कोरलानाकामा पूर्वाधार निर्माण तथा व्यवस्थापनमा जोड

नेपाल—चीन  मुस्ताङको उत्तरी कोरलानाकामा आवश्यक भौतिक पूर्वधार निर्माण तथा व्यवस्थापनकार्यमा जोड दिनुपर्ने यहाँका पाँच पालिकाहरुले उल्लेख गरेका छन् । शुक्रबार यहाँ आयोजित नवौं अन्तरपालिका जिल्ला स्तरीय समन्वयात्मक बैठकमा सरकारले कोरलानाकालाई विषेश प्राथमिकतामा राखेर आवश्यक भौतिक संरचना निर्माण तथा आयात÷निर्यातकार्यलाई सहज तुल्याउन व्यवस्थापन पक्षमा ध्यान दिनुपर्ने औल्याएका छन् ।

जिसस मुस्ताङको समन्वय तथा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको आयोजनामा मनाङ—मुस्ताङ पदमार्ग थोरला फेदीमा अन्तरपालिका समन्वय बैठक आयोजना गरिएको थियो । उक्त अन्तरपालिका बैठकले कोरलानाका पूर्ण रुपमा संञ्चालन भईसकेको अवस्थामा नाका क्षेत्रमा आवश्यक भन्सार ,सुख्खा बन्दरगाह, एकिकृत सुरक्षा पोस्ट लगायतका भौतिक संरचना निर्माण हुन नसकेकाले जिसस मुस्ताङ मार्फत सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिनजिन नामगेल गुरुङले जानकारी दिनुभयो ।

 समन्वयात्मक बेठकले कोरलानाका सञ्चालन भईरहेको अवस्थामा आयात÷निर्यात कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन पशु एवं कृषि क्वारेन्टाईन कार्यालयको स्थापना गर्न  तथा कोरलानाकामा आवश्यक जनशक्ति व्यवस्थापन मिलाउन सरकार समक्ष माग गर्ने निर्णय भएको अध्यक्ष गुरुङको भनाई छ ।

जिल्लाका समसामयिक समस्या र चुनौति अनि त्यसको सामधानका लागि आयोजना भएको समन्वयात्मक बैठकमा मुस्ताङ जिल्लालाई अर्गानिक जिल्ला घोषणा गर्न रसायनिक मलको आपूर्तिलाई निरुत्साहित गर्दै लैजाने निर्णय गरिएको छ । यहाँको स्याउ लगायतका रैथाने अन्नबाली लगायतहरुमा  अघोषित रुपमा रसायनिक मलको प्रयोग भईरहेकाले यसको मुस्ताङको अर्गानिक पहिचानलाई प्रतिकूल असर पु¥याउने निर्णयमा उल्लेख गरिएको छ । रसायनिक मलको प्रयोगले मानव स्वास्थ्यलाई प्रतिकूल असर पु¥याउने, माटोको उर्वराशक्तिलाई ह्रास पु¥याउने र आम उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पु¥याउने भएकाले चालु आर्थिक वर्षको असारसम्ममा रसायनिक मल आयात गर्ने ब्यापारी र प्रयोगकर्ता कृषकहरुमा निरुत्साहित गर्ने कार्यहरु सञ्चालन गरिने निर्णयमा उल्लेख गरिएको छ ।

यसैगरी मुस्ताङमा २०३२ सालमा नापी हुँदा थोरै क्षेत्रफल नापी भएको ,जिल्लाको ठुलो कृषि क्षेत्र । बसोबास रहेको क्षेत्र नापी हुन नसकेकाले यसको दिर्घकालिन समस्या समाधानका लागि विभागबार्ट नापी गोश्वारा खटाएर नयाँ एवं छुट नापी कार्यका लागि सम्वन्धित निकायलाई अनुरोध गर्ने निर्णय भएको छ ।

यस्तै, घरपझोङ गाउँपालिकाले आयोजना गर्ने भनिएको जलवायु सम्मेलनलाई मुस्ताङका अन्यपालिकाहरुले पनि अपनत्व ग्रहण गर्दै सामुहिक एक्येवद्धता जनाउन सहलगानी गर्ने निर्णय गरिएको छ । जलवायु संकटले समग्र मुस्ताङ जिल्लाको आर्थिक,सांस्कृतिक ,भौतिक र जैविक विविधता लगायतमा प्रतिकूल असर पु¥याएको उल्लेख गर्दै जलवायु संकटसंग जुध्दै अघि बढ्ने गरी विश्व समुदायकको ध्यानाकर्षण गर्नुपर्ने आवश्यकता रहेको औल्याईएको छ ।

 जिसस मुस्ताङको समन्वयमा यहाँका पाच वटै पालिकाहरुका अध्यक्ष÷उपाध्यक्ष एवं प्रमुख प्रशासकीय अधिकृतको संयुक्त बैठक बसेको हो । जिल्लाको समस्या र चुनौतिहरुको समाधानका लागि एउँटै मञ्चमा उभिएर साझा अवधारणा तय गर्ने संस्कृतिको विकास गरिएको छ । यसप्रकारको अन्तरपालिका समन्वयात्मक बैठकले असर अभ्यास र सुशासन प्रवद्र्धनमा समेत योगदान पु¥याउने विश्वाश गरिएको छ ।


प्रतिक्रिया