेनि लाखौं रुपैया संकलन गर्ने गरेको स्मरण गर्दै अब समितिले तत्काललै एम्बुलेन्स खरिद भक्तजनहरुमा परेको स्वास्थ्य समस्याहरुलाई सहज पारिनु पर्ने सभासद शेरचनको भनाई छ । यहाँले प्रदेश सरकारले गाउँपालिकासंग सहकार्य गरी मुक्तिनाथमा हाईअल्टिच्युड ट्रिटमेन्ट सेन्टर स्थापना गरेको र चालु वर्ष सेन्टरका लागि ४० लाख बजेट विनियोजन भएको बताउँनु भयो । पत्रकार सम्मेलनमा सभासद शेरचनले यहाँका पर्यटन व्यवसायीहरुले अब एप्लिेकेशन बनाएर पर्यटकहरुलाई सूचना प्रदान गर्ने र पर्यटनको विकासका लागि यातायात व्यवसायीहरुसंग समन्वय र सहकार्य गर्नुपर्ने सुझाउनु भयो ।
पत्रकार सम्मेलनमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिनजिन नामगेल गुरुङले मुक्तिनाथ मन्दिर लगायतको व्यवस्थापनमा समितिले आवश्यक पहल गरिरहेको बताउँनुभयो । समितिले मुक्तिनाथको रानीपौवामा सडक बाटो स्तरोन्नतिका लागि एक करोड २० लाख,दामोदरकुण्ड धार्मिक तिर्थस्थलका लागि एक करोड र कागबेनी श्राद्ध स्थल स्तरोन्नतिका लागि एक करोड बजेट विनियोजन भई ठेक्का प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो । अध्यक्ष गुरुङले मुक्तिनाथ मन्दिरमा भक्तजनका लागि लक्षित गरी चेन्जिङ रुम,हर्ट रुम, १०८ धाराको पुन व्यवस्थापन,जलकुण्ड, शिव मन्दिर, हवन गर्ने स्थान लगायतका विभिन्न ८ थरीका योजनाको प्रस्ताव पुरातत्व विभागमा स्वीकृतिका लागि पेश भएको जानकारी दिनुभयो । मुक्तिनाथ मन्दिर यहाँका नागरिकहरुका लागि मात्रै नभई जिल्ला बाहिरका पर्यटन र कृषि व्यवसायीहरुको जिवित आर्यआर्जनको श्रोत भई बाँचेकाले यसको संस्थागत विकास गर्न समिति अग्रसर रहेको जनाउँनुभयो ।
मुक्तिनाथ स्थित १०८ धारा र कुण्डमा स्नान गर्दा भक्तजनहरुबाटै बिकृति फैलिएकाले यसको रोकथामका लागि समितिले कुण्ड र धारामा स्नान गर्दा रेनकोट ,प्लाष्टिक ओढेर अनि यहाँ अंग प्रर्दशन गरी कुण्डमा स्नान गर्न कसैलाई पनि छुट नभएको अध्यक्ष गुरुङको भनाई छ ।
यहाँको वातावरण प्रदुषणलाई न्यूनिकरण गर्नका लागि गाउँपालिकाले निकट भविष्यमा प्लासिटकजन्य फोहोर व्यवस्थापन गर्न ईको फ्रेन्डली रिसाईकल सेन्टर स्थापना गर्न लागेको बताउँनुभयो ।
यसैगरी पत्रकार सम्मेलनमा होटल एशोसियसन मुक्तिनाथका अध्यक्ष सुरज गुरुङले हाईअल्टिच्युडको गलत सूचना र गलत मानसिक सोचले यहाँ आएका पर्यटकहरुमा कुनै अन्य कारणबाट भएको समस्यालाई त्यससंग जोड्ने गरिएको बताउँनुभयो । ’हाईअल्टिच्युको सम्वन्धमा पर्यटकहरुलाई वास्तविक सूचना र जानकारी उपलब्ध गराउन पर्यटनसंग सम्वन्धि संघसंस्था अन्य सरोकारवाला सहजीकरण गरिदिनु पर्नेमा जोड दिनुभयो ।
अध्यक्ष गुरुङले यहाँ आएका पर्यटकहरुको स्वास्थ्य रक्षाका लागि जोखिम न्यूनिकरण गर्न होटल एशोसियसन मार्फत अक्सिन ,फायर ईक्सटिङसर (आगो निभाउने उपकरण) र मेडिकल फसेसको व्यवस्थान गरिएको जानकारी दिनुभयो । मुक्तिनाथमा साना ठुला होटलहरु गरी ६ सय कोठामा एक हजार ३०० बढी बेडहरु रहेकाले यहाँ झन्डै एक रातमा एक हजार ५०० पर्यटक धान्नसक्ने क्षमता रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । यहाँका होटलहरुलाई एशोसियसन मार्फत स्वास्थ्य समाग्री ,अक्सिन सिलिण्डर र आगो निभाउने यन्त्र सशुल्क वितरण गरिएको बताउँनुभयो ।
पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले मुक्तिनाथ क्षेत्रमा मुक्तिनाथ र थोरङ्लापासका अलावा अरु धेरै पर्यटकीय गन्तब्यहरु रहेकाले यसको विकासमा ध्यान दिईनुपर्ने बताउँनुभयो । एशोसियसनले चाँडैनै वारागुङ मुक्तिक्षेत्रको विभिन्न पर्यटकीय गन्तब्यहरुको भ्रमण गर्न जीप सफारीको व्यवस्था गर्न लागेको जानकारी दिनुभयो ।
होटल एशोसियसनको पत्रकार सम्मेलनमा स्थानीय संञ्चारकर्मीहरु र विभिन्न सरोकारवालाहरु प्रश्न राखेका थिए ।
सम्मेलनका क्रममा होटल एशोसियसन मुक्तिनाथले स्वास्थ्य सामग्रीसहितको फसेट बक्स ,अक्सिजन र आगो निभाउने यन्त्र वितरण गरेको थियो । सोही अवसरमा नेपाली सेनाबाट आगोलागी घटना सम्वन्धि विपद् प्रतिकार्य कृतिम अभ्यास गरेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता