माथिल्लो मुस्ताङ ः विदेशीलाई वान डे ५० डलर शुल्क

नेपाल—चीन उत्तरी कोरलानाकासंग सिमाना जोडिएको उपल्लो मुस्ताङ क्षेत्रमा प्रस्थान गर्ने विदेशी नागरिकहरुका लागि दैनिक ५० अमेरिकी डलर शुल्क लाग्ने गरी मंगलबार मन्त्रिपरिषद बैठकले निर्णय गरृेको छ । सरकार प्रवत्ता एवं सूचना तथा संञ्चार प्रविधि मन्त्री जगदीश खरेलले माथिल्लो मुस्ताङ प्रस्थान गर्ने विदेशी नागरिकहरुलाई पदयात्रा अनुमति वापतको दस्तुर प्रतिदिन ÷प्रतिव्यक्ति ५० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा कायम हुने गरी मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको जानकारी दिनुभयो ।

सरकार प्रवत्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री खरेलले अध्यागमन नियमावली २०५१ को अनुसूची १२ मा हेरफेर गर्ने गरी मन्त्रीपरिषदले उक्त निर्णय गरेको बताउँनुभयो । मन्त्रि परिषदको यसप्रकारको निर्णयसंगै उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकहरुले अनिवार्य १० दिनको पदयात्रा अनुमति शुल्क ५०० अमेरिकी डलर बुझाउने पर्ने बाध्यता हटेको छ । मन्त्रि परिषदको यस निर्णयसंगै अध्यामगन विभागले माथिल्लो मुस्ताङ भ्रमण गर्न जाने विदेशी पर्यटकहरुलाई माथिल्लो मुस्ताङमा जतिदिन बस्ने त्यती दिनको मात्रै प्रतिदिन ÷प्रतिव्यक्ति ५० अमेरिक डलर वा सो बराबरको विदेशी मुद्रा तिरेमात्रै पुग्नेछ ।

यसअघि गृह मन्त्रालय अन्तर्गत अध्यागमन विभागले माथिल्लो मुस्ताङ प्रस्थान गर्ने विदेशी पर्यटकहरुलाई १० दिनेको ५०० अमेरिकी डलर पदयात्रा शुल्क बुझाउनु पर्ने थियो ।माथिल्लो मुस्ताङमा १० दिनको एकमुष्ट पदयात्रा शुल्क तिरेर गएका विदेशी नागरिकहरुले १० दिन कटेपछि प्रतिदिन प्रतिव्यक्ति ५० डलर अतिरिक्त शुल्क बुझाउनु पर्ने थियो । सरकारको यो निर्णयपछि भने माथिल्लो मुस्ताङमा जतिदिन बस्ने त्यती दिनको मात्रै प्रतिदिन ५० डलर शुल्क मात्रै बुझाए पुग्ने बाटो खुलेको छ ।

मन्त्रिपरिषदको यसप्रकार माथिल्लो मुस्ताङ प्रस्थान गर्ने नागरिकहरुलाई पदयात्रा वापत उठाईने राजश्वको परिवर्तीत शुल्क उठाईने प्रावधानले उपल्लो मुस्ताङका जनप्रतिनिधि एवं पर्यटन व्यवसायी उत्साहित भएका छन् । लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले आफुहरुको माग माथिल्लो मुस्ताङलाई निषेधित तथा नियन्त्रित क्षेत्रको सूचिबाटै हटाउनु पर्ने माग रहेपनि सरकारको यसखालको निर्णयले आशिंक रुपमा भएपनि माथिल्लो मुस्ताङका जनताको मागलाई संम्वोधन गर्न सकेको प्रतिक्रिया दिनुभयो ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले सरकारले उपल्लो मुस्ताङ प्रस्थान गर्ने चर्को पदयात्रा शुल्कले माथिल्लो मुस्ताङको पर्यटन व्यवसाय कोरलानाकाबाट चिन भ्रमण गर्ने चीनबाट नेपाल भ्रमण गर्ने विदेशी पर्यटकहरुलाई समस्या रहेकोमा केहीहदसम्म भएपनि मन्त्रिपरिषदको आजको निर्णयले राहत पु¥याएको बताउँनुभयो ।

 अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत रहेको उपल्लो मुस्ताङ क्षेत्रलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्रको सूचिमा राखेको र त्यहाँ जाने विदेशी पर्यटकहरुका लागि पदयात्रा शुल्क महंगो भएकाले अधिकाँश विदेशी पर्यटकहरु कागबेनी र मुक्तिनाथबाट फर्किने गरेका थिए । बर्सेनि झन्डै डेढ लाख विदेशी पर्यटक मुस्ताङ भित्रिदा करिव तीन वा चार प्रतिशत मात्रै विदेशी पर्यटकहरु माथि उक्लिन्थे ।

सरकारले माथिल्लो मुस्ताङलाई निषेधित तथा नियन्त्रित क्षेत्रको सूची कायम राखी प्रतिदिन प्रतिव्यक्त ५० डलर कायम गर्ने निर्णय गरेकाले आगामी दिन माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि हुने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया