लोमान्थाङमा घोडा संस्कृति प्रर्वद्धन गर्दै यार्तुङ पर्व मनाईने

मुस्ताङ, ४ ,साउन ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकादेखि माथिल्ला अरु दुई पालिकामा मनाईने चाडपर्वसंग घोडा संस्कृतिको ऐतिहाँसिक सम्वन्ध विद्यमान छ । यहाँको वारागुङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा मनाईने चाडपर्वमा घोडाको उपस्थिती बिना कुनै पनि चाडपर्व अघि बढ्न सक्तैन ।

यहाँका गुरुङ, बिष्ट र लोवा समुदायका मानिसहरुले  मनाउने चाडपर्वमा घोडाको सहभागिता अपरिहार्य रहन्छ । यहाँ घोडासंगै चाडपर्व मनाउने संस्कृति सदिंयौ वर्षदेखि चल्दै आईरहेको छ । पछिल्लो समय यहाँको घोडा संस्कृति आशिंक रुपमा ओझेलमा पर्न थालेपछि यसपालि लोमान्थाङमा यार्तुङ पर्वसंगै घोडा संस्कृतिका थप प्रर्वद्धन गरिने भएको छ ।

लोमान्थाङ गाउँपालिका वडा—५ कार्यालय तथा गाउँ सिजुहरुको आयोजना तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ,ईलाका संरक्षण कार्यालय लोमान्थाङको समन्वयमा भदौ १२ गतेदेखि भदौ १४ गतेसम्म तीनदिन यार्तुङ पर्व भव्य सभ्य रुपमा मनाउने निर्णय गरिएको छ । बुधबार लोमान्थाङ स्थित एक्याप कार्यालयमा बसेको बैठकमा यार्तुङ पर्वलाई घोडा संस्कृति प्रर्वद्धन गर्ने र यसलाई पर्यटन विकाससंग जोड्ने निर्णय गरिएको हो ।

बैठकमा एक्याप,वडा कार्यालयका प्रतिनिधि, संरक्षण व्यवस्थापन समिति प्रतिनिधि,युवाक्लव,आमा समुह,मुखिया, आमची प्रतिनिधि, लोमान्थाङका पाँच सिजु ९समुह० प्रतिनिधि,पर्यटन व्यवसायी र स्थानीय प्रतिनिधि लगायतको संयुक्त बैठकले यसपालि घोडा दौड प्रतियोगितासंगै यार्तुङ पर्व भव्यताका साथ मनाईने निर्णय भएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो ।

लोमान्थाङमा आयोजना हुने यार्तुङ घोडा दौड प्रतियोगिताका लागि एक्याप लोमान्थाङले पुरस्कार प्रायोजन गरेको छ । उक्त पुरस्कार एक्याप लोमान्थाङ अन्तर्गत सरक्षण व्यवस्थापन समिति मार्फत प्रदान गरिने निर्णय भएको कार्यालय प्रमुख पौडेलको भनाई छ ।

 लोमान्थाङमा आयोजना हुने यार्तुङ घोडा दौड प्रतियोगितालाई दुई वटा विधामा समेटिएको उहाँले जानकारी दिनुभयो । यार्तुङमा कदम घोडा दौड र लामो दुरीको घोडा दौड प्रतियोगिता आयोजना हुनेछ ।

प्रतियोगितामा कदम घोडा दौडको प्रथमले नगद एक लाख र प्रमाणपत्र पाउँने छ ,दोस्रो हुनेले नगद  ५० हजार र तेस्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने छ ।

यसैगरी लामो दुरीको घोडा दौडको प्रथमले नगद ३० हजार, दोस्रोले नगद २० हजार र तेस्रो हुनेले नगद १० हजारसहित प्रमाणपत्र पाउँने छन् । यहाँ आयोजना हुने यार्तुङ घोडा दौडमा सहभागिहरुले १५ सय रुपैया प्रवेश शुल्क बुझाउने पर्ने हुन्छ ।

लोमान्थाङको ऐतिहाँसिक,धार्मिक तथा सांस्कृतिक पर्व तिजी जस्तै यार्तुङ पर्वलाई पनि थप प्रर्वद्धन गर्नुपर्ने आवश्यकता महशुस गरिएको हो । पर्वमा घोडा दौडा प्रतियोगितासंगै उपल्लो मुस्ताङीले मनाउने यार्तुङ संस्कृति समेत उजागर गरिने निर्णय भएको हो । उपल्लो मुस्ताङमा जिवन्त कलासंस्कृतिको सरक्षण,संम्वद्धन तथा प्रर्वद्धन गरी पर्यटन विकासमा टेवा पु¥याउने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया