मुस्ताङका उत्कृष्ट ४ कृषकलाई नगद दश हजारसहित सम्मान


जोमसोम— मुस्ताङमा उत्कृष्ट कृषकलाई कृषि ज्ञान केन्द्र मुस्ताङले  नगद पुरस्कारसहित सम्मान गरेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङद्वारा शुक्रबार आयोजित उत्कृष्ट कृषि पुरस्कार २०८१ पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा जिल्लाका ४ जना कृषकलाई नगद १० हजार पुरस्कारसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो ।

कृषि ज्ञान केन्द्र मुस्ताङको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका—१ टुकुचे स्थित आई.पि.एम. स्याउ फार्मका निरज तुलाचन,वारागुङ मुक्तिक्षेत्र—४ तिरी स्थित गोम्बो अर्गानिक कृषि तथा पशुपंक्षी फर्मका  न्हुन्पु गुरुङ,घरपझोङ गाउँपालिका—५ ठिनीका कृषक पल डिसी थकाली र लोघेकर दामोदरकुण्ड—५ ताङ्ग्या स्थित ताङ्ग्या पशुपालन तथा कृषि व्यवसाय फर्मका कृषक कर्म साङ्वो गुरुङलाई कृषि ज्ञान केन्द्र मुस्ताङले नगद पुरस्कारसहित सम्मान गरेको हो ।

 केन्द्रका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीका अनुसार स्याउ खेती क्षेत्रको विकासतर्फ विशेष योगदान पू¥याएवापत टुकुचेका निरज तुलाचनलाई नगदसहित सम्मान गरिएको हो । स्याउ खेती क्षेत्र विकास र पशुपालन क्षेत्र विकासतर्फ न्हुन्पु गुरुङ नगद पुरस्कारसहित सम्मान भए ।

यसैगरी स्याउ तथा च्यांग्रा पालन क्षेत्र विकासतर्फ पल डिसी थकाली नगद पुरस्कारले सम्मान हुँदा लोघेकर दामोदरकुण्ड —५ ताङ्ग्याका कृषक कर्म साङ्वो गुरुङ नगद पुरस्कारसहित सम्मान भएको केन्द्र प्रमुख बस्ताकोटीले जानकारी दिए ।

यसअघि  टुकुचेका निरज तुलाचन र तिरीका न्हुन्पु गुरुङ बैदेशिक रोजगारका क्रममा जापान पलायन भएका थिए । बैदेशिक रोजागारीका लागि जापान बसेका उनीहरु त्यसपछि जिल्लामै कृषि र पशुपालनको प्रचुर संम्भावना देखेर मुस्ताङ फर्किएका थिए । टुकुचेका कृषक तुलाचनको स्थानीय र उच्चघनत्वको गरी करिव ५ हजार बोट स्याउ छन् । यस्तै तिरीका न्हुन्पु गुरुको पनि करिव ५ हजार बोट स्याउ र करिव ४ सय भन्दा बेसी संख्यामा च्यांग्रा फर्म छ ।

कार्यक्रममा उत्कृष्ट कृषक न्हुन्पु गुरुङले परिश्रम र मेहनत गर्ने सके गाउँमा सुन फलाउन सकिने बताए । उनले बिदेशमा पनि निकै कष्ट र दुःख गर्नु पर्ने उल्लेख गर्दै आफ्नै कृषि फार्ममा दुःख गरेर मनग्ये आम्दानी गर्न सकिने बताए । यस्तै टुकुचेका कृषक तुलाचनले कालिगण्डकीले कटान गरेको मरुभुमी बगरमा आफुले मेहनत र परिश्रम गरेर लोभलाग्दो स्याउ फलाउन थालेको बताए ।  बैदेशिक पलायन धेरैजसो युवाहरु विदेशिनु पर्ने बाध्यता रहेको उल्लेख गर्दै टुकुचेका किसान तुलाचनले जिल्लाका कृषकहरुलाई प्रोत्साहन गर्न राज्यले ेकृषि लक्षित थप कार्ययोजना ल्याउन आवश्यक रहेको औल्याए ।


प्रतिक्रिया