टेलिकमका कर्मचारी अल्छी, मुस्ताङमा पटक/पटक एनटी फाईबर ईन्टरनेट सेवा अवरुद्ध

जोमसोम—हिमाली जिल्ला मुस्ताङमा मंगलबार साँझदेखि  फाईबर टु द होम (एफटिटिएच) अर्थात एनटी फाईबर ईन्टरनेट सेवा अवरुद्ध भएको छ । २०७७ सालदेखि मुस्ताङमा विस्तार गरिएको फाईबर ईन्टरनेट सेवा प्रभावकारी हुन नसक्दा यहाँका सेवाग्राही मर्कामा परेका छन् ।

नेपाल टेलिकम बाग्लुङ शाखाको समन्वयमा टेलिकम जोमसोम शाखाले मुस्ताङका ५ वटै स्थानीय तहमा एनटी फाईबर ईन्टरेनट सेवा विस्तार गरेपनि  मुस्ताङमा यो प्रविधि प्रभावकारी बन्न नसकेको हो । यसअघि मुस्ताङमा तामाको तारबाट उपलब्ध सेवालाई विस्थापित गर्ने गरी सिसा जडित अफ्टिकल फाईबर विस्तार गरेको थियो । । नेपाल टेलिकम अन्तर्गत जोमसोमले हिमाली भेंकमा तीब्र गतीको ईन्टरनेट सेवा प्रभावका लागि यो प्रविधि विस्तार गरेपनि टेलिकम जोमसोम शाखाका कर्मचारीहरुले छरिछरितो रुपमा जनतालाई डेलिभरी दिन नसक्दा सेवाग्राही समस्यामा पर्ने गरेका छन् ।

त्यसो त मुस्ताङमा नेपाल टेलिकमसहित निजी कम्पनीको टेकमाईनले समेत तीब्र गतीको फाईनर नेट संञ्चालन गरेको छ । निजी कम्पनीले प्रवाह गरेको ईन्टरनेट सेवा प्रभावकारी देखिएको भएपनि नेपाल टेलिकमले प्रवाह गरेको एनटी फाईबर ईन्टरनेट सेवा पटक÷पटक अवरुद्ध हुने गरेको छ । जनतालाई भरपर्दो र छिटो छरितो सेवा दिन नसकेका नेपाल टेलिकम अन्तर्गतका कर्मचारीले फिल्ड पुगेर मर्मत संम्भार गर्न बिलम्व गर्दा यस्तो समस्या देखिएको हो ।

एकै प्रकारको उस्तै सेवा निजी कम्पनीले दिदाँ समस्या नआएको तर सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमले दिने सेवा भरपर्दो नहुँदा मुस्ताङमा दिनहु जसो ईन्टरनेट सेवा अवरुद्ध हुने गरेको छ । मुस्ताङमा एनटी फाईबरमा प्राविधिक समस्या आउँदा टेलिकमका कर्मचारीले चाँसो नदिदा यसप्रकारको समय पटक÷पटक देखिने गरेको स्थानीयको भनाई छ ।

मुस्ताङमा अधिकाँश सरकारी कार्यालय तथा व्यवसायी तथा व्यक्तिहरुले नेपाल टेलिकमको एनटी फाईबर ईन्टरेनेट जडान गरेका छन् । थोरैले निजी कम्पनीको टेकमाईन ईन्टरनेट जडान गरिएको र शुल्क केही महङ्गो पर्ने भएपनि यसको डेलिभरी सर्भिस राम्रो रहेको स्थानीयहरुको बुझाई छ ।

यता, टलिकमको एनटी फाईबर ईन्टरनेट सेवा पटक पटक अवरुद्ध हुने गरेपनि सरोकारवाला निकायले यस विषयमा खासै चाँसो दिएको पाईएको छैन ।


प्रतिक्रिया