मुस्ताङमा १७ जिल्लाका प्राविधिकहरुलाई ३ दिने ओखर खेती प्रविधि तालिम



जोमसोम— मुस्ताङमा ३ दिने ओखर खेती प्रविधि तालिम सुरु भएको छ । संघ, प्रदेश र स्थानिय तहका कृषि प्राबिधिक [प्राविधिक सहायक र नायब प्राविधिक सहायक]  स्तरको तालिम  शीतोष्ण बागवानी विकास केन्द्र, मार्फामा सुरु भएको हो ।

मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्र मार्फाको आयोजनामा संघ,प्रदेश र स्थानीय तहका कृषि प्राविधिक (प्रा. स.÷ना. प्रा. स.) हरुलाई लक्षित गरी ओखर खेती प्रविधि सम्वन्धि सैद्धान्तिक तथा व्यवहारिक तालिम अभ्यास लगायतको तालिम सुरु भएको केन्द्रका निमित्त कार्यालय प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए । तालिम शुक्रबार समेत चल्ने उनले बताए ।


  तालिममा शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा गरिएका ओखर खेतीको विविध प्रविधिहरु देखाउने, सिकाउने र ओखर उत्पादन प्रविधि र गुणस्तरिय विरुवा उत्पादन प्रविधिहरुका वारेमा कृषि प्राविधिकहरुलाई ब्यवहारिक रुपमा प्रशिक्षण दिईने केन्द्रका निमित्त प्रमुख आत्रेयले बताए । तालिमका लागि केन्द्रका प्राविधिक सहायक श्री लक्ष्मण बुढा संयोजक रहेका छन् । तालिममा कुल १७ जिल्लाका १८ जना सहभागी रहेको केन्द्रका निमित्त प्रमुख आत्रेयले जनाए । तालिममा सहभागी मध्ये १५ जना पुरुष र ३ जना महिला रहेको उनले खुलाए ।

 पूर्व मेची देखी पश्चिम महाकालीसम्मका प्राविधिकहरु ओखर खेती प्रविधि तालिम लिन मुस्ताङ आएका हुन् ।  मुस्ताङ्गवाट २ जना र ईलाम, धनकुटा, सोलुखुम्बु,  सिन्धुपाल्चोक, काभ्रे, काठमाण्डौ, तनहुँ, मनाङ्ग, बाग्लुङ्ग, म्याग्दी, रुकुम पुर्ब, प्युठान, दैलेख, डोल्पा, बैतडी, दार्चुलाका १÷१ जना प्राविधिक तालिममा सहभागी रहेको जनाईएको छ । तालिममा ब्यवहारिक ज्ञान दिने उद्देश्यले करिव ६० देखी ७० प्रतिशत व्यवहारिक र ३० देखी ४० प्रतिशत जति सौद्दान्तिक कक्षा हुनेछ । 

यसअघि तालिममा सहभागी हुन अनलाईन दरखास्त फार्म आह्वान गरिएको थियो । जसमा १०१ वटा फारम भरिएकोमा १९ जना मुख्य र २ बैकल्पिक गरी कुल २१ जना सहभागीहरुलाई छनौट गरिएको थियो ।

 तालिममा निम्नलिखित कुल १२ कक्षाहरु रहने छन् । जसमा ओखरको प्रसारणः सायन तथा रुटस्टक छनौट र प्रसारण गर्ने प्रमुख बिधिहरु जस्तै टङ्ग ग्राफ्टिङ्ग र चिप वडिङ्ग, ओखरको फूल फुल्ने प्रकृया, तालिम तथा काँटछाँट, वाक्सिङ्ग, टप वर्किङ्ग, नेचुगी र ब्रिज ग्राफ्टिङ्ग विधिहरुको वारेमा ब्यवहारिक रुपमा सहभागिहरुलाई सिकाईने छ । 



प्रतिक्रिया