जोमसोम— मुस्ताङ जिल्ला अदालतको ईतिहाँसमै पहिलोपटक एक व्यक्तिलाई जिवितै रहेसम्म (आजिवन) कारावासको सजाय फैंसला भएको छ । जबरजस्ती करणीगरी ज्यान मारेको कसुरमा मुस्ताङ जिल्ला अदालतले एक व्यक्तिलाई २०८१ साल चैत १० गते जिवितै रहेसम्म (आजिवन) कैंद सजायको फैसला गरेको हो ।
२०२६ सालमा स्थापना भएको मुस्ताङ जिल्ला अदालतले ५५ वर्षको अन्तरालमा पहिलोपटक यसप्रकारको आजिवन कैंद सजायको फैसला गरेको हो । मुस्ताङ अदालतका जिल्ला न्यायधिस विद्याराज पौडेलको ईजलाशले म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका बस्ने प्रतिवादी ४४ वर्षीय हिराबहादुर कामीलाई जबरजस्ती करणी गरी ज्यान मारेको कसुरमा आशिंक अभियोग दावी पुग्नेगरी जिवितै रहेसम्म (आजिवन) कारावासको कैंद सजाय हुने गरी फैसला गरेको हो ।
जिवितै रहेसम्म आजिवन कैंद सजाय पाएका कसुरदार प्रतिवादी कामी २०७९ साल चैत ३० गतेदेखि मुद्धा अनुसन्धान तथा पुर्पक्षको क्रममा हालसम्म प्रहरी हिरासत तथा थुनामा रहदै आएका छन् । मुस्ताङ जिल्ला अदालतका न्यायधिक पौडेलको ईजलासले कसुरदार प्रतिवादी कामी जिवितै रहेसम्म आजिवन कैंद सजायका साथै ७ लाख रुपैया जरिवाना समेतको फैसला गरेको हो । यसका अतिरिक्त मुस्ताङ जिल्ल अदालतले प्रतिवादीबाट ६० लाख रुपैया क्षतिपूर्ती वापत भराई लिन पाउने समेतको फैसल गरेको हो ।
मुस्ताङ जिल्ला अदालतबाट अदालत स्थापनाको ५५ वर्षको अन्तरालमा पहिलोपटक जिल्लामा प्रतिवादी विरुद्ध जिवितै रहेसम्म (आजिवन) कैंद सजायको फैसला भएको अदालतका श्रेस्तेदार दिव्यराज घिमिरेले जानकारी दिनुभयो । ‘कुनै पनि कसुर अभियोगमा मुस्ताङ अदालतबाट यतिठुलो कैंद सजाय भएको थिएन,’ श्रेस्तेदार घिमिरेले भन्नुभयो,‘ योनै पहिलो र ठुलो कैद सजाय हो,जुन बलात्कारपछिको ज्यान मारेको कसुर थियो ।’
मुलुकी अपराध सहिंता २०७४ को दफा ४१ को उपदफा (च)मा जबरजस्ती करणी गरी ज्या मारेको कसुरमा प्रतिवादीलाई जन्मकैंदको सजाय गर्दा जिवितै रहेसम्म कैंद गर्नुपर्नेछ भन्ने कानुनी व्यवस्था भए बमोजिम प्रतिवादीलाई जबरजस्ती करणी गरी ज्यान मारेको कसुरमा जिवितै रहेसम्म आजिवन कैंद सजाय भएको मुस्ताङ जिल्ला अदालतका श्रेस्तेदार घिमिरेले उल्लेख गर्नुभयो ।
घटना यस्तो थियो :
मिति २०७९ साल चैत २८ गते घटनाका प्रतिवादी म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका बस्ने हिराबहादुर कामीले जिउँदो कुखुर र रक्सी लिई पीडित परिवर्तित नाम ÷थर, ठेगाना ः मुस्ताङ जिल्लाकी ७७ वर्षीय मुस्ताङ—पी २०८० को घरमा पुगेका थिए ।
बेलुकी पीडित समेत निजको छोरासंगै रक्सी र मासु खाई राती सोही घरमा बसेका थिए ।घटनाका पीडित मुस्ताङ—पी २०८० लाई सोही राती प्रतिवादी कामीले जबरजस्ती करणी गरी मनसायपूर्वक ज्यान मारेको र प्रतिवादी सोही रातमा उक्त घर छोडी फरार भएको मुस्ताङ जिल्ला अदालतको फैसलामा उल्लेख गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली