मुस्ताङमा प्राविधिकलाई गुणस्तरीय बिरुवा उत्पादन तथा व्यवस्थापन तालिम


मुस्ताङको घरपझोङ गाउँपालिका—२ मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्रले सोह्र जिल्लाका कृषि प्राविधिकहरुलाई फलफूल तथा तरकारी खेती संम्वन्धि तालिम दिईरहेको छ । संघ, प्रदेश र स्थानीय तहका नायब प्राविधिक सहायक र प्राविधिक सहायकहरुलाई लक्षित गरी केन्द्रले आर्ईतबार देखि तीनदिने ‘गुणस्तरीय बिरुवा उत्पादन तथा नर्सरी व्यवस्थापन‘ बिषयक सैद्धान्तिक तथा व्यवहारिक अभ्यास तालिम मंगलबार समापन ।

शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले मुस्ताङमा विभिन्न जिल्लाका कृषि प्राविधिक तथा कृषकहरुलाई यसप्रकारको तालिम अभ्यास बर्सेनि सञ्चालन गर्दैआईरहेको छ । फलफूल तथा तरकारीका गुणस्तरीय बिरुवा तथा बीउ उत्पादन गर्नका लागि विभिन्न जिल्लाका कृषि प्राविधिकहरुलाई यसप्रकार तालिम अभ्यास सञ्चालन हुने गरेको केन्द्रको भनाई छ । 

केन्द्रले शीतोष्ण फलफूल तथा तरकारीहरुमा गरिने प्रसारणका विविध विधि तथा प्रविधिहरु अवलोकन गराउने लगायतका तालिम प्रशिक्षण गराउने गरेको केन्द्रका कार्यालय प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो ।गुणस्तरीय बिरुवा उत्पादनका लागि माउबोट तथा रुटस्टक बिरुवाको व्यवस्थापन तथा नर्सरी स्थापना र व्यवस्थापन लगातयतको बिषयमा कृषि प्राविधिकहरुलाई व्यवहारिक रुपमा सिकाईने गरिएको केन्द्र प्रमुख आत्रेयले बताउँनुभयो ।

तीनदिने ‘गुणस्तरीय बिरुवा उत्पादन तथा नर्सरी व्यवस्थापन‘ बिषयक सैद्धान्तिक तथा व्यवहारिक अभ्यास तालिमका लागि  सोह्र जिल्लाका अठार जना कृषि प्राविधिकहरुले सहभागीता जनाएका छन् । तालिममा पाल्पा र गुल्मी जिल्लाबाट दुईदुई जनाको कृषि प्राविधिकहरुको प्रतिनिधित्व रहेको छ । यसैगरी बाँके, गुल्मी, काभ्रे,धनकुटा, मोरङ,, झापा,पर्वत, मनाङ, ललितपुर,मुगु, पञ्चिम नवलपरासी, चितवन, धादिङ, स्याङ्जा, सुनसरी र जाजरकोट जिल्लाबाट समान एक एक जना कृषि प्राविधिकहरुको सहभागीता रहेको शीतोष्ण बागवानी विकास केन्द्र प्रमुख आत्रेयले जानकारी दिनुभयो । कृषि प्राविधिकहरुलाई दिईने यसप्रकारको तालिममा केन्द्रका प्राविधिक सहायक लक्ष्मण बुढाले संयोजन गर्नुभएको छ ।

तीनदिने ‘गुणस्तरीय बिरुवा उत्पादन तथा नर्सरी व्यवस्थापन‘ बिषयक सैद्धान्तिक तथा व्यवहारिक अभ्यास तालिममा सहभागी कृषि प्राविधिकहरुलाई सैद्धान्तिक भन्दा बढी व्यवहारिक अभ्यासमा केन्द्रित गरी कार्यक्रम आयोजना गरिएको शीतोष्ण बागवानी विकास केन्द्रले जनाएको छ । उनीहरुलाई बढी भन्दा बढी मात्रामा सहज रुपमा सिकाउने गरी बगैचा तथा नर्सरीमानै लगेर फिल्ड तालिम भईरहेको केन्द्र प्रमुख आत्रेयले खुलाउनुभयो ।

यसअघि शीतोण बागवानी विकास केन्द्रले यसप्रकारको तालिम प्राप्त गर्ने अवसरका लागि अनलाईन मार्फत दरखास्त फार्म खोली दरखास्त आह्वान गरेको थियो । केन्द्रले कृषि प्राविधिकहरुलाई दिईने तीन दिने तालिम अवधिमा बाह्र वटा  कक्षा सञ्चालन हुने उल्लेख गरेको छ ।

 केन्द्रले सहभागी कृषि प्राविधिकहरुलाई केन्द्रको स्वामित्वमा रहेको क्षेत्रको भ्रमण तथा विभिन्न कृषि गतिविधिहरुको जानकारी तथा व्यवहारिक अभ्यास , फलफूल बिरुवा प्रसारण विधिहरु र तिनको उपयोगिता विरुवा प्रसारणमा माउबोट, त्यसको महत्व र व्यवस्थापन विधिहरु, बिरुवा प्रसारणमा रुटस्टक, त्यसको महत्व र व्यवस्थापन,फलफूल तथा तरकारीका् गुणस्तरीय बिरुवा उत्पादनका लागि नर्सरी र यसको व्यवस्थापन तालिम आयोजना भएको हो ।

यस्तै, गुणस्तरीय बिरुवा उत्पादनको ग्राफ्टिङ र बाहिरका बिधिसहित केन्द्रमा भईरहेका कार्यहरु, बिरुवा उत्पादनका लेयरिङ कार्यहरु,बनस्पतिक तन्तु प्रजनन् विधि र केन्द्रका कार्यहरु, साबनको मैनबाट बिरुवा उपचार विधि टप वर्किङ तथा नेचुगी गर्ने तरिका र फाईदा, बोडो मिश्रण तथा बोडो पेस्ट बनाउने तरिका तथा माउबोट÷नर्सरीमा यसको उपयोगिता र शीेतोण्ण फलफूल नर्सरीमा लाग्ने मुख्यमुख्य रोगकिराहरु र यसको नियन्त्रण लगायतका बिषयमा तालिम केन्द्रित रहेको केन्द्रले जनाएको छ ।



प्रतिक्रिया