जोमसोम—लमजुङको बेसी सहरदेखि मनाङ हुँदै थोरङपास गर्दै मुस्ताङ प्रवेश गर्ने कतिपय विदेशी पर्यटक रोमाञ्चक साईकलिङ यात्रामा रमाउने गरेका छन् । साहसिक यात्रा गर्न रुचि राख्ने विदेशी पर्यटकहरुले अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ हुदै मुस्ताङ प्रवेश गर्ने क्रम बढेको हो ।
अनुकुल मौसमसंगै अन्नपूर्ण चर्किय पदमार्गमा यात्रा गर्ने विदेशी पर्यटकको संख्या सन् २०२४ को सेप्टेम्बरदेखि ह्वात्तै वृद्धि भएको हो । यस पदमार्गमा विदेशी पर्यटकहरु पैदलयात्रा तथा साईकलिङ यात्रा गर्न रुचाउँछन् । यसै क्रममा विभिन्न ५ भन्दा बढी देशका विदेशी पर्यटकहरु लमजुङको बेसी सहर हुँदै मनाङबाट साईकलिङ यात्रा गर्दै मुस्ताङको मुक्तिनाथ झरे । समुन्द्रीत सतहको झन्डै ५ हजार भन्दा माथिको अग्लो उचाईमा अवस्थित अन्नपूर्ण पदयात्रा गर्ने क्रममा १५ विदेश र ३ जना नेपाली पथप्रर्दशक साईकलिङ टोली आईतबार जोमसोम आईपुगेको हो । साईकलिङ यात्रामा ३ जना अमेरिकन,३ जना अष्ट्रेलियन, ३ जना क्यानेडा, २ जना युके र ४ जना युरोपियन पर्यटक ५ दिनको रोमाञ्चक साईकलिङ यात्रा गर्दै मनाङ हुदै मुस्ताङ आईपुगेको साईकलिङ पथप्रर्दशक गाईड अजय पन्डित क्षेत्रीले जानकारी दिए । साईकलिङ टोलीमा नेपाली र विदेशी गरी १८ जनाको सहभागिता रहेको पथप्रर्दशक गाईड क्षेत्रीले बताए । विभिन्न विदेशी मुलुकका १५ विदेशी पर्यटक अक्टोबर ६ तारिखमा लमजुङको बेसी सहरबाट साईकलिङ पदयात्रा सुरु गरेको र एक हप्ता खर्चिएर साईकलिङ टोली मुस्ताङ आईपुगेको पदप्रर्दशक क्षेत्रीको भनाई छ ।
अन्नपूर्ण पदमार्गमा साईकलिङ गर्दै मुक्तिनाथ झरेको टोली त्यहाँबाट आफुले बोकेका झोलाहरु गाडी रिर्जभ गरी पठाएको र साईकलिङ टोली बेनी जोमसोम रामार्ग सडक हुदै सोमबार म्याग्दीको तातोपानीमा बाँस बसेको प्रथप्रर्दशक क्षेत्रीले खुलाई मंगलबार पोखरा पुगेर राउन्ड अन्नपूर्णको साईकलिङ पदयात्रा अन्त्य हुने उनले जनाए । हिमाली जिल्ला मनाङको साईकलिङ यात्रा विदेशी पर्यटकका लागि रोमाञ्चक र अविष्मणीय भएको पथप्रदर्शक क्षेत्रीले सुनाए । विदेशी पर्यटकले अनुभुती गरेको भनाई उदृत गर्दै प्रथप्रर्दशक क्षेत्रीले भने, ‘आहा कति राम्रो भूगोल,कति राम्रो प्राकृतिक सौन्दर्यता,यहाँ आईपुग्दा त स्वर्गमै पुगेको अनुभुती भयो,कति राम्रो देश ,कति मिजासिला मानिस ।’ नेपाल आउँद राउण्ड अन्नपूर्ण पदयात्रा एक पटक भ्रमण गर्नुनै पर्ने रहेको विदेशी पर्यटकले आफुहरुलाई बताएको नेपाली गाईड क्षेत्रीले सुनाए ।
राउण्ड अन्नपूर्ण पदयात्रा क्रममा खोलानाला, अप्ठ्यारो , जोखिमयुक्त पदमार्ग र उच्च स्थानको भुगोलले विदेशी पर्यटकहरु साईकलिङ यात्रामा पृथक अनुभुती गरेको उनले बताए ।
कुल ७ दिनको अविष्मणीय साईकलिङ यात्रा गर्दै मुस्ताङ भित्रिएका ५ मुलुकका १५ विदेशी पर्यटकले समुन्द्री सतहदेखि ५ हजार ४१६ मिटर अग्लो मनाङ र मुस्ताङको सिमाना थोरङला पास गर्दै मुस्ताङ प्रवेश गरेका हुन् । थोरङलापास क्षेत्रमा भिरोलो सतह र सेताम्मे हिउँका कारण करिव ४ घण्टासम्मको पदयात्रामा विदेशी पर्यटक आफैले लकेजसंगै साईकल बोकेर यात्रा गर्नुपरेको उनले सुनाए ।साईकलिङ पदयात्रा क्रममा थोरङपासमा उनीहरुले सामुहिक तस्विर समेत खिचेका छन् ।

पछिल्लो समय सडक संञ्जाल विस्तार हुदै गर्दा विदेशी पर्यटकको अन्नपूर्ण पदयात्रा समेत छोडिदै जान थालेको छ । मुस्ताङमा त झनै एक दशक अघिका पर्यटकीय पदमार्ग अधिकाँश मासिदै जान थालेका छन् । नेपाल भ्रमण गर्ने पर्यटकका लागि राउण्ड अन्नपूर्ण चर्किय पदमार्ग उपयुक्त र एकमात्र विकल्प रहेको छ । अन्नपूर्ण पदमार्गमा यात्रा गर्ने सार्क राष्ट्रका पर्यटकलाई नेपाली एक हजार र अन्यमुलुकका विदेशी पर्यटकले ३ हजार रुपैया प्रतिव्यक्ति राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनालाई पर्यटन शुल्क बुझाउनु पर्ने हुन्छ ।

सन् २०२४ को अक्टोबर १३ तारिखसम्म सार्क तथा अन्यमुलुकका गरी कुल ८ हजार ९०५ जनाले अन्नपूर्ण चर्किय पदमार्ग हुदै मनाङबाट मुस्ताङ प्रवेश गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए । उनका अनुसार मनाङबाट मुस्ताङ प्रवेश गर्नेहरुमा ८ हजार ६६५ जना फरेनर विदेशी छन भने २३८ जना सार्क राष्ट्रका विदेशी पर्यटक रहेका छन् । सन् २०२४ मा अन्नपूर्ण पदयात्रा गर्दै सबैभन्दा बढी विदेशी पर्यटकको फलो अक्टोबरमा हुने प्रक्षेपण गरिएको छ । अक्टोबर सकिन अझै आधा महिना बाँकी रहदा यसयाममा १ हजार २६१ जनाले पदयात्रा गरिसकेको एक्याप जोमसोमको तथ्यांकमा उल्लेख छ । चेक पोस्टको तथ्यांक अनुसार यसअघि सेप्टेम्बरमा ९७४ जनाले राउण्ड अन्नपूर्ण पदयात्रा पुरा गरेका थिए । जनवरीदेखि सेप्टेम्बरसम्मको अभिलेख हेर्दा सबै भन्दा बढी अप्रिलमा २ हजार ७२६ जना र सबै भन्दा कम जुलाईमा १२२ जनाले मात्रै अन्नपूर्ण पदयात्रा गरेका छन् ।

सन् २०२४ मा अन्नपूर्ण चर्किय पदमार्गमा यात्रा गर्ने पर्यटकको तथ्यांंक हेर्दा ९७ दशमलव २५ प्रतिशत फरेनर विदेशी पर्यटक छन् भने २ दशमलव ७५ प्रतिशत सार्क राष्ट्रका विदेशी पर्यटक रहेको बताईएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता