मतदाता खोज्दै पोखरा र काठमाडौंसम्म मुस्ताङका उम्मेदवार

मुस्ताङ — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चहल पहल बिस्तारै बढ्दै गएको छ । यहाँका केही  मतदाता जिल्ला बाहिर रहँदा निर्वाचनले अपेक्षित गति नलिँदा निर्वाचन ‘हिउँदयामको हिउँ जस्तै जमेर’ बसेको छ ।

अक्सर यसअघिका स्थानीय तह निर्वाचन र सङ्घीय तथा प्रादेशिक निर्वाचन वैशाखरजेठ र कात्तिकरमङ्सिर महिनामा हुने गरे पनि यसवर्ष जेन(जी आन्दोलनपछिको विशेष परिस्थितमा फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको घोषणा भएको हो ।

जाडो कटाउन यहाँका अधिकांश नागरिक कात्तिक रमङ्सिर महिनामा बेसी झरेर चैतरवैशाख महिनामा गर्मी सुरु भएपछि उकालो उक्लिने परम्परा छ । यसैका कारण यतिबेला निर्वाचन जिल्लाका लागि अनुकूल नभए पनि घोषित निर्वाचनलाई सफल पार्नुपर्ने दायित्व सरोकारवाला निकायको काँधमा छ ।

यहाँका कतिपय मतदाता पोखरा र काठमाडौंलगायतका स्थानमा अस्थायी बसोबास गरेका छन् । मुस्ताङमा बर्सेनि हिउँदयाममा जाडो छल्न बेंसी झर्ने पुख्यौली परम्परा र संस्कृतिको रुपमा चल्दै आइरहेको छ । मुस्ताङका अधिकांश नागरिक जाडो छल्न बेसी झरेकाले यहाँको दलहरुको निर्वाचन गतिविधिमा कमी आएको हो । जिल्लास्थित नेपाल–चीन सीमावर्ती गाउँपालिका अन्तर्गत लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ८० प्रतिशत मतदाता मङ्सिर महिना अगावै जाडो छल्न बेसीमा झरेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए ।

आसन्न निर्वाचन नजिकिँदै गरेपनि मतदाता बेसीमै रहेकाले जिल्लामा निर्वाचनको सरगर्मी नतातिएको अध्यक्ष विष्टको भनाइ छ । यतिबेला माथिल्लो मुस्ताङका मतदाता मात्रै होइन तल्लो मुस्ताङका करिब ५० प्रतिशत भन्दा बढी मतदाता जाडो छल्न बेंसी झरिसकेका छन् । पर्यटकीय ‘अफसिजन’ र कतिपय किसान स्याउ बगैँचा व्यवस्थापन सकेर तल्लो क्षेत्रका मतदाता बेसीमा झरेका हुन् ।

आसन्न निर्वाचनका लागि दुई साताअघि विभिन्न राजनीतिक दलका उम्मेदवारले मनोनयपत्र दाखिला गरेपनि उम्मेदवार र राजनीतिक दलको निर्वाचन प्रचारप्रसार लगायतका गतिविधि सुस्त छ । जिल्लामा मतदाता कम भएपछि राजनीतिक दलका उम्मेदवार मतदाता खोज्न बेसीमा झरिसकेका छन् । तर, यहाँ स्थानीय मतदाता र राजनीतिक दलका उम्मेदवार नभए पनि स्थानीय प्रशासन, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयले आफ्नो आन्तरिक निर्वाचन तयारी गरिरहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए । उनका अनुसार सुरक्षा निकायले निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरीको व्यवस्थापन र तालिम अगाडि बढाएको र जिल्लास्थित सुरक्षा समितिले मतदान केन्द्र तथा मतदानस्थलको निरन्तर अनुगमन भइरहेको छ ।

जिल्लाका अधिकांश मतदाता यतिबेला पोखरा र काठमाडौंलगायतका स्थानमा रहेकाले निर्वाचनको मितिमा मतदातालाई जिल्ला फर्काउन समस्या रहेको राजनीतिक दलका प्रतिनिधि र उम्मेदवार बताउँछन् । निर्वाचन कार्यतालिका रहेपनि जिल्लाका कतिपय मतदाता निर्वाचनको समयमा जिल्ला फर्किन तयार छैनन् ।

फागुन महिनामा पनि मुस्ताङमा चिसो कायमै रहने भएकाले यहाँका मतदाता वैशाख महिनामा मात्रै जिल्ला फर्किने योजनामा छन् । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचनले आफू र आफ्नोतर्फबाट निर्वाचन प्रचारप्रसारको काम सुरु गरिनसकेको जानकारी दिए । हिमालका मतदाता बेसीमा रहेकाले बेसीमै बसेर मतदातासँग सामान्य रुपमा भेटघाट गरेको बताए ।

ुमुस्ताङमा जाउँ सुनसान छ, सबै मतदाता बेंसीमै हुनुहुन्छ,ु उनले भने, ुमतदाता जिल्लामा नफर्किएसम्म जिल्लामा निर्वाचनको सरगर्मी चल्दैन, यसैले फागुन लागेपछि मात्रै जिल्ला फर्किएर प्रचारप्रसारमा जुट्छु होला ।ु

रास्वपाबाट उम्मेदवारी दर्ता गराएका अर्का उम्मेदवार अधितीयचन्द्र थकाली पनि जिल्लाका मतदाता भेट्न बेंसी झरेका छन् । मतदाता जिल्ला बाहिर भएकाले बेंसीमा बसेर भेटघाट गरिहेको उनको भनाइ छ । ुमतदाता कहाँ बस्नुहुन्छ पहिल्याउनै मुस्किल छ, तैपनि फोन सम्पर्क गरेर मतदाता बसेको ठाउँमा पुग्ने प्रयास गरेका छौँ,ु उनले भने, ुजिल्लाको समसामयिक समस्या र पार्टीको एजेन्डाका बारेमा मतदातालाई जानकारी गराउने र मत माग्ने काम गरिरहेका छौं ।ु

जिल्लाका समस्या र चुनौतीलाई समाधान गर्न पहल गर्ने, उम्मेवार र पार्टीका नीति तथा कार्यक्रम र घोषणापत्र एजेन्डा यहाँका गाउँ–गाउँमा पुगेर जनता समक्ष प्रस्तुत गरी मतदाता आफूतिर आर्कर्षित गर्ने समय भए पनि केही मतदाता जिल्लाबाहिर रहेकाले निर्वाचन प्रचारप्रसारमा समस्या रहेको एमाले उम्मेदवार ईन्द्रधारा ढाडु विष्ट बताउँछन् । जिल्लाका मतदाता बेंसीमा को कहाँ बस्छन् भने खोज्दै हिँड्नु परेको उनको गुनासो छ ।

नेकपा उम्मेदवार ङुटुक गुरुङले जिल्लाको निर्वाचन प्रचारप्रसारका लागि काठमाडौं पुगेको बताए । जिल्लामा मतदाता नभएकाले बेंसीमै बसेर जिल्लाका मतदाता भेटेर मत माग्ने काम गरिरहेको उनको भनाइ छ । ुजिल्लामा गएर निर्वाचन प्रसार गरौँ भने उता कोही छैनन्, बरु यतै समाजघर र मुस्ताङी बस्ने ठाउँ खोजीखोजी भोटको अपिल गरिरहेको छु,ु उनले भने, ुफागुन लागेपछि विस्तारै मतदाता जिल्ला फर्किन थाल्छन्, त्यसपछि जिल्ला फर्किएर निर्वाचनको प्रचारप्रसार गर्छु ।ु

जिल्लामा आठ राजनीतिक दलले आसन्न निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । यहाँ कांग्रेस, एमाले, नेकपा,।रास्वपा, राप्रपा, उनेपा,मंगोल नेशनल अर्गानाईजेस र आजपाले उम्मेदवारी दिएका छन् । बेंसी झरेका मतदातालाई जिल्ला फर्काएर मतदान कार्यक्रममा उपस्थित गराउन राजनीतिक दलका उम्मेदवारलाई हम्मे पर्ने देखिन्छ । जिल्लाका पाँच स्थानीय तहमा गरी कूल ११ हजार ३२८ जना मतदाता छन् भने मतदानका लागि ३९ मतदान केन्द्र तथा मतदानस्थल कायम भएको छ ।


प्रतिक्रिया