जोमसोम—उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला)सडक आयोजनाद्वारा निर्माणधिन मुस्ताङखण्डको २ वटा पुल लामोसमयदेखि अलपत्र पर्दैआईरहेको छ । कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजना अन्तर्गत मुस्ताङको छुसाङ र घमी खोलामा निर्माणधिन पक्की मोटरेबल पुल निर्माण कम्पनीको ढिलासुस्ती र चरम बेवास्ताका कारण विगत एकवर्षदेखि अलपत्र परेको हो ।
राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडकखण्ड अन्तर्गत मुस्ताङको मार्फा,छुसाङ र घमी खोला पुल निर्माणको जिम्मा एउँटै निर्माण कम्पनी हिमढुङ ठोक्कर ईमोटल जेभी कन्ट्रक्सनले जिम्मा लिएको थियो । तर एउँटै कम्पनीले यी ३ स्थानका पुल मध्ये मार्फा खोला पुल आशिंक रुपमा काम भईरहेको छ । छुसाङ र घमी खोला पुलको काम भने निर्माण कम्पनीको बेवास्ताका कारण एकवर्षदेखि ठप्पै भएको हो । राष्ट्रिय राजमार्ग सडकलाई जोड्ने गौरवको सडक अन्तर्गतका यि ३ वटै पुलको म्याद पटक÷पटक थपिदै आईरहेको हो ।
गौरवको सडक आयोजना अन्तर्गत कोरलानाका जोड्ने लोघेकर दामोदरकुण्ड गाउँपालिका—२ घमी खोलामा ४० मिटर लामो पुल बनाउने जिम्मा हिमढुङ ठोक्कर ईमोटल जेभीले लिएको थियो । उक्त जेभीले २०७५ साल पुस १६ गते ६ करोड ८० लागतमा ३ वर्षमा पुल बनाउने ठेक्का सम्झौता गरेको थियो ।
घमी खोलामा पुल बनाउँने ठेक्का सम्झौता अनुसार २०७८ साल पुस ९ गतेसम्म पुलको काम सकिनु पर्ने थियो ।तर, निर्माण कम्पनीले अनुकुल समयमा समेत उपकरण र जनशक्ति परिचालन गर्न नसक्दा घमी खोलामा निर्माणधिन पुल अलपत्र पर्दैआईरहेको हो । कालिगण्डकी करिडोर बेनी—जोमसोम—कोरला सडक आयोजनाका अनुसार घमी खोला पुलको पछिल्लो भौतिक प्रगती ५० प्रतिशत छ भने पुलको बित्तिय प्रगती ४५ प्रतिशत छ । हालसम्म घमी खोला पुल निर्माण कम्पनीका प्रतिनिधिले ३ करोड ११ लाख रुपैया भुक्तानी लगिसकेको आयोजनाले जनाएको छ ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले कोरलानाका जोड्ने घमी खोला पुल निर्माण कम्पनीको चरम ढिलासुस्तीले एकवर्षदेखि पुल निर्माणको काम रोकिएको जानकारी दिए । ‘एक वर्षदेखि घमी खोलामा पुल बनाउने काम ठप्पै छ, छिटो पुल बनेको भए सबैलाई आवतजावतमा सहज हुन्थ्यो,’अध्यक्ष बिष्टले भने, काम गर्ने ठेकेदार पनि वेपत्ता छन्, अहिलेसम्म पुल बनिसक्नु पर्नेमा तर, पुलको काम अघि बढ्नै सकेको छैन ।’ अध्यक्ष बिष्टले विकास र समृद्धिको काममा बिलम्व गर्ने ठेकेदारलाई कारवाहीको दायरामा ल्याउनु पर्ने जनाए । घमी खोला पुलको ४ पटकसम्म म्याद थप भईसकेको छ ।

यता, सोही निर्माण कम्पनी हिमढुङ ठोक्कर ईमोटल जेभी कन्टक्सनले जिम्मा लिएको मार्फा खोला पुल र छुसाङको नरसिंह खोला पुल मध्ये मार्फा खोलामा अहिले कामदारहरु देखिन थालेका छन् भने छुसाङ खोलामा पुलको काम अलपत्र परिरहेको छ । मार्फा खोला र छुसाङ खोला पुलको एउँटै ठेक्कामा हिमढुङ ठोक्कर ईमोटल जेभीले २१ करोड लागतमा ठेक्का सम्झौता गरेको थियो । मार्फाको राज खोलामा ३ स्पानको १२० मिटर लम्बाई र छुसाङ खोलाामा ३ स्पानका ९० मिटर लामो पुल बनाउने सम्झौता गरिएको थियो । २०७५ साल साल भदौं ६ गते ठेक्का सम्झौता भएको मार्फा खोला पुल र छुसाङ खोला पुलको समग्र भौतिक प्रगती ८० प्रतिशत छ ।
एउँटै ठेक्काको मार्फा र छुसाङ पुल निर्माण कम्पनीले यहाँबाट १७ करोड १६ लाख रुपैया भुक्तानी लिईसकेको आयोजनाले जनाएको छ । मार्फा र छुसाङ खोला पुल सुरुवाती सम्झौता अनुसार २०७८ साल भदौं २० गते सम्पन्न भई आयोजनालाई हस्तान्तरण गरिनु पर्ने थियो ।तर, निर्मा कम्पनीले जनशक्ति तथा उपकरणको व्यवस्थापन गर्न नसक्दा विगत एक वर्षदेखि पुरै काम अलपत्र बनेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—३ का वडाध्यक्ष बिनोद गुरुङले जानकारी दिए ।‘ पुल निर्माण अन्तिम चरणमा रहँदा ठेकेदार सम्पर्कविहिन छन,यहाँ पुलको काम हुनै सकेको छैन,’ वडाध्यक्ष गुरुङले भने,‘ केहीदिन अघि काम गर्नु प¥यो भनेर ठेकेदारका मान्छेहरु आएका थिए , खै किन हो काम सुरु गर्न सकेको छैन ।’ वडाध्यक्ष गुरुङले थपे,‘राष्ट्रिय गौरवको योजना भनिन्छ , ठेकेदारको कमजोरी होकी कस्को कमजोरी हो, पुल बनाउन थालेको ६ वर्ष बितिसक्यो अहिलेसम्म हुन सकेको छैन ।’ छुसाङ खोला पुल निर्माणका ठेकेदारले पुलको काममा चरम लापारवाही र ढिलासुस्ती गरेकाले तत्काल कानुन बमोजिम कडा कारवाही गर्न वडाध्यक्ष गुरुङले सम्वन्धित निकाय समक्ष माग गरेका छन् ।
छुसाङमा एकातिर ठेकेदारको ढिलासुस्ती पुलको काम अलपत्र परेको छ भने अर्कोतर्फ छुसाङको ठाँडो नरसिंह खोलाको नदी उकासले छुसाङमा १५ घर उच्चजोखिममा रहेको सुनाए । उनले पुल निर्माण अघि वैज्ञानिक तवरबाट अध्ययन नगरी हचुवाको भरमा डीपिआर गर्दा पुलकै कारण बस्ती जोखिममा परेको वडाध्यक्ष गुरुङको भनाई छ ।
यता, मार्फा खोला पुलको काममा ढिलासुस्ती हुँदा बेनी हुँदै मुक्तिनाथ र कोरलानाका प्रस्थान गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई खोलाको सतह उच्च हुँदा आवतजावतमा समस्या उत्पन्न हुने गरेको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए । ‘मार्फा राज खोला पुल निर्माणमा ढिलासुस्ती भएको छ,आकल झुकल काम भएको जस्तो देखिन्छ,’अध्यक्ष लालचनले भने,‘पुल बनाउने काममा खाँसै तीब्रता छैन, काम गर्ने ठेकेदारले मन लगाएर काम गरिदिनु प¥यो ।’
कालिगण्डकी करिडोरको राष्ट्रिय गौरवको सडक अन्तर्गत निर्माणधिन मार्फा छुसाङ पुलको ३ पटक म्याद थप भईसकेको आयोजनाले जनाएको छ । आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईले मार्फा,छुसाङ खोला पुलको चौथो र घमी खोला पुलको पाँचौ पटकका लागि सार्वजनिक खरिद नियमावली ऐनको १३ औं शंसोधन अनुसार म्याद थपको प्रक्रियामा रहेको जानकारी दिए । राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक आयोजना २०७४ सालदेखि सुरु भएको हो । आयोजना अन्तर्गत मुस्ताङ खण्डमा निर्माणधिन पुल मध्ये हालसम्म ७ वटा पुल निर्माण सम्पन्न भई आयोजनालाई हस्तान्तरण भईसकेको छ ।
कोरलानाका जोड्ने उपल्लो मुस्ताङको ४ वटा सडक पुल २०७६ सालमा ठेक्का सम्झौता भएकोमा यि पुल आयोजनालाई हस्तान्तरण भईसकेको आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईले उल्लेख गरे । यसैगरी जोमसोम—मुक्तिनाथ जाने पाण्डा खोला पुल, थासाङको छाक्ताङ खोला पुल र लेते खोला पुल पनि निर्माण सम्पन्न भई आयोजनालाई हस्तान्तरण भईसकेको छ ।
आयोजनाद्वारा निर्माणधिन रहेको कागबेनी खोलामा निर्माणधिन २५ मिटरको पुल ८० प्रतिशत भौतिक प्रगती हुँदा कागेखोला बाढीले क्षति बनाएको थियो । त्यहाँ अर्को पुल व्यवस्थापन गर्ने तयारी गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली