गण्डकी प्रदेश प्रमुख अस्वस्थ, ओम अस्पतालमा भर्ना


गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट अस्वस्थ भएका छन् । स्वास्थ्यमा समास्या देखिएपछि पोखरास्थित ओम हस्पिटल भर्ना गरिएको सचिवालयले जनाएको छ ।

यद्यपि  स्वास्थ्य अवस्था स्थिर रहेको र उपचारका लागि वरिष्ठ छातीरोग विशेषज्ञ डा सीपी आचार्यको नेतृत्वमा एक चिकित्सकीय टोली सक्रिय रहेको जनाइएको छ ।

चिकित्सकको सल्लाहअनुसार प्रदेश प्रमुखको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न हाल प्रत्यक्ष भेटघाटका सबै कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जनाइको छ ।


प्रतिक्रिया